Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

20 Sept 2013

प्रदेशबाट छुटिने जिल्ला कंग्रेस

कालेबुङ 19 सेप्टेम्बर(छेवाङ) :
विचार अनि सिद्धान्तले मेल नखाँदा प्रदेश कंग्रेसमा फुट आउन सक्ने सम्भवना प्रबल बनेको छ। छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनको कारण प्रदेश कंग्रेस अनि जिल्ला कंग्रेस माझ उत्पन्न भएको अन्तरिक द्वन्दले अझ ठूलोरुप लिन थालेको छ। दार्जीलिङ जिल्ला कंग्रेसले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई समर्थन गर्दै गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिमा बस्ने निर्णय लिँदा यसको ठीक उल्टा राज्य(प्रदेश) कंग्रेस नेताहरुले गोर्खाल्याण्डको विरोधमा अड़ान लिँदा प्रदेश कंग्रेसमा अन्तरिक द्वन्द उत्पन्न भएको हो। दलका राज्य स्तरीय नेतृत्वहरुले डटेर गोर्खाल्याण्डको विरोध जनाएका थिए भने यता जिल्ला स्तरीय प्रतिनिधिहरुले भने आफ्नै नेताहरुको आलोचनाहरु सहेर पनि समितिभित्र रहेर छुट्टै राज्यको आन्दोलनमा सह्योग पुर्याई रहेका छन्। प्रदेश कंग्रेसको विचार अनि सिद्धान्त विरुद्ध जिल्ला कंग्रेसले पहाड़को छुट्टै राज्यको मुद्दालाई समर्थन गर्दा दार्जीलिङ जिल्ला कंग्रेसका अध्यक्ष केबी छेत्रीले आफ्नो अध्यक्ष पदसमेत गुमाउनु परेका छन्। तिनलाई प्रदेश कंग्रेसले अध्यक्ष पदबाट निष्कासित गरेको खबर चर्चामा आए तापनि तिनको निष्कासित पत्र आजसम्म पनि कंग्रेस अध्यक्ष सोनिया गान्धीको हातमा नपुगेको जिल्ला कंग्रेसले यो समय दावी गरिरहेको छ। अब पहाड़मा कंग्रेस पार्टी कसरी चल्ने? यो अहिलेको निम्ति रोचक प्रश्न बनेको छ। जिल्ला कंग्रेस नेताहरु पीबी घतानी, शान्ति कुमार शर्मा, दिलिप प्रधान आदिले पहाड़को समस्याहरु बारे काम गर्न नै कंग्रेस पार्टी चलाएको बारम्बार दावी गरिरहेका छन्। केही दिन अघिसम्म प्रदेश कंग्रेसका नेताहरुसंग हाम्रो कुनै प्रकारको सरोकार छैन भन्ने जिल्ला कंग्रेस महा सचिव दिलिप प्रधानले अब पहाड़को कंग्रेस पार्टी राज्यको अधिनमा नबस्ने बताए। तिनले आज स्वर्णभूमिसंगको कुराकानीमा जिल्ला कंग्रेसले राज्यको हस्तक्षेप नचाहने मनाश्य पोखेका छन्। दार्जीलिङ पहाड़लाई मात्र होइन कंग्रेसलाई पनि बंगालदेखि अलग राख्नु पर्छ तिनले भने। उक्त विषय बारे तिनले कंग्रेस अध्यक्ष सोनिया गान्धीसमेतलाई जनाइ सकेको बताएका छन्। हामी सोझै अल इण्डिया कंग्रेस कमिटिको अनडरमा बस्छौ तिनले थपे। बंगाल विभाजनको कुरामा हाम्रो मेल नखाँदा प्रदेश कंग्रेसले हाम्रो विरोध गरेको हो तिनले भनेकंग्रेस अध्यक्ष सोनिया गान्धीलाई हामीले गोर्खाल्याण्डको विषय बारे अघिबाटै अवगत गराई सकेका छौ।  यसै कुराकानी अवधि तिनले आन्दोलन बारे आफ्नो टिप्पणी राख्दै अब दिल्लीमा लाखौ गोर्खाहरु भेला गर्नुपर्ने सुझाउ दिएका छन्। समितिमा भित्रे पछि शुरुदेखि नै दिल्लीमुखी कार्यक्रमको कुरा गर्ने जिल्ला कंग्रेसले आन्दोलनलाई अब अन्ना हजारेको फरमेटमा अघि बढ़ीउनु पर्ने सुजाउ दिएका छन्। देशको विभिन्न प्रान्तहरुमा बसोबास गर्ने गोर्खाहरुलाई अब दिल्लीमा एकिकृत गर्नु पर्ने तिनको भनाइ छ।

0 comments: