10 Sept 2012
दूर्घटनामा मर्नेहरुको संख्या दुइ
10 सेप्टेम्बर (कालेबुङ) :- आइतबार अपरान्ह तारखोलानजिक भएको एउटा वाहन दूर्घटनामा मर्नेहरुको संख्या दुइ पुगेको छ। यस दूर्घटनामा गम्भीर रुपले घाइते भएकी 4 बर्षीय बालिका लिजुम लेप्चाको उपचाराधीन अवस्थामा आज मुत्यु भएपछि मर्नेहरुको संख्यामा बृद्धि भएको हो।मृतक बालिका दक्षिण सिक्किमको पाम्फोकको निवासी रहेको थाहा लागेको छ। उनी आफ्नो फुपू र बोजुसँग हिजो वाहनमा सवार भएर रम्फूबाट साङ्सेतिर आफन्तकोमा आइरहेकी थिएन। सिलगढी रेफर गरिएका तीनजना घाइतेहरुमध्ये चार बर्षे बालिका लिजुम लेप्चाले आज प्राण त्याग गरिन भने रहल दुइजनाको अवस्था पनि चिन्ताजनक रहेको जानकारी प्राप्त भएको छ। घटनाबारे प्राप्त जानकारी अनुसार रम्फूबाट यात्रीहरु लिएर मंसोङ कमानको साङ्सेतिर आइरहेको ड्ब्ल्युबी 2380 नम्बर भएको एउटा कमाण्डर वाहन तारखोलानजिक दूर्घटनाग्रस्त भएको थियो। यो दूर्घटना आइतबार अपरान्ह साढेचारदेखि पाँचबजीभित्र भएको थियो। वाहन सड्कबाट 50 फिट तल खस्दा वाहनमा सवार सबै यात्रीहरुलाई शरीरको विभिन्न भागमा चोट लागेको थियो। घाइतेहरुलाई घटना स्थलबाट तत्कालै उद्धार गरी कालेबुङ महकुमा अस्पतालमा ल्याइएको थियो। अत्याधिक चोटको कारण अस्पताल ल्याउने क्रममा नै 48 बर्षीय सुमित्रा राईको निधन भएको थियो भने कालेबुङ महकुमा अस्पतालमा प्राथमिक उपचारपछि चिन्ताजनक अवस्थाका घाइतेहरु लिजुम लेप्चा(4) अनि निर्मला तामाङ(25) लाई तत्कालै सिलगढी रेफर गरिएको थियो जहाँ उपचाराधीन अबस्थामा आज 4 बर्षीय लिजुम लेप्चाको पनि मृत्यु भएको छ। बाक़ी 13 जना घाइतेहरुको कालेबुङ महकुमा अस्पतालमा उपचार चलिरहेको छ। ती मध्ये केही घाइतेहरुको स्वस्थ्यमा निकै सुधार आएको अस्पताल पक्षको भनाई छ। यस दूर्घटनाबारे जानकारी पाएपछि जीटीएका उपप्रमुख रमेश आले अनि रम्फू-मंसोङ समष्टिका सभासद गोपाल रुचाल आइतबार अबेर राती महकुमा अस्पताल पुगेर घाइतेहरुको अवस्था र उपचारसम्बन्धी निरीक्षण पनि गरेका थिए।
Related Posts:
Sudipta faces jeersSiliguri, July 5: More than 200 depositors and agents of Saradha Group demonstrated on the premises of the additional chief judicial magistrate’s court here today when Sudipta Sen and Debjani Mukherjee were brought in connect… Read More
Hill Trinamul to campaign in DooarsDarjeeling, July 5: The Trinamul Congress has decided to take its leaders from the hills to the Dooars to canvass for the party’s candidates for the panchayat elections in a move to counter Bimal Gurung’s sustained campaign. … Read More
गोर्खाल्याण्डको मुद्दा बोकेर प्रो महेन्द्र पी लामा अब चुनावी मैदानमाडी के वाइबा, कालेबुङ 6 जुलाई। “मैले बाहिर बसेर धेरै कार्य गरे। देशका धेरै ठूला नेताहरु देखि लिएर मन्त्रीहरु साथै आन्तरिक सुरक्षा समितिका सदस्य समेत बनेर कार्य गरे। अब आफ्नो जाति र समाजको निम्ति काम गर्ने बिचार जागेको छ। छुट्ट… Read More
Kalimpong to lose train quota Kalimpong, July 5: The Northeast Frontier Railways has started withdrawing the manual train ticket quota allotted to Kalimpong citing computerised passenger reservation system at Durpin near here from where tickets for trains… Read More
Flight skids off taxiway - Air India plane stuck at bagdogra for 7 hrs Siliguri, July 5: An Air India flight with 110 passengers from New Delhi swerved off the taxiway after it landed at Bagdogra airport this afternoon. The two wheels at the right rear end of the AI 879 flight went off the taxi… Read More
0 comments:
Post a Comment