Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

20 Jun 2012

पाचँ वर्षा पछि पनि ए सी टीको आन्दोलन यथावत

20 जुन सिक्किम:- उत्तर सिक्किममा जलविद्युत परियोजनाको विरोध गर्ने संगठन एफेक्टेड सिटिजेन अफ टिस्टाको अभियानले पाँच बर्ष पूरा गरेको अवसरमा राज्यका बाँधविरोधी कार्यकर्ताहरुले एक्टप्रति आफ्नो समर्थन यथावत रहेको बताएका छन। लेप्चा समुदायको निम्ति आरक्षित क्षेत्र उत्तर सिक्किमको जङ्गुमा बृहत जलविद्युत परियोजनाको बिरोधमा एक्टका सदस्यहरुले आज पश्चिम जिल्ला कलेक्टरको गान्तोक स्थित कार्यालयअघि सांकेतिक धर्ना गरेर आफ्नो विरोध प्रदर्शन गरेका छन। जङ्गुमा जलबिद्युत परियोजनाको बिरोध गर्दै एक्टका कार्यकर्ताहरुले यस अघि पनि 990 दिन लामो भोक हडताल गरेर सिक्किम सरकारलाई आफ्नो विरोध जनाई सकेका छन। यस संगठनले जङ्गुमा निर्माण गरिने भनिएको जलविद्युत परियोजनाको तीव्र विरोध गर्दै यस क्षेत्रमा बसोबास गर्ने लेप्चा समुदायको धार्मिक आस्था र भुपरिस्थितिकिको संरक्षणको निम्ति जन अभियान शुरु गरेको थियो। सरकारले परियोजनाको निर्णय फिर्ता लिनु पर्ने माग गर्दै यसका कार्यकर्ताहरुले गांतोकमा अवस्थित बीएल हाउस परिसरमा 20 जून 2007देखि आमरण अनशन पनि शुरु गरेका थिए जसलाई राज्य सरकार र निर्माण कम्पनीहरुको असंख्य आश्वासनपछि बर्ष 2009मा फिर्ता लिइएको थियो। यस अभियानले क्षेत्रका बौद्ध भिक्षु अनि बौद्ध संगठनहरुको समेत समर्थन प्राप्त गर्न सफल भएको थियो। लेप्चा युवाहरुले परियोजनाको विरोधमा शुरु गरेको आमरण अनशनको अवधीमा बाँध विरोधी कार्यकर्ताहरुलगातय नर्मदा बचाउ अभियानकी नेत्री सामाजिक कार्यकर्ता मेधा पाटेकरको समेत ध्यान आकर्षण गराएको थियो।

0 comments: