Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

15 Mar 2013

मोर्चा नेताहरुको नाममा वारन्ट

कालेबुङ, १४ मार्च| गोजमुमोको आन्दोलनकालमा लागेको मुद्दाहरूमा हालै कालेबुङ कोर्टले १३५ जना मोर्चा कार्यकर्ताहरू विरूद्ध वारन्ट जारी गरेको छ| लामो समयदेखि कालेबुङ कोर्टमा चलिरहेको आन्दोलनकालका मुद्दाहरूका आरोपीहरूले उपस्थिति नजनाएपछि सो वारन्ट जारी गरिएको हो| कालेबुङको एडिशनल चिफ ज्यूडिसिल मेजिट्रेटले वर्ष २००९-१० का विभिन्न मामिलाहरूमा आरोपीहरूविरूद्ध वारन्ट जारी गरेको छ| यी विभिन्न मामिलाहरूमध्ये जीआर १२७/०९ मा नै धेरजसो अभियुक्तहरूको नाममा वारन्ट छ| आन्दोनकालमा भएको सरकारी अनि निजी सम्पतीहरूको आगजनी, तोडफोड र नोक्शान पुर्‍याएको अभियोगमा मोर्चाका कैयौं कार्यकर्ता र समर्थकहरूविरूद्ध मामिला दर्ता गरिएको थियो| सोही मामिला सम्बन्धी कालेबुङ अदालतमा चलिरहेको सुनुवाइको अवधीमा नियमित रुपले उपस्थित नहुने आरोपीहरूविरूद्ध गत सातादेखि वारन्ट जारी गर्ने काम शुरु भएको छ| मोर्चाका कूल १ सय ३५ जना आरोपीहरूमध्ये नेतृत्व पङ्क्तिका सभासद् निमा तामङ्ग, सभासद् डा. आरबी भूजेल, फुनुर शेर्पा, तोपदेन भोटिया, रुदेन लेप्चा, पासङ्ग तामाङ्ग, सञ्चबीर सुब्बा आदिको नाममा वारन्ट जारी गरिएको छ| स्मरण गराइन्छ, ४४ महिनासम्म गोजमुमोले गरेको आन्दोलनकालमा दलका नेतृत्वदेखि साधरण समर्थकहरूलाई विभिन्न मामिलाहरूमा मुद्दा लागेको छ| पछिबाट राज्य अनि केन्द्र सरकारसित भएको जीटीए सम्झौतामा पुलिसले गरेको जम्मै सरकारी मुद्दाहरू माफी गरिने कुरा उल्लेख छ| तरैपनि यी मुद्दाहरू माफी नभएपछि गोजमुमोले सरकारसित अस्तुष्टि जनाउँदै आइरहेको थियो| यस्तैमा अहिले राज्य सरकारसित सम्बन्ध बिग्रिएकै अवस्थामा पुराना मुद्दाहरूमा मोर्चाका सयौं कार्यकर्ताहरू विरूद्ध वारन्ट जारी गरिएको छ| वारन्टमा नाम हुने आरोपीहरूको खोजी अभियान पुलिसले जारी राखेको छ| अहिले सीआरपीएफको सहायता लिएर पुलिसले रेड गरिरहेको छ|

0 comments: