5 Apr 2012
श्रमिकहरुको आमरण अनशन फिर्ता
5 अप्रेल(कालेबुङ):- पश्चिम बंगालका उद्योग मंत्री पार्थ च्याटर्जीको लिखित आश्वासन पाएपछि रिङटाङ चिया कमानका श्रमिकहरुले नौ दिनदेखि जारी राखेको आमरण अनशन बुधबार फिर्ता लिएका छन। मंत्रीले कलकताबाट फ्याक्स पत्र पठाएर केही दिनपछि आफै कमानको भ्रमणमा आउने अनि श्रमिकहरुको समस्याको समाधानको दिशामा पहल गर्ने प्रतिश्रुति दिएपछि श्रमिकहरुले बुधबार अनशन फिर्ता लिने निर्णय लिएका हुन। दार्जीलिङस्थित जिल्लापालको कार्यालय परिसरमा गत 27 मार्चदेखि चलिरहेको आमरण अनशनको नवौं दिन मोर्चा नेताहरुको उपस्थितिमा अनशन फिर्ता लिइएको छ। यस अवसरमा अनशनकारीहरुले मोर्चा महसचिव रोशन गिरी, खरसाङका विधायक डा रोहित शर्मा अनि श्रमिक संगठनका नेतृवर्गबाट जुस ग्रहण गरेर अनशन तोडे। यसअघि मोर्चा महासचिव गिरीले राज्यका उद्योगमंत्रीले पठाएको आश्वासन पत्र अनशनकारीहरुलाई पढेर सुनाए। बिगत 17 बर्षदेखि बन्द अवस्थामा रहेको रिंगटाङ चियाकमानका श्रमिकहरुले कमानको लिज रद्द गर्न अनि कमान खोलाउन सरकारी पहलको माग गर्दै 27 मार्चदेखि आमरन अनशन शुरु गरेका थिए। मोर्चाको श्रमिक संगठन दार्जीलिङ तराई डूवर्स प्लान्टेशन लेबर युनियनको ब्यानरमा यस चियाकमानका सातजना श्रमिकहरुले आमरण अनशन शुरु गरेका थिए। मोर्चाको विधायक टोलीले कलकतामा उद्योग मंत्रीलाई भेटेर अनशनकारी श्रमिकहरुको समस्या र मागबारे चर्चा गरेपछि मंत्रीले मामिलाको संज्ञान लिँदै समस्याको समाधान गर्ने आश्वासन दिएका छन। दार्जीलिङ जिल्लाको सोनादा क्षेत्रमा पर्ने यो चियाकमान बिगत 1996देखि बन्द रहेको छ जसले गर्दा यहाँका 944जना श्रमिकहरुको जीवन अत्यंतै कष्टकर बन्दै गैरहेको छ। हालका मालिकको लीज रद्द गरी नयाँ मालिकलाई कमान चलाउन दिनु पर्ने संगठनको माग छ। सरकारमाथि दबाउ बनाउन संगठनको नेतृत्वमा कमानका श्रमिकहरुले गत 27 मार्चदेखि अनशन गर्ने निर्णय लिएका थिए। बुधबार अनशन फिर्ता लिइएपछि अनशनकारीहरुलाई दार्जीलिङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ। यता, यस कमानका पिडीत श्रमिकहरुको कल्याणको निम्ति राज्य सरकारले मनरेगा अनि भुमि विकास योजनाअन्तर्गत कामको व्यवस्था गर्ने भएको छ। लेबर युनियनका अध्यक्ष सुरज सुब्बाले अनशन फिर्ता लिइएको बिषयबारे आधिकारिक रुपमा जानकारी दिएका छन।
Related Posts:
Consultations over, Time to take decision on Telangana :Congress TIMES of INDIA NEW DELHI/HYDERABAD: The process of consultation over the Telangana issue is over and the time has come for a decision, Congress general secretary Digvijaya Singh said on Friday. "We shall let you know th… Read More
Telangana nears D-day - Cong conveys decision to Andhra New Delhi, July 26: The Congress high command today told the Andhra Pradesh leadership that a Telangana state would be carved out soon, putting the lid on the ceaseless speculation and tug-of-war in a party still split v… Read More
Pestered, aged voter dies in queue - Family blames Trinamul quartet for forcing ailing septuagenarian to step out Siliguri, July 25: A partially paralysed septuagenarian rickshaw-puller who was pestered by alleged Trinamul activists and taken to a polling booth this afternoon fell ill while in the queue and died of a suspected cardi… Read More
Thrash finger at Morcha VIVEK CHHETRI … Read More
Madan Tamang case Calcutta, July 26: The case moved by Madan Tamang’s wife Bharati Tamang seeking cancellation of bails of five accused of the ABGL leader’s death came up for hearing before the division bench of Nishita Mhatre and Justice… Read More
0 comments:
Post a Comment