Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

24 Feb 2012

दार्जीलिङ शहरवासीहरुले अहिले नै पिउने पानीको उपभोग गर्न सक्ने आशा झिनो

25 फरवरी(कालेबुङ):- बालासन पेयजल परियोजनाको मुख ताकेर बसेका दार्जीलिङ शहरवासीहरुले अहिले नै यस परियोजनाबाट पिउने पानीको उपभोग गर्न सक्ने आशा झिनो बनेको छ। दार्जीलिङका विधायक त्रिलोक देवान अनि नगरपालिका अध्यक्ष अमर राईले आज परियोजना स्थलको भ्रमण गरेपछि मिडियालाई यस आशयको संकेत दिएका छन। बालासन पेयजल परियोजनाको निर्माणकार्य अहिले अन्तिम चरणमा पुगेको छ तर राज्यकी मुख्यमंत्री ममता बेनर्जीले यस महिनाको अंतमा आफ्नो पहाड भ्रमणको अवधीमा भने यसको उदघाटन गर्न सक्ने अवस्था भने छैनन। विधायक त्रिलोक देवान अनि नगरपालिका अध्यक्ष अमर राईले आज परियोजना निर्माण स्थलको परिभ्रमण गरेपछि निर्माण कार्य पुर्णरुपले समाप्त हुन अझै छः महिनाको समय लाग्न सक्ने अनुमान लगाएका छन। अनि परियोजना स्थलबाट शहरमा पेयजल बितरण कार्य शुरु हुन निम्नतम एक बर्षको समय लाग्ने छ। बालासन पेयजल परियोजनाको कार्यान्वयन एजेन्सी पीचई रहेको छ। पीएचईले यसको निर्माण कार्य चाढै पूरा हुने दाबी गरिरहेको छ। मुख्यमंत्रीले आफ्नो पूर्वघोषणाअनुरुप यस चाढै नै उदघाटन गर्न सक्ने कुराप्रति पनि दार्जीलिङ शहरका यी दुइ जनप्रतिनिधिहरु आश्वस्त छैनन। दार्जीलिङ शहरको पिउने पानीको समस्या समाधान गर्न दार्जीलिङ वाटर सप्लाई पम्पिङ स्कीमअन्तर्गत यस परियोजनाको निर्माण शुरु गरिएको थियो। यो परियोजना बर्ष 2009मा पुरा गरिनु पर्ने थियो। यस अवधीमा पहाडमा भएको राजनैतिक अस्थिरता अनि सेना, वन विभाग र रेलवे विभागबाट अनुमति पाउन ढिल्याई भएको कारण निर्माण कार्य निर्धारित मियादमा पूरा हुन नसकेको बताइएको छ। पश्चिम बंगालका तत्कालिन मुख्यमंत्री बुद्धदेव भट्टचार्यले 19 फरवरी 2006मा यस परियोजनाको शिलान्यास गरेका थिए। यसको निर्माण कार्य हैदराबादको एउटा निर्माण कम्पनी रेम्की इन्फ्राइसट्रक्चर लिमिटेडलाई दिइएको थियो जसले बर्ष 2007मा निर्माण कार्य शुरु गरेर 24 महिनामा पूरा गर्ने बचन दिएको थियो।

दार्जीलिङ शहरमा पेयजल बितरण प्रणाली पनि अर्को समस्या रहेको विधायक त्रिलोक देवानको भनाई छ। जसको निम्ति केन्द्र सरकारलाई 156 करोडको एउटा योजना बुझाउने काम भएको उनले बताएका छन। यस योजनाको निम्ति केही प्रतिशत राज्य सरकारले पनि बेहोर्ने प्रतिश्रुति दिएको देवानले बताएका छन।अहिलेको अवस्थामा दार्जीलिङ शहरको निम्ति प्रतिदिन 15देखि 18 ग्यालन लाख पानीको खाँचो छ तर 55.86 करोड रुपियाँको बालसन पेयजल परियोजना अन्तर्गत प्रतिदिन सातदेखि आठ ग्यालन लाख पानी मात्र वितरण गर्न सक्ने स्थितिमा छ।

Related Posts:

  • टाक्श फोर्सले डुवर्स बाटा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन शुरु गर्नेज़ीटीए सभाको चुनाउ विरुध 12 बुद्धे आडान लिँदै गोर्खाल्याण्ड टाक्श फोर्सले डुवर्स बाटा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन शुरु गर्ने निर्णय लिएको ।गो टा फो अध्यक्ष रेभ डा एनोश दाश प्रधानले आज उक्त मनत्व्य प्रकट गरेका छन। स्था… Read More
  • Quota for OBCCalcutta, July 6: Chief minister Mamata Banerjee today announced that the government would introduce a bill to reserve seats for Other Backward Classes (OBC) in higher education.“I agree with the demand to reserve seats for O… Read More
  • दार्जीलिङ पहाडमा आजदेखि ज़ीटीए चुनाउको बजार गरम6 जुलाई (कालेबुङ):- दार्जीलिङ पहाडमा आजदेखि ज़ीटीए चुनाउको बजार गरम भएको छ। मोर्चालगायत अन्य राजनैतिक दल र निर्दलीय प्रार्थीहरुले आफ्नो नामाङ्कन पत्र भरेका छन। मोर्चा अध्यक्ष बिमल गुरुङले आफूलगायत अन्य केही सहयोगीहरुको उम्मे… Read More
  • snt bus accident ta kumrek plungedRANGPO-6TH JULY12Two guard of golden cross rorathang who has save the life of more than thirty person is seen as the hero of rangpo.according to the news SNT bus number SK03T-2055 coming from golden cross rodhathang to Rangpo… Read More
  • GTF out of hill contestRAJEEV RAVIDASKalimpong, July 6: The Gorkhaland Task Force of five rival parties of the Gorkha Janmukti Morcha today said it would not contest the GTA polls because it sees the exercise as a ploy by the state to claim that pe… Read More

0 comments: