Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 May 2013

मोर्चाको अनशन जारी, पेनडाउन पनि शुरु

कालेबुङ, 27 मई। गोर्खा जनमुक्ति मोर्चाद्वारा जीटीए क्षेत्रभरि नै हिजोदेखि शुुरु गरिएको सभासद्हरूको आमरण अनशन आज दोस्रो दिन पनि जारी छ। यहॉंको महकुमा अधिकारी कार्यालयअघि सभासद् सुनिल प्रधान, गोपाल रुचाल अनि सीपी पौड्याल अनशनमा बसेका छन्‌। आज दोस्रो दिन पनि उनीहरूको मनोबल बढाउन मोर्चा नेतृत्व एवं समर्थकहरू अनशनस्थल आइरहेका छन्‌। यसरी नै आजदेखि मोर्चाको घोषणाअनुसार जीटीए अधिनस्थ सरकारी कार्यालयहरूमा कर्मचारीहरूले पेन डाउन हड्‌ताल शुरु गरेका छन्‌। स्मरण गराइन्छ, पुलिस प्रशासनले अत्याचार बन्द गर्नुपर्ने, जीटीएमा तराई-डुवर्सको भूभाग अन्तर्भुक्तिको निम्ति गठित फ्याक्ट भेरिफिकेशन कमिटीको रिपोर्ट सार्वजनिक गर्नुपर्ने, जीटीए सम्झौताअनुसार आन्दोलनमा पार्टीका कार्यकर्ताहरूविरूद्ध लागेका मुद्दाहरूको माफी हुनुपर्ने अनि जीटीएलाई राज्य सरकाले सुचारु रुपमा चल्न दिनुपर्छ भन्ने मोर्चाको माग हो।

0 comments: