गोर्खाल्याण्ड राज्य निमार्णमोर्चा अध्यक्ष दावा पाखरिनले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरि गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनमा पहाडका सबै राजनीतिक दलहरु अब एउटै मञ्चमा आउनु पर्ने आह्वान गरेका छन। पाखरिनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आज मोर्चाको प्रस्तावित ज़ीटीए व्यवस्था पहाडमा लागु हुन नसकने बताउँदै मोर्चाले पनि छुट्टै राज्य प्राप्तिको निम्ति सामुहिक मञ्चको मार्ग अपनाउनु पर्ने सुझाउ दिएका छन्। आफ्नो दल केवल गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति मात्र गठन भएको दाबी गर्ने पाखरिनले आज पनि आफ्नो दलको लक्ष्य गोर्खाल्याण्ड मात्र रहेको ठोकुवा गरेका छन।भारतीय गोर्खा परिसंघको गोर्खाल्याण्ड टाक्स फोर्ससँगको पूर्वाञ्चल कार्यक्रमहरु सफल भएको दावी गर्दै पार्टी प्रमुख पाखरिनले आगामी दिनहरुमा पनि टाक्स फोर्ससँग नै सम्मिलित भएर गोर्खाल्याण्डको निम्ति कार्यक्रमहरु गर्ने बताएका छन। यसै पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पहाडका महकुमाहरुलाई जिल्लाको दर्जा दिइए मात्र क्षेत्रको बिकास हुने बताएका छन्।
23 Feb 2012
गोर्खाल्याण्डको निम्ति सबै द्लहरु एक हुनु पर्छ - गोरानिमो
Related Posts:
मुख्यमन्त्रीले गरे आन्दोलनको आलोचना कालेबुङ 3 सेप्टेम्बर(प्रदीप)ः- ‘रोशनी चांद से होता हैं , सितारों से नहीं मोह… Read More
Amra Bangali rallies demanding Gurung’s arrest Siliguri 2 Sep 2013 Supporters of local outfit Amra Bangali today conducted a rally demanding the arrest of Gorkha Janamukti Morcha chief Bimal Gurung and the cancellation of the GTA deal terming it unconsti… Read More
Mamata arrives to receive ‘Kingstoom Dartim’ honour PRADIP LOHAGUN KALIMPONG 2 Sep 2013 The Kalimpong section of the Lepcha community will on Tuesday honour chief minister Mamata Banerjee with the ‘Kingstoom Dartim’ (bestower of fortune) title. The CM arrived… Read More
जनताले कालेबुङमा तृणमूलको झण्डा जलाए कालेबुङ 4 सेप्टम्बर: गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिको पुर्वधोषणा अनुरुप आज कालेबुङका जनसाधरण सड़कमा थिए। मुख्यमन्त्रीको भ्रमण अवधि सफलतापूर्वक दुइ दिन घरभित्र जनता कार्यक्रम पालन गरिसकेका कालेबुङका जनताले आज सड़कमा आए… Read More
एलडीबीको लागी कैयौं लोभलाग्दा योजना र सहुलियतहरू कालेबुङ 3 सेप्टेम्बर(प्रदीप)ः- लेप्चाहरूको ‘भाग्यविधाता’ बनेर पहाड चढेकी मुख्यमंत्री ममता व्यानर्जीले पनि यो जातिका मानिसहरूलाई निराश पारिनन। लेप्चाहरूको आशाअनुरुप मुख्यमंत्रीले कैयौं लोभलाग्दा योजना र सहुलियतहरूको घोषणा गरे… Read More
0 comments:
Post a Comment