Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

30 May 2013

महकुमा अधिकारीलाई मोर्चाको ज्ञापन

कालेबुङ, 29 मई। जीटीएसभाले सभासद्हरूलाई उतारेको अनशन आज चौथो दिन पुग्यो। अनशनकारी सभासद्हरूको शारिरीक दूर्बलता बढेको कारण आज दिनभरि नै अनशनकारीहरू शिथिल देखिएका थिए। हिजो डाक्टरले स्वस्थ्य चिन्ताजनक नरहेको बताए पनि आज मोर्चा नेत्री तारा लोहार लेप्चाले सभासद्हरू सुनिल प्रधान, गोपाल रुचाल अनि सीपी पौड्यालको अवस्था चिन्ताजनक बनेको बताएकी छन्‌। तिनले अनशनकारीहरूको रक्तचापमा स्थिरता देखा परेकोले केही शारिरीक समस्या उत्पन्न भएको बताएकी छन। आज महकुमा स्वास्थ्य अधिकारी डा. डी सोनामले पनि अनकारीहरूको स्वस्थमा शिथिलता र समस्या देखा परेको पुष्टि गरेका छन्‌। गत चार दिनदेखि भोजन र पानी सेवन नहुँदा डीहाइड्रेशन र रक्तचापमा उतार-चडाउ अनि शारिरीक दूर्बलताको समस्या देखा परेको डा सोनामले जनाएका छन। अनशनको आज चौथो दिन नारी मोर्चा नेत्री आशा गुरुङ अनि कालेबुङका विधायक डा हर्कबहादुरछेत्रीले अनशनस्थलको दौडाहा पनि गरेका छन्‌। आशा गुरुङले अनशनकारीहरूलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी लिइन्‌ भने अनशनकारी सभासदहरूको मनोबल बढाउने काम पनि गरेकी थिइन। आज चौथो दिन पनि महकुमा अधिकारीको कार्यालय परिसरमा बसेको अनशनस्थलमा स्थानीय नेतृत्व र पार्टीकर्मीहरूको व्यापक जमघट थियो। दलको कालेबुङ महकुमा समितिका पदाधिकारीहरूलगायत युवा अनि नारी मोर्चा कार्यकर्ताहरू अनशनस्थलमा भेला भएर अनशनकारीहरूको हौसला बढाउने कार्य जारी राखेका छन। अर्कोतिर, सभासद चन्द्र योञ्जनको बिनाशर्त रिहाईको मागमा शुरु गरिएको धारावाहिक जुलुसको क्रममा आज तिनकै समष्टिका कार्यकर्ता र समर्थकहरूले शहरमा र्‍याली निकाल्यो। र्‍याली टोलीले महकुमा अधिकारी समक्ष ज्ञापन पनि चढाएको छ।

0 comments: