Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

15 Mar 2013

कालेबुङको हाटबजारमा मल्टिस्टोरेज भवन निर्माण गर्नअघि नै यसको विरोध शुरु

प्रज्ज्वल छेत्री कालेबुङ, १४ मार्च| हाटबजारमा मल्टिस्टोरेज भवन हुन नहुने पक्षमा जनमुक्ति व्यापारी सङ्गठन अघि आएको छ| सङ्गठनका प्रतिनिधिहरूले आज एउटा सभा बसेर यस्तो निर्णय लिएका छन्| गोर्खाल्याण्ड टेरिरोटियल एडमिन्सट्रेसनले मल्टिस्टोरेज भवन निर्माण गर्नसकिने भनेर कालेबुङ नगरपालिकालाई प्रस्ताव पठाएपछि सङ्गठन विरोधमा उभिएको हो| सङ्गठनका सचिव रवि प्रधानअनुसार, उनीहरू हाटबजारबाट अन्यत्र कतै सर्ने पक्षमा छैनन्| वर्तमान हाटबजार एक ऐकर २२ डेसिमल क्षेत्रफलमा अवस्थित छ| हाटबजारमा ४५६ जना पञ्जिकृत व्यवसायीहरू भएपनि हाल लगभग १६ सयजना दोकानेहरूले यहॉं आफ्नो विभिन्न साना ़ठूला व्यवसाय चलाइरहेका छन्| यहॉं मल्टिस्टोरेज भवनको निर्माणलेे यी व्यापारीहरूलाई उच्छेद हुने डरले सताएको छ| ‘हाटबजारमा मल्टिस्टोरेज भवन बनाए हामी डोजरमुनी सुतेर विरोध गर्नेछौं| चारतल्ले विल्डिङ बनाएर हामी १६ सय दोकानेेहरूलाई अटाउँन सकिँदैन| उक्त विल्डिङमा स्टल किनेर बस्नसक्ने क्षमता पनि हामीमा छैन’-सङ्गठनका सचिव एवं १० नम्बर वार्डका नगरपार्षद रवि प्रधानले भने| उनीअनुसार १९९७ सालमा गोरामुमो सत्तामा छँदा पनि हाटबजारमा यस्तै कोल्ड स्टोरेज बनाइने भएको थियो| त्यसबेला यी व्यापारीहरूको हक, हित र सुरक्षाको निम्ति सङ्गठन गठन गरिएको हो| नगरपालिकाको पार्षदभन्दा महत्व सङ्ठन अनि आफ्नो व्यपार रहेको भन्दै व्यापारीहरूको हितमा नगरपार्षदको पद त्याग्न पनि आफू तयार रहेको उनले बताए| ‘यहॉं मल्टिस्टोरेज भवन बनिए हामी व्यवसायीहरूको भविष्य अन्धकार हुनेछ| हामी अन्यत्र गएर व्यवसाय गर्न सक्दैनौं| यदि यहॉंको स्टलहरू भत्काइन्छ भने हामी कुनै पनि हालतमा भत्काउन दिँदैनौं’-प्रधानले भने| उनले अझ आरोप लगाएअनुसार नगरपालिकाले मल्टिस्टोरेज भवनको नक्शा तयार पारिसकेको छ| तर त्यस नक्शाको आधारमा व्यवसायीहरूको सुरक्षा छैन| उनले यस प्रोेजेक्टप्रति सङ्गठन पूर्ण रुपले असन्तुष्ट रहेको स्पष्ट पारेका छन्| अर्कोतिर, नगरपालिका अध्यक्ष एलबी परियारसित बुझ्दा उनले नगरपालिका पनि हाटबजारका व्यवसायीहरूको उच्छेदको पक्षमा नरहेको बताए| यो प्रस्ताव जीटीएले नगरपालिकालाई पठाएको हो| हाटबजार क्षेत्रमा बनाइने उक्त भवन निर्माणको निम्ति दिल्लीका आर्किटेक्टले निरक्षण गरिसकेका छन्| तर आर्किटेक्टको भनाइअनुसार होइन व्यपारीहरूलाई उच्छेद नगरी नै मल्टिस्टोरेज भवन बनाउन मिल्ने भयो भने मात्र नगरपालिका यस प्रोजेक्टको निम्ति सहमत हुने भएको छ| | यस प्रोजेक्ट सम्बन्धी नगरपालिकाको दुइवटा बैठक अघि नै भइसकेको अनि आउँदो बैठकमा पनि यसबारे छलफल गरिने भएको छ| पब्लिक प्राइवेट पार्टिसिपेशन अवधारणा अन्तर्गत निर्माण गरिने यस भवन निर्माण कार्यको अहिले प्राथमिक योजना मात्र चलिरहेकोले अहिलेसम्म कुनै पक्षबाट निवेश नभएको पनि उनले स्पष्ट पारेका छन्| यदि हुनसके, वर्तमान हाटबजार परिसरलाई यथावत राखेर अण्डग्राउण्ड पार्किङ अनि अहिलेको हाटबजारदेखिको माथिल्लो तलामा सम्भव भए मल्टीस्टोरेज भवन बनाउनपर्ने प्रस्ताव नगरापालिकाले राख्ने परियारको भनाइ छ|

0 comments: