16 जनवरी (कालेबुङ):- राई समुदायका मानिसहरुले आफूहरुलाई जनजातिको दर्जा दिनु पर्ने माग गर्दै सरकारमाथि दवाउ बनाउन शुरु गरेका छन। लामो समयदेखि जनजातिको दर्जाको माग गर्दै आइरहेका राईहरुको प्रतिनिधि संगठन किराँती खम्बु राई सांस्कृतिक संस्थानले आज कालेबुङमा एउटा र्यालीको आयोजना गरी आफ्नो आवाज बुलन्द गरेको छ। संगठनको कालेबुङ महकुमा समितिले आयोजना गरेको र्यालीमा हजारौंको संख्यामा विभिन्न क्षेत्रका राई समुदायका मानिसहरु सहभागी बनेका थिए। किराँतीहरुको नयाँ बर्ष यलोम सम्वत 5072को अवसर पारेर निकालिएको सो र्यालीमा सामेल राईहरुले आफूहरुलाई अबिलम्व जनजातिको दर्जा दिनु पर्ने माग गर्दै व्यापक नाराबाजी गरेका थिए। कालेबुङ शहरको परिक्रमापछि महकुमा अधिकारीको कार्यालय पुगेर पनि जुलुशले नाराबाजी गरेको थियो। आफ्नो मागबारे सरकारलाई स्मरण गराउन संगठनको प्रतिनिधि टोलीले महकुमा अधिकारी एल एन शेर्पालाई एउटा ज्ञापन पनि दिएको छ। क्षेत्रका राई समुदायले सन 1994देखि आफूहरुलाई जनजातिको दर्जा दिनु पर्ने माग गर्दै केन्द्र अनि राज्य सरकारसँग पत्रचार गर्ने कार्य जारी राखेको छ। हाल यस जातिलाई ओबीसीको दर्जा प्राप्त छ। समान सांस्कृतिक अनि धार्मिक चरित्र भएको तामाङ अनि सुब्बालाई जनजातिको दर्जा प्राप्त भई सके पनि राई जातिलाई जनजातिको सहुलियतबाट बञ्चित राखिएको उनीहरुको भनाई छ। आफ्नो यस मागलाई लिएर लामो अंतरालसम्म मौन बसेका राई समुदायका मानिसहरु आफ्नो हक अधिकारको निम्ति पुन संगठित र सक्रिय बनेका छन। आफ्ना मागलाई लिएर सरकारी तौरमा कुनै सकारात्मक पहल नभए आगामी दिनमा सडक आन्दोलन गर्ने संगठनको योजना छ। संगठनको महकुमा समितिका उपाध्यक्ष मेघराज राईले यसबारे थप जानकारी दिएका छन।
16 Jan 2012
जनजातिको दर्जा दिनु पर्ने राई समुदयको माग
Related Posts:
बन्दमा सरकारी कार्यलयहरु नखोल्ने - जकस कालेबुङ 29 जुलाई मोर्चाले डाकेको 72 घण्टा पहाड बन्दलाई पूर्णरुपले समर्थन दिँदै आज जनमुक्ति कर्माचारी सङ्गठनले कालेबुङको सरकारी कार्यलयहरुमा ताला झुण्डायो। प्रशासनको शिर्ष अधिकारीहरुले बन्दको अवधि पहाडको सम्पूर्ण सरकारी का… Read More
Gurung says he will quit GTA VIVEK CHHETRI Darjeeling, July 29: Gorkha Janmukti Morcha chief Bimal Gurung today said he would step down as GTA chief executive in the next three to four days after completing some work in the hill body. Althou… Read More
गोर्खाल्याण्ड आन्दोलन अघि बडाउँन जीटीए छोड्नेछु – बिमल गुरुङ डी के वाइबा, गोरुबथान 28 जुलाई। “बिमल गुरुङले दुईवटा नाउँमा खुट्टा हाल्ने व्यक्ति होईन। मैले अब निर्णय गैसकेको छु गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँने। यसको निम्ति अब जीटीए पनि छोड्नेछु” उक्त कुरा गोजमुमो अध्यक्ष बिमल ग… Read More
जीटीए असफल भयो , अब राज्य दिइनु पर्ने मागमा सरकारलाई मोर्चाको पत्रचार कालेबुङ 28 जुलाई पहाडमा जीटीए पूर्णरुपले असफल भएकोले अब केन्द्र सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको प्रक्रिया शुरु गरिनु पर्ने मागमा मोर्चाले आज केन्द्र सरकारका प्रतिनिधिहरुलाई एउटा ज्ञ्यापन पठाएको पार्टा महा-सचि… Read More
राजमार्ग अवरोध गर्दा दशजना मोर्चा कार्यकर्ता पक्राउ कालेबुङ 29 जुलाई 31 ए राष्ट्रीय राजमार्ग बन्द गरेको आरोपमा आज पुलिसले 10 जना मोर्चा कार्यकर्ताहरुलाई पक्राउ गरेकोछ। राष्ट्रीय राजमार्गको रम्बी परिसरमा सडकमा उत्रेर बन्द पालन गरिरहेका मोर्चा कार्यकर्ताहरुलाई रम्बी पुलिसले … Read More
0 comments:
Post a Comment