Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

27 Aug 2012

सभासदलाई नागरीक अभिनन्दन

विजय महोत्सव पालन गर्दै आज 34 नम्बर स्मष्टिका मोर्चा समर्थहरुले सभासद निमा तामङ अनि क्षेत्रका युवामोर्चा नेता विदुर राईलाई नागरीक अभिनन्दन जनाइयो। सभासद निमा तामाङ अनि युवामोर्चा नेता विदुर राई दुवैलाई नागरीक अभिनन्दन जनाउन आज 34 नम्बर स्मष्टि अंतगर्त पर्ने भालूखोपमा मोर्चा सर्थकहरुले एउटा भव्य कार्यक्रमको आयोजना गरेको थियो । उक्त आभिनन्दन कार्यक्रम गणेश शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । छोटा भालूखोपको खेल मैद्धानमा सम्पन्न भएको यस कार्यक्रममा सभासद निमा तामाङग प्रमुख अतिथि रहेका थिए । क्षेत्रका युवा मोर्चा नेता विदुर राई कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित थिए। अन्य अतिथिहरुमा महकुमा समितिका मोर्चा प्रतिनिधिहरु विनय तामाङ, प्रेम छेत्री . अमरदोज मंगर , लगायत नारीमोर्चा प्रतिनिधिहरु उअप्स्थित थिए । कार्यक्रममा सभासद निमा तामाङ अनि युवा मोर्चा नेता बिदुर राईलाई अभिनन्दन पत्र साथै खाष्टो ओडाएर सम्मान जनाएको थियो । यसै अवसरमा क्षेत्रका पाठशालाहरु चम्पामाया प्रथमिक पाठशाला , बसंतमाया प्रथमिक पाठशाला ,छ्क्कीमाया पाठशाला , पार्वती पाठशाला अनि इमानुएल अकादेमीले पनि सभासद निमा तामाङलाई प्रसस्ती पत्र पदान गरि अभिनन्दन जनाइएको थियो। प्रथम जीटीए चुनाउमा 34 नम्बर स्मष्टि बाट निर्विरोध विजय बनेका सभासद तामाङलाई आज उक्त क्षेत्रका मोर्चा समर्थकहरुले खदा अर्पण गरि हार्दिक शुभकामना व्यक्त गरे। कार्यक्रममा चम्पा प्रधानले स्वागत भाषण राखेका थिए। कार्यक्रममा उपस्थित मोर्चा समर्थकहरुलाई प्रमुख अतिथि निमा तामाङ , विशिष्ट अतिथि बिदुर राई लगायत उपस्थित मोर्चा प्रतिनिधिहरुले सम्बोधन गरेका थिए। कार्याक्रममा क्षेत्रका विध्यर्थीहरु साथै सांस्कृतीक संघ- संस्थाहरुले लोक गित अनि नृत्य पनि प्रस्तुत गरेका थिए ।

Related Posts:

  • Trinamul to forgo SMC perksSiliguri, Feb. 18: Deputy mayor Ranjan Silsharma and four Trinamul MMICs of Siliguri Municipal Corporation have decided not to use official cars and give up their monthly allowances to protest the “defamatory” remarks by Darj… Read More
  • Morcha signals March offensive Bandhs back, CM blamedKalimpong, Feb. 17: The Gorkha Janmukti Morcha has announced a series of shutdowns in the Darjeeling hills from next month to demand Gorkhaland, blaming Mamata Banerjee for forcing its hand and virtually taking away a peace t… Read More
  • Sunny day forecastSiliguri, Feb. 17: A bout of cold and drizzly weather in north Bengal since yesterday because of a western disturbance crossing over sub-Himalayan Bengal and Sikkim has brought down the maximum temperature in several places b… Read More
  • जीटीएको आयु सकिएको छैन-बिमल गुरुङडी के वाइबा, कालेबुङ 17 फरवरी। छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति गोजमुमो पार्टीले आज यहाँको मेला ग्राउण्डमा आयोजित जनसभाबाट भावी कार्यक्रमको घोषणा गरेको छ। पार्टी अध्यक्ष बिमल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्ति… Read More
  • 5 in hospital, Madan wife sees ruseDarjeeling, Feb. 17: Bharati Tamang, the wife of slain ABGL leader Madan Tamang, today said she would request the chief minister for an investigation into why five Morcha leaders accused in her husband’s murder were moved to … Read More

0 comments: