Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

13 Mar 2013

कालेबुङ अनि खरसाङलाई अलग जिल्ला बनाउनुपर्ने गोरानिमोको माग

कालेबुङ 12 मार्च कालेबुङ अनि खरसाङलाई अलग जिल्ला बनाउनुपर्ने मागमा आज पोस्टर टास्ने अनि पर्चा वितरण गर्ने कार्य गरेको छ| गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले तराई-डुवर्सका क्षेत्रहरू अन्तर्भुक्त गरेर कालेबुङलाई अलग जिल्ला घोषणा गर्नुपर्ने अनि सिलगड़ीका केही स्थानहरूलाई गोभेर खरसाङलाई पनि अलग जिल्ला बनाउनुपर्ने माग गरेको छ| आज यसा मागमा गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाले अपीलसितै पोस्टर टास्ने अनि पर्चा वितरण गर्ने कार्य गरेको छ| दार्जीलिङ जस्तो आधा जिल्लाभएको ठाउँलाई लिएर छुट्टै राज्यको गठन सम्भव नरहेको गाोनिमो ठान्छ| यसैले शहरमा पर्चा वितरण कार्यअवधी गोरानिमो अध्यक्ष दावा पाख्रिनले पत्रकारहरूसित कुराकानी गर्दै यसपल्टको आन्दोलन पनि दावी गरिएको भूभागमा जिल्लाको अभावको कारण नै लक्ष्यमा पुग्न नसकेको बताएका छन्| राज्य बनिनको निम्ति यतिवटा जिल्ला हुनुपर्छ भन्ने कुनै संवैधानिक प्रावधान नभएपनि केन्द्रमा अलग राज्यको कुरा गर्नपरे सँधै जिल्लाकै कुरा गर्ने गरेको उनलो बताए| साड़े ६ लाख जनसंख्या रहेको सिक्किममा ४ वटा जिल्ला अनि १० लाख जनसंख्या रहेको मिजोराममा ७ वटा जिल्ला बनाएकको उदाहरण दिँदै उनले प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा तीनवटा थप दुइवटा नयॉं जिल्ला निर्माण हुनसके अलग राज्यको मागलाई थप टेवा पुग्ने बताएका छन्|

0 comments: