Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

1 Mar 2012

मुख्य मंत्री ममता बेनर्जी आज प्रथम चोटी कालेबुङ आइपुगिन

1 मार्च (कालेबुङ):- पश्चिम बंगालकी मुख्यमंत्री ममता बेनर्जी आफ्नो पहाड भ्रमणको क्रममा आज कालेबुङ आइपुगेकी छन। आज अपराह्न कठोर सुरक्षाबीच उनी कालेबुङ आइपुगेकी छन। दुइ दिनको अनौपचारिक भ्रमणको निम्ति मुख्यमन्त्री कालेबुङ आएकी हुन। उनको यहाँको डेलोमा दुइ दिनको छुट्टी बिताउने कार्यक्रम छ। हिजो साँझ उनी दार्जीलिङ आई पुगेकी थिइन। दार्जीलिङमा हिजो उनलाई मोर्चाले भब्य स्वागत जनाएको थियो भने आज कालेबुङमा पनि उनलाई मोर्चा समर्थकहरुले न्यानो अभिवादन जनाएर स्वागत जनाएका थिए। उनी आज अपरान्ह 4 बजी कालेबुङ आई पुगेकी थिइन। दार्जीलिङको जीम हलमा उनको स्वागतको निम्ति मोर्चाले एउटा बिशेष कार्यक्रमको आयोजना गरेको थियो। हिजो उनले दार्जीलिङबाट पहाडको निम्ति एक गुच्छा परियोजनाहरुको घोषणा पनि गरिन। मुख्यमंत्रीले जीटीएको प्रसंगमा आफ्नो पक्ष राख्दै यस व्यवस्थालाई अस्तित्वमा ल्याउन आफूले प्रधानमंत्रीसँग कुरा गरी सकेको बताइन। उनले राज्यको तर्फबाट सबै प्रक्रियाहरु पूरा गरिएको तर केन्द्रले यसको गठनमा बिलम्ब गरी रहेको आरोप पनि लगाइन। मुख्यमंत्रीले दार्जीलिङ पहाडलाई स्वीर्जरल्याण्ड बनाउने भनाई हिजो पनि दोहोर्याइन। उनले आफूलाई पहाडप्रति बिशेष लगाव रहेको बताइन। उनले पहाडको निम्ति आईटीआई, अस्पताल, पेयजल परियोजना, बृद्ध पेंसन, नयाँ रोप वेको निर्माण, पर्यटन बिकास जस्ता एक गुच्छा परियोजनाहरुको घोषणा गरेकी छन।उनको कालेबुङ भ्रमणको अवधीमा आज यहाँका जनसाधारण धेरै उत्साहित देखिए। मुख्यमंत्रीको एक झल्को हेर्न मानिसहरु घण्टौदेखि शहरका मूल मार्गमा लाम लागेर बसेका थिए। उनी पहिलो पल्ट कालेबुङको भ्रमणमा आएको कारण पनि मानिसहरुमा उनलाई हेर्ने उत्सुकता बढेको थियो। उनी आज यहाँको डेलोमा अवस्थित दागोपापको टुरिष्ट लजमा बसेकी छन। भोलि उनले मोर्चाको केन्द्रीय नेताहरुसँग एउटा बैठक गर्ने जानकारी पनि पाइएको छ।

0 comments: