Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

20 Sept 2013

तकलिङमा जलातंक रोगथाम बारे कार्यशाला

कालेबुङ 19 सेप्टेम्बर :
तकदाह खण्ड विकास अन्तर्गत पर्ने तकलिङ (1) ग्राम पञ्चायतमा आज जल आतंक रोग (एन्टी रयावीस रोग) बारे एउटा कार्यशाला सम्पन्न भयो। गैर सरकारी संस्था पश्चिम बंगाल स्वयमसेवी स्वस्थय संस्था(डव्ल्युभीएचए) अनि ग्राम विकास समितिको संयुक्त आयोजनमा आज सम्पन्न भएको कार्यशालामा क्षेत्रका कुल 80 वाट घरेलु कुकुर अनि बिरालोलाई जल आतंक रोग प्रतिरोधक सुइ पनि लगाइयो। उक्त कार्यशालामा कालेबुङ एनिमल सेल्टरका पशु डाकटर डीपी पौड्याल, तिनका सहयोगीहरु मुकेश छेत्री, लाकपा लामा, सन्दिप राई आदि उपस्थित थिए। यसै कार्यशालाको अवधिमा कुकुरको बढ़दो संख्यमा रोक लाउन क्षेत्रका कुल 12 वाट कुकुरहरुको नशबन्दी गरिएको पनि ग्राम विकास समितिका अध्यक्ष डीबी छेत्रीले जानकारी गराएका छन्। तकलिङ प्राथमिक पाठशालामा आज सम्पन्न भएको उक्त कार्यशालामा क्षेत्रका स्कूलहरु माध्यमिक शिक्षा केन्द्र, गान्धी सम्राक, आदिका विद्यार्थीलगायत शिक्षक-शिक्षिकाहरु पनि उपस्थित थिए। कार्यशालामा सरिक बनेका विद्यार्थी अनि शिक्षकहरुलाई ड़ा पौड्यालले जल आतंक रोगको लक्षण अनि यसको रोकथाम बारे जानकारीहरु प्रदान गरेका थिए। शिक्षकहरु अनि ड़ा पौड्याल माझ सम्पन्न भएको अन्तरक्रियात्मक कार्यक्रमको अवधि ड़ा पौड्यालले 2020सम्म देशलाई जल आतंक रोग मुक्त पार्ने सरकारको योजना गरेको पनि अवगत गराएका छन्। वर्ष 2006सालको 20 जुलाईको दिन जल आतंक रोगले तकलिङमा एक किशोरको मृत्यु भएको थियो। उक्त घटनाले क्षेत्रवासीमा आतंकको माहौल उत्पन्न भए पछि त्यस पर्षदेखि नियमितरुपमा आफूहरुले क्षेत्रको कुकुरहरुलाई एन्टी रयाबीस सुइ लगाउँदै आइरहेको समितिका अध्यक्ष डीबी छेत्रीले जनाएका छन्। हाल तकलिङमा जल आतंक रोग शुन्य प्राया भएको तिनको भनाइ छ।

0 comments: