Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

13 Mar 2013

गोर्खाल्याण्डको निम्ति नाराबाजी

कालेबुङ, १२ मार्च| जनमुक्ति कर्मचारी सङ्गठनको लञ्च ब्रेकअवधीको सरकारी कार्यालयअघि गरिने एकघण्टे धर्ना हिजोदेखि नै जारी छ| केन्द्र अनि राज्य सरकार अधीनस्थ रहेका कर्मचारीहरूले हिजोदेखि दिउँदो १२ बजीदेखि १ बजीसम्म कार्यालय बाहिर निस्केर अलग राज्य गोर्खाल्याण्डको निम्ति नाराबाजी गर्न शुरु गरेको छ भने उक्त कार्यक्रम कार्यक्रम आउँदो २७ मार्चसम्म जारी रहनेछ| आज एक पत्रकार सम्मलेन डाकेर जकसले यो कार्यक्रमलाई पहाडका जम्मै कार्यालयका कर्मचारीहरूले पालन गरिदिनुपर्ने आह्वान गर्दै महकुमाभरि नै कार्यक्रम जारी रहेको बताएको छ| नाराबाजीमा उपस्थित हुने सबै कर्मचारीहरूको हस्ताक्षरसहितको नामावली मोर्चा केन्द्रिय समितिमा पठाइने जकस कालेबुङ महकुमा समितिका प्रचार प्रसार सचिव हेमचन्द्र सुब्बाले बताएका छन्| यसरी नै, जकस महकुमा समिति अध्यक्ष खड़्गविक्रम सुब्बाले भनेअनुसार, यहॉंको खाद्य विभाग, भूमि एवं भूमि सुधार विभाग, महकुमा कार्यालय लगायत सिन्कोना बगानहरूमा पनि कर्मचारीहरूद्वारा एक घण्टा गोर्खाल्याण्डको नाममा नाराबाजी गरिने काम भइरहेको छ|

0 comments: