Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

20 Sept 2013

लेप्चा युवाहरु सिभईक पुलिसमा

कालेबुङ, 19 सेप्टेम्बर
लेप्चा विकास परिषदको गठन पछि राज्यका लेप्चाहरुलाई विशेष अवसर प्रदान गर्ने मुख्य मन्त्री ममता ब्यानर्जीले आफ्नो बचन पुरा गर्न शुरु गरेकी छन्। एकातिर बेरोजगार लेप्चा युवाहरुलाई राज्यको विभिन्न विभागहरुमा नियुक्ति गरिने प्रक्रिया अघि बढ़ीरहेको अपुष्ट खबरहरु सुनिँदै छ भने अर्कोतिर कतिपय असथायी कामहरुमा पनि लेप्चा युवाहरुलाई धमाधम नियुक्ति गरिरहेको छ। कालेबुङबाट 45 जना लेप्चा समुदायका युवा-युवतीको पुलिसी जाँच प्रक्रिया पुर्ण भएपछि भोलि शुक्रबार अर्न्तवार्ता बोलाइको छ। विशेष सूत्रले जनाएअनुसार, पश्‍चिम बङ्गाल पुलिस अधिनस्थ सीभीक पुलिसमा नियुक्तिको निम्ति भोलि अतिरिक्त जिल्ला पुलिस अधिक्षकहाँ लेप्चा समुदायका उम्मेदवारहरूले अर्न्तवार्ताको निम्ति उपस्थिति दिनेछन्। अर्न्तवार्ता कालेबुङ लगायत दार्जीलिङ अनि खरसाङमा पनि सम्पन्न हुने सूत्रले थप जनाएको छ। सीभीक पुलिस भर्ना लेप्चा समुदायका युवा अनि युवती दुवै वर्गको निम्ति खुल्ला छ। स्मरण गराइन्छ, बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीले गत 3 सेप्टेम्बरको दिन यहाँको मेलाटारबाट लेप्चा समुदायको निम्ति एकमुष्ट सहुलियतो घोषणा गरेकी थिइनन्। उनको घोषणामा 1 सय लेप्चा युवा-युवतीलाई जीटीएमा रोजगार दिने, 5 हजार लेप्चाहरूलाई पुलिसमा भर्ना गरिने भनिएको थियो। यसै घोषणाको आधारमा लेप्चा जातिलाई अहिले विभिन्न विभागहरूलाई रोजगारको व्यवस्था मिलाइने कार्य भइरहेको छ।

0 comments: