Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

4 Apr 2012

गोरामुमोले मिरिकमा स्थापना दिवस पालन गर्ने

4 अप्रेल(कालेबुङ):- गोरामुमोको निम्ति प्रतिष्ठाको विषय बनेको स्थापना दिवसको कार्यक्रम मिरिकलगायत तराईका क्षेत्रहरुमा पालन गर्ने यस दलले निर्णय लिएको छ। पहाडमा गोजमुमोको उदयपछि जनाधार हराएको यस दलले पहाडमा आफ्नो दलको स्थापना दिवस खुलेर मनाउन पाएको छैन। तर अहिले गोजमुमो जीटीएको झ्याउलामा परेपछि गोरामुमोले पहाडका आफ्ना समर्थकहरुलाई संगठित गर्ने प्रयास शुरु गरेको छ। गोरामुमोको मिरिक शाखाले भोलि 5 अप्रेलका दिन मिरिकको व्यसायी संगठन भवनमा पार्टीको स्थापना दिवस पालन गर्ने निधो गरेको छ। यसबाहेक तराईको निरपानिँया र गाडीधुराका समर्थकहरुले पनि यी क्षेत्रमा कार्यक्रमको आयोजना गर्ने निर्णय लिएका छन। तर पार्टीको दार्जीलिङ, खरसाङ र कालेबुङ शाखाहरु भने स्थापना दिवस पालन गर्ने कुरामा मौन देखिएका छन। यता, मिरिकमा गोरामुमोको स्थापना दिवसको कार्यक्रमलाई केन्द्र गरी तनाउ सृजना हुने आशंकाले पुलिस प्रशासनलाई चिन्तामा पारेको छ। किनभने गोजमुमोको युवा संगठनले यसै दिन मिरिकमा महाजुलुश र पथसभा गर्ने कार्यक्रम तय गरेको छ। यस्तो अवस्थामा दुवै दलका समर्थकहरुबीच झडप र हिंसात्मक घटना हुन सक्ने सम्भावना रहेको राजनिति सचेत मानिसहरुको भनाई छ। यता, गोरामुमोले कार्यक्रमको निम्ति प्रशासनबाट अनुमति पनि प्राप्त गरी सकेको छ। पार्टीको स्थापना दिवसको कार्यक्रममा दलका प्रमुख सुवास घिसिङको उपस्थिति भने अहिलेसम्म निश्चित भएको छैन। उनका समर्थकहरु घिसिङ आउने आशा राखे पनि उनको आगमनबारे पार्टीले आधिकारिक पुष्टि गरेको छैन। गोरामुमोको मिरिक शाखाका अध्यक्ष अर्जुन राईले पार्टीको कार्यक्रमबारे जानकारी दिएका छन।

Related Posts:

  • जनसभा बाट मोर्चाले गर्यो विरोधी दलका नेताहरुलको आलोचना5 मई (कालेबुङ):- कालेबुङमा मोर्चाविरोधी दल र मञ्चहरुको सक्रियता बढेपछि आज गोजमुमोले पनि यहाँ एउटा जनसभाको आयोजना गरी आफ्ना विरोधीहरुलाई ओठेंजवाब दिएको छ। मोर्चाको केन्द्रीय अनि महकुमा स्तरका नेतृवर्गले आफ्नो दलको नीति र कार्य… Read More
  • Shutdown to mourn doc death VIVEK CHHETRI Dr. Khanra. File picture Darjeeling, May 4: All business establishments in Darjeeling will remain closed for two hours from 11am tomorrow in memory of Swadesh Ranjan Khanra, a well known doctor in th… Read More
  • Relief for Tagore event - Morcha relents BIRESWAR BANERJEE AND VIVEK CHHETRI The bungalow at Mungpoo where Tagore stayed. File picture Siliguri/Darjeeling, May 6: The Gorkha Janmukti Morcha has made an exception for biswakabiRabindranath Tagore by d… Read More
  • Push for tourism plans VIVEK CHHETRI Morgan House in Kalimpong being spruced up on Monday. Picture by Chinlop Fudong Lepcha Darjeeling, May 7: The state government has put together an elaborate plan to woo tourists to north Bengal and i… Read More
  • Football club sets eyes on I-League - Kalimpong boys get england-trained coach RAJEEV RAVIDAS Some of the players of Share Football Club in Kalimpong on Sunday. Picture by Chinlop Fudong Lepcha Kalimpong, May 6: A football club was formed here today with 25 players who want to make a mark by… Read More

0 comments: