Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

14 Sept 2012

आजको पैह्रो दार्जीलिङ अनि कालेबुङमा

13(कालेबुङ)ः- गत राती परेको अबिरल बर्षाले दार्जीलिङ पहाडका धेरैवटा क्षेत्रहरु पैह्रोको चपेटमा परेको छ। पैह्रोको चपेटमा परेर केही मानिसहरु घाइते पनि भएका छन जसलाई दार्जीलिङको विभिन्न अस्पतालहरुमा भर्ना गरिएको छ। यता, राजमार्ग 31एको कालीझोडा अनि तारखोलामा पैह्रो सोहोरिएर राजमार्ग अवरुद्ध हुँदा आज बिहान 11 बजीसम्म यातायात ठप्प रहेको थियो तर बीआरओको तत्परतामा राजमार्गमा यातायात सुचारु गरिए पनि जामको कारण यातीहरुहरु समस्याको सम्मुखिन भएका छन।पहाडका विभिन्न क्षेत्रमा पैह्रोको कारण सयौंको संख्यामा मानिसहरु प्रभावित भएका छन भने सडकहरु अवरुद्ध भएको कारण जनजीवन पनि अस्तव्यस्त भएको छ। दार्जीलिङको डाली,ब्लुमफिल्ड, रिशीहाट, चौरस्तालगायत केही चियाकमानहरुमा पैह्रोले आवासीय घरहरुलाई व्यापक क्षति पुर्यााएको छ भने यता कालेबुङको भालुखोप, 7 माइल छिबो पोस्योर बस्ती, 15 माइल आदि क्षेत्रहरुमा पैह्रोले व्यापक क्षति गरेको छ। कालेबुङ क्षेत्रमा लगभग एक दर्जन परिवार पैह्रोको कारण प्रभावित भएका छन। पैह्रो झरेर सडकहरु अवरुद्ध भएको कारण यातायात सेवा पनि प्रभावित भएको छ। कालेबुङ शहरदेखि आठ किमी टाडा 15 माइलमा पैह्रोले एउटै गाउँको आठवटा घरहरुलाई आंशिक नोक्सान पुर्यााएको छ तर सम्भावित खतरालाई केन्द्र गरी स्थानीय प्रशासनले प्रभावित परिवारहरुलाई सुरक्षित स्थानतिर स्थानान्तरण गरेको छ। पैह्रोले नोक्सान पुर्यारएको घटनापछि स्थानीय प्रशासनका अधिकारी र सम्बन्धित क्षेत्रका जीटीए सभासदहरुले पैह्रोग्रस्त क्षेत्रहरुको भ्रमण गरी क्षयक्षतिबारे जानकारी लिईरहेका छन भने प्रभावित परिवारहरुलाई सुरक्षित स्थानहरुतिर पुनर्वास गराउने कार्य गरिरहेका छन। कालेबुङको 37 नम्बरसमष्टीकी सभासद कल्पना तामाङले पैह्रोग्रस्त क्षेत्रहरुको परिभ्रमण गरेपछि व्यापक नोक्सान भएका जानकारी प्राप्त भएको बताएकी छन।

Related Posts:

  • Cop son killed in Gangtok brawlGangtok, May 19: A Bihar police officer’s son, studying engineering in Sikkim, died last night after he was allegedly beaten up outside a Gangtok pub, a follow-up to a brawl inside it. Police have arrested five Gangtok youth… Read More
  • फोहोर व्यवस्थापनको अभावमा शहर दुर्गन्धितप्रज्ज्वल छेत्री कालेबुङ, १९ मई| कालेबुङ शरहबाट दैनिक रुपमा निस्किने फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा अहिले शहरी क्षेत्रनै प्रदूषित बन्दै गएको छ| यसको मुख्य असर आम मानिसमा पर्न थालेको छ| करीब एक सातादेखि शहर क्षेत्रमा यत्रत… Read More
  • Decision on others, Morcha out: Tirkey Siliguri, May 19: Akhil Bharatiya Adivasi Vikas Parishad leader Birsa Tirkey today ruled out any understanding with the Gorkha Janmukti Morcha for the panchayat polls, but said local leaders in the Dooars would decide on a ti… Read More
  • Hill police claim ISI arrests in KurseongKurseong, May 19: Darjeeling police today arrested two suspected ISI agents along with two of their links from Kurseong. Police have also detained three other people, one of them an upper division clerk in the army’s 33 Corp… Read More
  • ग्राम पञ्चायत चुनाउः पहाडमा कहिले?प्रज्ज्वल छेत्री कालेबुङ, 18 मई। गोरामुमोले जस्तो दुइस्तरीय ग्राम पञ्चायत चुनाउ गोर्खा जनमुक्ति मोर्चाले गराउन चहॉंदैन। मोर्चा त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ गराउने पक्षमा छ, जो जीटीए सम्झौतामा पनि उल्लेख छ। गोर्खा जनमुक्ति म… Read More

0 comments: