Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 May 2013

कालेबुङमा माध्यमिक परीक्षाफल सन्तोषजनक

कालेबुङ, 27 मई। आज पश्चिम बङ्गालभरि नै 10 औं श्रेणीको माध्यमिक परीक्षाको फलाफल सार्वजनिक भएको छ। यस परीक्षाफल कालेबुङमा सन्तोषजनक देखिएको छ। यहॉंको फिलोमिनाले विगत वर्षहरूको आफ्नो इतिहास कायम राख्दै यसवर्ष पनि सय प्रतिशत विद्यार्थीहरू उत्तिर्ण गराउन सक्षम भएको छ। यस विद्यालयबाट यसचोटि 150 जना विद्यार्थीहरुले परीक्षा दिएका थिए भने सय प्रतिशत विद्यार्थीहरू नै उत्तिर्ण बने। जसमा 35 जना छात्राहरूले पहिलो दर्जा हालिस गरेका छन्‌। यस स्कूलबाट प्रतिक्षा सुब्बाले 81 प्रतिशत अङ्‌क हासिल गरेर स्कूल टप्पर हुन सक्षम भएकी छन्‌ भने उनको नेपाली विषयमा 86, गणितमा 98 अनि अङ्‌ग्रेजीमा 87 उत्कृष्ट अङ्‌क रहेको छ। यसरी नै यहॉंको कन्या उच्चतर माध्यमिक विद्यालयबाट 168 जना परीक्षार्थीहरूमध्ये 151 जना उत्तिर्ण भएका छन्‌‌‌। यस स्कूलबाट 82 प्रतिशत अङ्‌क हासिल गरेर ओमिका लेप्चा स्कूल टप्पर भएकी छन्‌। उनले गणितमा 95, भौतिक विज्ञान, नेपाली अनि अङ्‌ग्रेजीमा 80 भन्दा अधिक साथै भूगोलमा 90 अङ्‌क हासिल गरेकी छन्‌। 81 प्रतिशत विद्यार्थीहरू उत्तिर्ण भएको यस स्कूलबाट यसचोटि 22 जना विद्यार्थीहरूले पहिलो दर्जा हासिल गरेका छन्‌। यसरी नै, यहॉंको एसयूएमआईबाट 85 प्रतिशत विद्यार्थीहरू उत्तिर्ण भएका छन्‌। 198 जना परिक्षार्थीहरूमध्ये 167 जना विद्यार्थीहरू उत्तिर्ण भएका छन्‌ भने स्कूल टप्पर मुकूल रोयले भौतिक विज्ञानमा 97, गणितमा 84, नेपालीमा 85 अङ्‌क हासिल गरेका छन्‌। यसरी नै यहॉंको कुमुदिनी विद्याश्रमबाट 84 प्रतिशत विद्यार्थीहरू उत्तिर्ण भएका छन्‌। यस स्कूलबाट परीक्षा दिने मोठ 164 जना विद्यार्थीहरूमध्ये 137 जना विद्यार्थीहरू उत्तिर्ण भएका छन्‌ भने 80.4 प्रतिशत अङ्‌क हासिल गरेर मधुसुदन खनाल स्कूल टप्पर भएका छन्‌। यहॉंको प्रणामी वालिका विद्यामन्दिरबाट 55 जना परीक्षार्थीहरूमध्ये 39 जना उत्तिर्ण भएका छन्‌। अर्कोतिर, यहॉंको गभरमेन्ट हाई स्कूलबाट 58 जना परिक्षार्थीहरूमध्ये 45 जना उत्तिर्ण भएका छन्‌ भने टिस्टा ब्रिज हाई स्कूलबाट 65 जना परिक्षार्थीहरूमध्ये 43 जना उत्तिर्ण भएको जानकारी प्राप्त भएको छ।

0 comments: