11 Apr 2013
भूली गए सम्झनालाई-कालेबुङको कुसुमे रूमाल
(अनिल तेलैजा) प्रसिद्ध नेपाली चलचित्र निर्माता-निर्देशक तुलसी घिमिरेले अस्सीको दशकमा निर्माण गरेको चलचित्र कुसुमे रूमालको अधिकांश छायाङ्कन कालेबुङमा नै भएको थियो। उनले आफ्नो चलचित्रको छायाङ्कन किन कालेङबुङमा नै गरे अनि यसको नाम पनि किन कुसुमे रूमाल नै किन राखे? यो प्रश्नको सही उत्तर निर्माता निर्देशक घिमिरेले नै राम्ररी दिन सक्छन् तर अस्सीकै दशकतिर कालेबुङका हस्तशिल्पीहरूले ससाना रूमालहरू बनाएर देश विदेश पठाउने गर्थे, जसलाई कुसुमे रूमाल पनि भन्ने गरिन्थो। स्थानीय स्तरमा मात्रै होइन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नै ख्याति कमाएको कालेबुङको कुसुमे रूमालको त्यो समय आफ्नै विशेषता र गरिमा थियो। कालेबुङ आर्ट एण्ड क्राफ्टका एक पूर्व कर्मचारी अनुसार शुरूका दिनमा आर्ट एण्ड क्राफ्टमा मात्र करिब 500कर्मचारीहरू थिए। दैनिक 500 देखि 1000 रूमाल बनिने गर्थो भने उक्त रूमाललाई देश विदेशमा पठाउन् देशभरि 27 भन्दा धेर एजेन्सीहरू रहेको उनी बताउँछन्। कालेबुङ डाक विभागको 60 देखि 70 प्रतिशत काम आर्ट एण्ड क्राफ्टद्वरा पठाइने पार्सल अनि चिठीमा नै निर्भर थियो,जसमा अधिकांश पार्सलहरू कालेबुङमा बनिने कुसुमे रूमाल कै हुने गरेको पनि उक्त कर्मचारीको भनाइ छ। रूमाल बनिने लुगा सतप्रतिशत सुतीको हुने गर्थ्यो भने यसमा बुट्टा भरिने रंग त्यसताक इंग्ल्याण्डबाट मगाइन्थ्यो।
सन् 1897 मा क्याथ्रिन ग्राम्सद्वारा स्थापित आर्ट एण्ड क्राफ्टले 2003 सम्म रूमालको उत्पादन गरिरह्यो तर 2003देखि आर्ट एण्ड क्राफ्ट नै बन्द भएपछि त्यहॉं कार्यरत 27 कारीगर र कर्मचारीहरू मात्र बेखर्ची भएनन् संग संगै कालेबुङको ऐतिहासिक महत्व जोडिएको कुसुमे रूमालको भविष्यमा पनि संकट देखियो। हाल एक दुइ कारीगरहरूले मात्र यो रूमाल बनाउने कामलाई जारी राखेका छन्। यसको व्यवसायिक उत्पादनमा पूर्णतय विराम लागिसकेको छ। 2003 सम्म यो हस्तशिल्प केन्द्रको सञ्चालनको भार वहन गरेको माकपा नेता तारा सुन्दास अनुसार2003 सम्म पनि रूमाल उत्पादन जारी थियो। उनले यो केन्द्रको सञ्चालनको अभिभारा1995 देखि लिएका थिए। उत्पादन लागत धेरै भएपछि कारीगरहरूले रूमालसंगै अन्य हस्तशिल्पको उत्पादनमा पनि रूची देखाउन छाडे जसले गर्दा शिल्पकेन्द्र बन्द हुनु परेको सुन्दास बताउँछन्। केन्द्रका पूर्व कर्मचारीहरू भने सरकारी सहुलियतको अभावमा केन्द्र सञ्चालनमा समस्या आएको बताउँछन्। हाल आर्ट एण्ड क्राफ्टको भवन जीर्ण भएर ढल्ने अवस्थामा पुगेको छ भने यसको बिक्री केन्द्र हाल एक राजनैतिक दलको कार्यालयमा परिणत भएको छ। केन्द्र बन्द हुन अधिसम्म यहॉं कार्यरत 27 कर्मचारीहरूमा धेरैको निधन भइसकेका छन् भने बॉंचेकाहरू अहिले पनि केन्द्र खुल्ने आशामा बसिरहेका छन्। एक कर्मचारी आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा बतॉंउछन्-यो केन्द्रको अधिकारक्षेत्रभित्र 8 ऐकर जति जमीन थियो जो हाल अतिक्रमण भएर केन्द्रको भवन मात्र रहेको छ। कर्मचारीहरूलाई कुनै सहुलियत अझसम्म कसैले दिएका छैनन्। रूमालमा बुट्टा भर्ने एक कारीगर अनुसार रूमालमा स्थानिय कला र संस्कृति झल्कने चित्रहरू कोरिने गरिन्थ्यो। विदेशी पर्यटकहरूले मात्र नभएर स्थानीयहरूले पनि कुसुमे रूमाल उपहार दिन किन्ने गरेको उनको भनाइ छ। 15 देखि 20 रूपियॉंमूल्य पर्ने यो रूमाल स्वस्थ सचेत व्यक्तिहरूले धेर रूचाएर किन्ने गरेको पनि उनी बताउँछन्। किनकि उच्च गुणवत्ता भएको रंग अनि सतप्रतिशत सुती प्रयोग भएको रूमालले छालामा कुनै नकारात्मक असर नपर्ने उनी बताउँछन्। यसबाहेक पनि नेपाली़/गोर्खा समुदायको सांस्कृतिक पक्षसित नजिक रहेको कुसुमे रूमालले देश विदेशसम्म कालेबुङको नाम र सम्झनालाई बोकेर लाने गरेका स्थानीय मानिसहरूको भनाइ छ। सम्झनाको रूपमा रूमाल चिनो स्वरूप दिने देखि लिएर सम्मान स्वरूप नेपाली छोरी बुहारीहरूले टाउको ढाक्न रूमाल नै प्रयोग गर्ने गरेको पाइन्छ। तर सांस्कृतिक पक्ष संगै कालेबुङको घरेलु उद्योगको जग हाल्ने कुसुमे रूमाल हाल आएर आफ्नैहरूबीच बिरानो बनिसकेको छ। जसको कारण अरूको पसिना र आँसु पुछ्ने कुसुमे रूमाल बनाउनेहरूले आफ्नै आँसु पुछ्न् सकिरहेका छैनन्।
Related Posts:
Know your INDIAEvery nation has its native essence, its unique historical destiny as carved by this essence, and its unique trajectory towards this destiny. At any point in its history, the citizens of a nation will be existentially apart f… Read More
भूली गए सम्झनालाई-कालेबुङको कुसुमे रूमाल(अनिल तेलैजा) प्रसिद्ध नेपाली चलचित्र निर्माता-निर्देशक तुलसी घिमिरेले अस्सीको दशकमा निर्माण गरेको चलचित्र कुसुमे रूमालको अधिकांश छायाङ्कन कालेबुङमा नै भएको थियो। उनले आफ्नो चलचित्रको छायाङ्कन किन कालेङबुङमा नै गरे अनि यसको न… Read More
" हरियाणा गोर्खा जनमुक्ति मोर्चाको शाखा भंग"अरुण घतानी-गोर्खा जनमुक्ति मोर्चाले आन्दोलनको शुरुआत अतिनै राम्रो ढंगले गरेको हो जुन कुरालाई हामी नकार्न सक्दैनौ। तर आज आएर मोर्चा पनि जनताको आशा र विश्वासको बिपरीत GTA, GATA, पछौटे जिल्ला भन्दै अनेकौ मुद्दाहरुबीच अड्किएको छ।… Read More
कालेबुङको लोकल न्युज च्यानलमाथि राजनैतिक बज्रपात आज देखि कालेबुङको लोकल न्युज बन्द भएको छ। स्थानिय क्याबल संग संग्लग्न रहेर कालेबुङका जनसाधारणलाई दैनिक रुपमा समाचारयुक्त खुराक प्रदान गर्दै आइरहेको यहाँको लोकल न्युज च्यानलमाथि राजनैतिक बज्रपात भए पछि अब उसो कालेबुङमा कुनै प… Read More
अनन्य लेखनमा सञ्जय विष्टका कथा कथिने कथा र बाँचिने कथा हुन्छ भन्ने मत र यसका व्याख्यहरूसमेत पाठकहरूले पढ्न तथा बुझ्न पाइसकेको छ। ...कथिने कथा र बाँचिने कथामा अन्तर देख्छौँ हामी। यो मान्छौँ कि कथिने कथाहरू बाँचिने कथाहरूकै अनुभूतिजन्य प्रस्फुटन हो तर कथि… Read More
0 comments:
Post a Comment