युवा कविहरूले दार्जीलिङमा आयोजना गरेको कविता र विचार नामक अन्तरक्रियात्मक कवि गोष्ठीमा मनप्रसाद सुब्बाले यस्तो घोषणा गरेका हुन्। तिनी टिप्पणीकारकोरुपमा उपस्थित थिए। अब युवाहरूले कवितालाई बँचाएर लैजाने विश्वास तिनमा रहेको जनाएका छन्। यो कार्यक्रमलाई लिएर युवा कवि मनोज वोगटी, भूपेन्द्र सुब्बा अनि निमा शेर्पा अबका कविहरू शक्तिशाली कवितालेखनमा इमान्दार हुनुपर्ने अनि यसलाई सङ्गठितरुपमा निरन्तरता दिनुपर्ने सोंचमा रहेको बताइएको छ। उनीहरूले कविता लेखनमा टापूटापू रहेर क्रियाशील बनिरहेका जिल्लाका बीस कविहरूलाई कार्यक्रममा निम्त्याएका थिए। उनीहरूमा थिए भूपेन्द्र सुब्बा, मनोज वोगटी, निमा शेर्पा, मिलन वान्तवा, उदय थुलुङ, केवलचन्द्र लामा,सुधीर छेत्री, शरण मुस्कान, शरण खालिङ, आशिश राई, टीका भाइ, उमेश उपमा, किरण नाम्साङ, बासुदेव पुलामी, सुरज धडकन, विनोद प्रधान, कर्ण विरह, लेखनाथ छेेत्री, महेश दाहाल, अनि राजा पुनियानी। उनीहरू मध्ये केवल सोह्र जना कविहरू उपस्थित रहेका थिए। निमा शेर्पाले जिल्लामा कविहरू हजारौं रहेको तर राम्रा कविहरू थोरै रहेको बताउँदै कवितालाई बचाउँदै कविहरूलाई बचाउँने पहल भइरहेको बताए। तिनले अहिले युवा कविहरू गम्भीर साहित्य र पपुलर साहित्यबीच रहेर समयको माग अनुसारको लेखनमा जुटिरहेको बताउँदै यही लेखनमा लागेकाहरूले कवितालाई पाठक र श्रोतामा पुर्याएर कविता भनेको सजिलो कुरा हो भन्ने मिथक तोड्ने काम गर्नको निम्ति नै जुट्ने कार्य भइरहेको बताए। मनोज वोगटीले पाठक र श्रोतालाई समात्नेगरी, नयॉं शिल्पकौशल, क्राफ्ट र प्रस्तुतिकरणका कविताले मार्केट तयार पार्ने अनि साहित्य भन्नसाथ मुन्टो बटार्नेहरूलाई साहित्यमा फर्काएर ल्याउने अबका समकालीन कविहरूको दायित्व रहेको भन्दै यसै कार्यलाई अघि बढाउन युवा कविहरू सङ्गठित भएको बताएका छन्। कविहरूले क्षोतालाई बरुकबुरुक उफारेका थिए भने यी कविताहरूको संग्रह प्रकाशित गरिने पनि जनाइएको छ। दोस्रो कार्यक्रम उदय थुरुङको संयोजनमा मङ्पूमा हुने पनि बताइएको छ।दार्जीलिङका वरिष्ट कवि केवल चन्द्र लामाले 19 वर्षपचि आँखेझरी नामक कविता संग्रह लोकापर्पण गरेका छन्। तिनी युवा पुस्ताका खुवै चल्ती कवि हुन्। तिनको कविता पढेर दार्जीलिङमा धेरै कवि भएका छन। तिन कविसितै चित्रकार पनि हुन्। खण्डअखण्ड क केवलयपछि तीनले प्रकाशित गरेको यो तेस्रो कृति रहेको छ। वरिष्ट कवि मोहन ठकुरीले दार्जीलिङमा तिनको पुस्तक लोकार्पण गरिदिए। कवि केवलले लामो अवधीपछि संग्रह निकाले पनि कविताहरू समय सान्दर्भिक नै रहेको विश्वास प्रकट गरेका छन्। यस अवसरमा तिनका कविताका पाठकहरू अनि उनका समयका कविहरूदेखि आजका र पुराना कविहरूको पनि उपस्थिति देखिएको थियो। केवल चन्द्र लामाको चौथो कविता संग्रह पनि प्रेसमा रहेको छ, जसको लोकार्पण कार्यक्रम कालेबुङमा हुने मनोज वोगटीले जानकारी दिएका छन्।
13 Aug 2012
Home »
News
» भारतीय नेपाली वरिष्ट कवि मनप्रसाद सुब्बाले राहतको सास लिँदै अब नेपाली कविता बॉंच्न सक्ने घोषणा गरेका छन्।
भारतीय नेपाली वरिष्ट कवि मनप्रसाद सुब्बाले राहतको सास लिँदै अब नेपाली कविता बॉंच्न सक्ने घोषणा गरेका छन्।
Related Posts:
Gorkha Janmukti Morcha leaders meet Sharad Pawar, renew their demand for Gorkhaland 3 August: Gorkha Janukti Morcha (GJM) leaders met Union Agriculture Minister Sharad Pawar on Saturday and renewed their demand for the creation of a separate state of Gorkhaland. "We had come to meet Sharad Pawar w… Read More
Darjeeling: Gorkha activist Mangal Singh Rajput dies of burns Siliguri, Aug 3 (IBNS) Forty-five-year old Gorkha activist Mangal Singh Rajput, who set himself on fire on Tuesday at Dambar Chawk in Kalingpong on the second day of the indefinite Darjeeling shut down, died of burn injuri… Read More
Roy sermon to leaders Siliguri, Aug. 2: Trinamul Congress general secretary Mukul Roy today asked his party colleagues in the hills to “politically fight back” the Gorkhaland movement revived by Gorkha Janmukti Morcha since last week. Roy… Read More
राजपूतको निधनले पार्टीशिविरलगायत नागरिक समाजमा पनि शोक Pradip Lohagun कालेबुङ 3 अगस्त। गोर्खाल्याण्ड राज्यको माग गर्दै आत्मदाह गर्ने मोर्चा कार्यकर्ता मङ्गलसिंह राजपूतको निधनले पार्टीशिविरमा मात्र नभएर यहाँको नागरिक समाजमा पनि शोक देखा परेको छ। सिलगढीको एउटा निजी अस्पतालमा… Read More
Govt Lepcha board team in hills PRANESH SARKAR Calcutta, Aug. 2: The state government yesterday sent a team of senior officials to the hills to set up a Lepcha development board, days after Bimal Gurung resigned as GTA chief executive. Gurung was a… Read More
0 comments:
Post a Comment