Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

11 Mar 2013

बिग्रदो कानुन व्यवस्थालाई ध्यानमा राखेर पहाडमा सुरक्षा बल तैनाथ

प्रज्ज्वल छेत्री कालेबुङ, 9 मार्च। दार्जीलिङ पहाडमा अन्ततः सीआरपीएफ आउने नै भयो। तृणमूल नेतृत्वहरूमाथि भएको आक्रमणपछि पहाडमा कानून व्यवस्था ब्रिग्रिएर गएकोले सरकारले दुइ कम्पनी सीआरपीएफ पठाउने भएको कुरा आज जिल्ला प्रशासनलाई सूचित गरेको छ। कालेबुङ आइपुगेका दार्जीलिङ जिल्ला पुलिसका अधिक्षक कुनाल अग्रवालले यो जानकारी गराएका हुन्‌। उनले भने, पहाडमा दुइ कम्पनी सीआरपीएफ आउने कुरा सरकारले हामीलाई सूचित गरेको छ। एउटा कम्पनी आइतबार बेलुकी पहाड आइपुग्नेछ भने अर्को कम्पनी सोमबार बिहान आउनेछ। पश्चिम मिनदापूरबाट ब्रेभो 50 अनि इको 66 नामक दुइवटा कम्पनीलाई पहाडमा तैनाथ गरिने भएको छ। दुई कम्पनीमा 240 जना सीआरपीएफ जवानहरू सामेल रहनेछन्‌। उनीअनुसार, अघिबाटै पहाडको तीनवटै महकुमामा गरेर दुइ-दुइ प्लाटुन आइआरबी अनि र्‍याफ तैनाथ गरिएको छ। ‘पहाडको बिग्रदो कानुन व्यवस्थालाई ध्यानमा राखेर नै सुरक्षा बल तैनाथ गरिएको हो’-उनले भने, ‘सीआरपीएङ्गको तैनाथी जिल्ला पुलिसको मागमा नभएर पहाडको वर्तमान स्थितिको रिपोर्ट हेरेर केन्द्रले नै तैनाथ गरेको हो।’ तिनले तृणमूल नेता आक्रमणकाण्डमा आज थप एकजना आरोपीलाई पक्राउ गरिएको जानकारी पनि दिएका छन्‌। एफआईआरमा नाम दर्ता भएका चारजनामध्ये एक दिपेश दाहाललाई आज पुलिसले पक्राउ गरेको हो। यसबाहेक एफआइआरमा नाम दर्ता भएका अन्य आरोपीहरूको खोजी कार्य पुलिसले जारी राखेको उनले बताए। तृणमूल नेतृत्वहरूमाथि भएको हमलाकाण्डलाई केन्द्र गरेर आङ्गूहरूमाथि कुनै राजनैतिक दवाब नरहेको बताएपनि पहाडमा बढ्‌दो अगणतान्त्रिक क्रियाकलापको कारण शान्ति श्रृंखला बनाइराख्ने जिम्मावारी भने आफूहरूलाई रहेको उनले बताए। यसरी नै, आज दार्जीलिङ रेञ्जका डीआइजी दमयन्ती सेन पनि कालेबुङ आइपुगेकी थिइन्‌। उनले यहॉंको 8 माइलस्थित पुलिस गेष्ट हाउसमा पुलिस अधिक्षक अनि स्थानीय पुलिस अधिकारीहरूसित प्रशासनिक स्तरीय बैठक गरे। ‘डीआइजी सेनले यहॉंको कानुन व्यवस्थाको जानकारी लिइन्‌। कलकत्ताबाट ङ्गर्किने क्रममा उनी कालेबुङ आएकी हुन्‌। दार्जीलिङ अनि खरसाङपछि आजको कालेबुङ भ्रमण उनको रुटिन भिजिट हो’-कुनाल अग्रवालले भने। पहाडमा शान्ति सुरक्षा बनाइराख्न आवश्यक परे कठोर कार्वाही गरिने पनि उनले बताएका छन्‌। वर्तमान पहाडमा अहिले कानुन व्यवस्थाप्रति मानिसहरूको गुनासो धेरै छ। यस सम्बन्धमा उनले भने, पहाडमा अहिले पुलिस अधिकारीहरूको संख्यामा कमि आएको छ। तर अहिले भिलेज पुलिस, महिला कन्सटेबल आदिको नियुक्ति पनि भइरहेको छ। यस कारणले चॉंडै कानुन व्यवस्थालाई सुदृढ़ बनाउन हामी भरसक प्रयास गरिरहेका छौं। यसरी नै यहॉंको इष्टमेनरोडमा भएको हत्याकाण्डलाई अहिलेको परिस्थितिले ओझेलमा नपार्ने भन्दै यस हत्याकाण्डलाई टुङ्गो लगाउन पुलिस लागिपरेको उनको भनाइ छ। उनीअनुसार यस हत्याकाण्डका दोषीहरूलाई खोजी निकाल्न पुलिस प्रशासन प्रयासरत्‌ छ। यसरी नै सुदुरवर्ती क्षेत्रहरूमा अपराधिक घटनाहरू दैनिक रुपमा बढिरहेकोले लाभा लोले गाउँमा चाडै पुलिस चौकी राखिन प्रस्ताव पठाइसकेको उनले जनाए। आवश्यक परे अन्य सुदुरवर्ती क्षेत्रहरूमा पनि पुलिस चौकी राखिने भएको छ।

0 comments: