Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 May 2013

राखेकै ठाउँबाट बोलेरो चोरी

कालेबुङ, 27 मई। यहॉंको दस माइलस्थित विद्युत विभागको कार्यालयलाई किरायमा प्रयोग गर्न दिएको बोलेरो बाहन चोरी भएको घटना अघि आएको छ। वाहनमालिक कुमारजंग थापाले यस सम्बन्धमा कालेबुङ थानामा प्राथमिकी दर्ता गरेका छन। स्थानीय साढे दस माइल क्षेत्रबाट बोलेरो वाहन चोरी भएको बताइएको छ। डब्ल्यूबी 73 सी 3729 नम्बर भएको सेतो रंगको बोलेरो वाहन टुनिबोटे क्षेत्रबाट आइतबार अबेर राती चोरी भएको छ। वाहनका चालक दिवस घतानीको बयान अनुसार आइतबार राती विभागको आपतकालिन सेवाहरू पूरा गरेर वाहन सडककिनारमा खडा गरेका थिए। तिनी यहॉंको टुनीबोटे क्षेत्रमा कोठा बहाल गरेर बस्ने गरेका छन भने विभागको काम सकेर वाहन पनि आफ्नो डेरानजिक रेशी रोडमा पार्क गर्ने गरेका थिए। आइतबार बेलुकी पनि काम सकेर वाहन सडकमा पर्किङ गरी तिनी कोठामा आएका थिए। बिहान राखिएको ठाउँमा वाहन नदेख्दा चोरीको शंका बढेको थियो। प्राथमिकीको आधारमा पुलिसले खोजी अभियान जारी राखेको बताएको छ।

0 comments: