18 Feb 2013
जीटीएको आयु सकिएको छैन-बिमल गुरुङ
डी के वाइबा, कालेबुङ 17 फरवरी। छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति गोजमुमो पार्टीले आज यहाँको मेला ग्राउण्डमा आयोजित जनसभाबाट भावी कार्यक्रमको घोषणा गरेको छ। पार्टी अध्यक्ष बिमल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति तेस्रो चरणको आन्दोलनको घोषणा आज मेला ग्राउण्डबाट गरिने अगावै बताएको कारण जनसभामा 15 हजार भन्दा अधिक मोर्चा समर्थकहरुको सहभागिता रहेको थियो। “बङगाल हाम्रो चिहान हो, चिहानमा गोर्खा बस्दैन” भनि बिमल गुरुङले जनसभालाई सम्बोधन गर्दै गोर्खाल्याण्ड गठनको हूँकार कसे। यस अवसरमा तिनले गोर्खाल्याण्ड गठनको निम्ति गोजमुमो पार्टीले आन्दोलनलाई अघि बडाउँने घोषणा गर्दै आगमी 19 फरवारी देखि 8 मार्च सम्म पार्टीको भातृसंगठनहरुले बिभिन्न स्थानहरुमा राँके जुलुस निकाल्ने घोषणा गरे। यसरी नै 24 फरवरीको दिन छुट्टै राज्य गोर्खाल्याण्डको समर्थनमा भारतका बिभिन्न राज्यहरुका मुख्यमन्त्री, मत्रीगण लगायत सांसदहरुलाई भेटघाट गरेर गोर्खाल्याण्डको समर्थन जुटाउँने पहल गर्ने गुरुङले घोषणा गरे। तिनले घोषणा गर्ने क्रममा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँदै आगमी 3 मार्च खरसाङ, 10 मार्च मिरिक, 17 मार्च कालेबुङ अनि 24 मार्चको दिन दार्जीलिङमा नारी मोर्चाको जनसभा हुने घोषणा गर्दै 31 मार्चको दिन सुकुनामा बिराट जनसभा आयोजना गरेर उक्त जनसभाबाट भावी कार्यक्रमको घोषणा गर्ने गुरुङले जनसभाबाट भने। तिनले गोर्खाल्याण्डको माग गर्दै आगमी 9 मार्च देखि 27 मार्च सम्म जीटीए क्षेत्रका सम्पूर्ण सरकारी कार्यलयहरु बन्द रहने यसको साथै 14 अनि 15 मार्च साथै 21 अनि 22 मार्चको दिन सम्पूर्ण गोर्खाल्याण्ड क्षेत्रमा बन्द पालन गरिने गुरुङले घोषणा गरे। उक्त सम्पूर्ण कार्यक्रमहरुको समापन पछि सुकुनामा 31 मार्चको दिन बिराट जनसभाको आयोजना गरेर छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै भावी कार्यक्रमको घोषणा उक्त जनसभाबाट गरिने तिनले अझ बताए।
जीटीएको आयु सकिएको छैन
छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको बाटोमा जीटीए प्रमुखरुपले बाधा हो भनेर पहाडमा सबै राजनैतिक पार्टीहरुले भन्ने गरिरहेको छ। यस्तो समयमा आज गोजमुमो पार्टीले तेस्रो चरणको गोर्खाल्याण्ड गठनको निम्ति आन्दोलनको घोषणा गर्ने भएको कारण छुट्टै राज्य प्राप्तिको निम्ति जीटीएलाई मोर्चाले औपचारिक रुपमा खारेज गरेर अघि बडने हो होईन भन्ने जिज्ञासा आम जनतामा बडीरहेको थियो। जीटीए खारेज हुने नहुने भने आम मानिसहरुमाझ रहेको जिज्ञासालाई समाप्त गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले जीटीए खारेज अहिलेनै नगर्ने बताए। “जीटीएको आयु समाप्त भएको छैन। यसलाई अहिले हामीले ग्लुकोज पानी दिएर राखेका छौ। जुन दिन ग्लुकोज पानी सकिनेछ त्यसै दिन जीटीएको मृत्यु हुनेछ” बिमल गुरुर्ङले भने।
बङगाल सरकारले षडयन्त्र रचिरहेको छ
छुट्टै राज्य गोर्खाल्याण्ड गठनको आन्दोलनलाई दबाऊन बङगाल सरकारले बिभिन्न प्रकरले षडयंत्र रचिरहेको गोजमुमो अध्यक्ष बिमल गुरुङले आरोप लगाएका छन। अहिले पहाडमा लेप्चा अनि गोर्खा माझ बिभाजन गर्न खोजेर सरकारले कुटैतिक चाल चलिरहेको आरोप लगाउँदै आज भएको जनसभालाई बिफल बनाउँन पनि बङगाल सरकारले ठूलो षडयन्त्र रचेको गुरुङले आरोप लगाए। “आज यस जनसभामा लाखौ मानिसहरु आएका भए पनि उनीहरुलाई जनसभा स्थलमा आईपुग्न नदिन सरकारले पुलिस प्रशासनलाई लगाएर चाल चल्यो। यहाँको ट्राफिक व्यवस्था ठिअ नबनाएको कारण कालेबुङ देखि टिस्टा माथी पेशोकसम्म वाहनहरु जाममा फसेको छ। यो पुलिसलाई लगाएर सरकारले ट्राफिक व्यवस्था ठिक नबनाएर जनसभालाई बिफल पार्न खोजेको हो” – बिमल गुरुङले भने। सरकारले पहाडमा ‘डिभाईड एण्ड रुल’को नीति अप्नाएर कार्य गरिरहेको आरोप लगाउँदै दुईचार जना मौकावादी नेताहरुले राज्यसरकारसंग मिलेर खाल्डोमा हाल्ने प्रयास गरिरहेको पनि तिनले दाबी गरे। पहिले अस्सिको दशकमा चलेको आन्दोलनमा सरकारले जुन तरिकाले गोर्खाहरुलाई बिभाजन गरेको थियो ठिक त्यही प्रकारले अहिले यहाँ लेप्चा अनि गोर्खाहरुमा फाटो लाएर एकार्कमा लडाउँने प्रयास गरिरहेको गुरुङले आरोप लगाए।
बिमल गुरुङको मृत्य भए युवा मोर्चाले फत्ते पार्नु
छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको आन्दोलन यसपल्ट निर्णायक हुने बिमल गुरुङले घोषणा गरेका छन। यस निर्णायक आन्दोलन बिगतका दिनहरुमा झै गाँन्धीवादी हुन नसक्ने बताउँदै राज्य सरकारले आन्दोलनलाई दबाउँन हतियारको प्रयोग गर्दै आन्दोलनकारीहरुलाई गोली बर्साउन सक्ने सम्भावना व्यक्त गरे। “यो निर्णायक आन्दोलनमा हामी ज्यान प्राण दिएर अघि बडेका हुनेछौ। यसपल्ट ममता ब्यानर्जीले हतियार प्रयोग गरेर आन्दोलनकारीहरु मार्न समेत सक्नेछ। गोर्खाल्याण्ड गठनको आन्दोलनमा गोली खान परे पनि पछि हट्नेछैनौ। यदि आन्दोलनमा बिमल गुरुङ मर्न परे पनि मर्नेछ अनि बिमल गुरुङ आन्दोलनमा मरे यस आन्दोलनलाई युवा मोर्चाले अघि लगेर फत्ते पार्नुपर्नेछ” तिनले भावुक बन्दै भने। यसपल्ट हुने आन्दोलनमा जनता भन्दा धेर नेताहरु सडकमा उत्रिने घोषणा गर्दै गोली खान, जेल जान जनतालाई पछि राखेर अग्रिम पंक्तिमा नेताहरु हने तिनले अझ बताएका छन।
ममता ब्यानर्जीको ममता छैन
जीटीए गठन भएपछि सुरुका दिनहरुमा बङगालका मुख्यमन्त्री ममता ब्यानर्जीको गुनगान गाउँने गोजमुमो पार्टीले अहिले तिनै मुख्यमन्त्रीको जोडदार बिरोध गरिरहेको छ। दार्जीलिङको चौरास्तामा “दार्जीलिङ बङगालको अभिन्न अंग हो” भनेर मुख्यमन्त्री ब्यानर्जीले दाबी गरेपछि अहिले मोर्चा अनि ममता माझ दुरत्व बडेर सम्बन्ध बिग्रन पुगेको छ। दिनदिनै सम्बन्ध बिग्रेरहेको ममता ब्यानर्जीसंग आज गोजमुमो अध्यक्ष बिमल गुरुर्ङले यहाँको मेला ग्राउण्डबाट “ममता ब्यानर्जीको नाउँमात्र ममता हो तर ममता भने छैन” भने। तिनले दार्जीलिङको चौरास्तामा “आईएम रफ एण्ड टफ लेडी” भनेर गोर्खाहरुलाई अपमान गरेको बताउँदै गोर्खाल्याण्ड गठनको निम्ति पहाडका नारीहरु ममता ब्यानर्जी भन्दा पनि रफ एण्ड टफ हुने गुरुङले स्पष्ट बताए। मुख्यमन्त्री ममता ब्यानर्जीले “माँ माटी मानुष” भने झै यहाँ गोर्खाल्याण्डको मुद्दा “माँ माटी मानुष” संग जोडिएको कारण यसको निम्ति गोर्खाहरु आफैलाई समर्पित गरेर शहिद हुन समेत तयारी रहेको गुरुङले बताए।
यहाँको मेला ग्राउण्डमा सम्पना उक्त जनसभामा गोजमुमो महासचिव रोशन गिरी, कालेबुङका बिधायक डा हर्कबहादुर छेत्री, पी अर्जुन, अखिल भारतीय लेप्चा संगठनका अध्यक्ष हेमन्त लेप्चा, बिनोद शर्मा, सञ्जय थुलुङ आदिले सम्बोधन गरे। सबै वक्ताहरुले आजको जनसभामा छुट्टै राज्य गोर्खाल्यण्डै मुद्दामा जोड दिदै सरकारले गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षाको निम्ति गोर्खाल्याण्ड यथाशिघ्र गठन गर्नुपर्ने माग गरे। यसै सिलसिलामा वक्ताहरुले आजको जनसभामा छुट्टै राज्य गोर्खाल्याण्डको वकालते संगै लेप्चा बिकाश परिषदको बिषयमा पनि कुरा गरे। सबैले लेप्चा बिकाश परिषदको गोजमुमो पार्टीले कहिल्यै बिरोध नग्रेको दाबी गर्दै राज्य सरकारले त्रिपक्षिय सम्झौताको उल्लंघन गरेकोमा बिरोध गरेको स्पष्टिकरण आज पनि दिए। यस अवसरमा सबैले लेप्चा युवा संगठनका सल्लाहकार युसुफ सिमिक माथि बर्सिन्दै तिनले गोर्खाहरु नेपालबाट आएको बयान दिएर पहाडमा सद्भावना बिगार्ने प्रयास गरिरहको आरोप लगाए। सिमिकले आफ्नो पक्षबाट स्पष्टिकरण दिदै उक्त बयान आफुले नभनेको बताए पनि यस सम्बन्धमा यदि तिनले उक्त बयान आफ्नो होईन भन्छ भने समाचार पत्र बिरुद्ध मुद्दा दर्ता गरेर आफु साँचो रहेको प्रमाणित गर्नुपर्ने मोर्चा नेताहरुले चुनौति दिए।(Dainandini News दैनन्दिनी समाचार)
Related Posts:
GJM’s Chettri meets Mamata over release of arrested leaders, sabhsads PRADIP LOHAGUN KALIMPONG 7 Nov 2013 With relations between the state government and the Gorkha Janmukti Morcha sweetening up once more, the latter has begun asking for a number of pending demands to be fu… Read More
GTA adopts resolution to amend GTA Act Darjeeling 7 Nov 2013 Executive members of the Gorkhaland Territorial Administration today held a meeting and adopted a resolution for 29 amendments to the existing GTA Act. Existing flaws will be pointed out a… Read More
GNLF flags colour Lower Bong Busty green KALIMPONG 7 Nov 2013 Chanting slogans in support of party supremo Subash Ghising, GNLF supporters today hoisted the green flag in several villages under Lower Bong-Dungra Gram Panchayat. After a long hibernatio… Read More
BGP rejects People’s Forum candidate proposal KALIMPONG 2 Nov 2013 The Bharatiya Gorkha Parisangh has rejected a proposal by the People’s Forum of nominating five candidates for the forthcoming general elections. Terming the proposal “meaningless”, BGP nat… Read More
Chamling off to Delhi with demands for Sikkim BAGDOGRA 2 Nov 2013 The statehood agitation in Darjeeling since 1986 has caused Sikkim a massive loss of around Rs5,000 crore and we wonder who will compensate the amount, asks chief minister Pawan Kumar Chamli… Read More
0 comments:
Post a Comment