Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

21 Jun 2012

मोर्चाको बैठक 24 जूनमा

21 जून(कालेबुङ):- दार्जीलिङ पहाडमा देखा परेको ताजा राजनैतिक जटिलताको कारण गोजमुमोले आफ्नो भावी राजनैतिक कार्यक्रमहरु स्पष्ट रुपमा सार्वजनिक गर्न सकेको छैन। गत 16 जूनमा राज्य सरकारसँग सम्पन्न बैठक पछि मोर्चाले हिजो बुधबारका दिन दार्जीलिङमा दलको शीर्ष समितिको बैठक गरेर नयाँ कार्यक्रमहरुको घोषणा गर्ने तय भएको थियो। तर मोर्चाले त्यो बैठक सारेर 24 जूनमा पुर्याएको छ। जीटीए चुनाउबारे राज्य सरकारको रणनीति बुझेर नै मोर्चा पनि आगामी कार्यक्रममा जाने ताकमा रहेको छ। जीटीए चुनाउको अधिसूचना आज भोलि नै जारी हुने कुराको मोर्चा नेतृत्वले सूइँको पाएपछि चुनाउको अधिसूचना हेरेर नै नयाँ कार्यक्रम तय गर्ने दलको रणनीति रहेको सूत्रको भनाई छ। यता, पार्टी महासचिव रोशन गिरीले दलको विशेष बैठक 24 जूनमा डाकिएको पुष्टि गरेका छन। उनले यसै दिनको बैठकपछि पार्टीको भावी कार्यक्रम सार्वजनिक गरिने बताए। गिरीले जीटीएमा त्रिस्तरीय पञ्चायत व्यवस्था लागु हुने जसको निम्ति संविधान संशोधन समेत गरिने दाबी गरेका छन। उनले त्रृणमूल कंग्रेस कार्यकर्ताहरुले आफूहरुमाथि मोर्चा कार्यकर्ताहरुले हातापाई गरेको आरोपलाई गिरीले आधारहीन भनी खण्डन गरेका छन।

0 comments: