6 May 2013
मोर्चाको अचानक बन्दले जनजीवन अस्तव्यस्त
प्रज्ज्वल छेत्री
कालेबुङ, 5 मई।
मिरिक सौरेनीका सभासद् अरुण सिञ्जीलाई पुलिसले बर्बरतापूर्वक कुटेको आरोप लगाउँदै घटनाको प्रतिवादमा उत्रिएको मोर्चाको आजको अकस्मात् बन्दले गर्दा पहाडको जनजीवन एकाएक अस्तव्यस्त भयो। मध्याह्न 1.30 बजीदखि आह्वान गरिएको बन्दको प्रत्यक्ष असर यता कालेबुङमा पनि देखापरेको थियो। गोर्खा जनमुक्ति मोर्चाले 1.30 बजीदेखि सम्पूर्ण पहाड बन्दको आह्वान गर्दै शहरमा पोष्टर टालेको केही समय बित्दानबित्दैै कालेबुङबाट बाहिर जाने दिवा सेवाका सवारीसाधनहरूको होडबाजी शुरु भएको थियो। आधा घण्टाभित्र कालेबुङ छोड्नुपर्ने स्थितिले गर्दा मुख्य गरेर यात्रुहरूले धेरै असुविधाको सामना गर्नपरेको थियो। आ-आफ्नै काम लिएर आएका यात्रुहरूले अचानक शहर छोड्नुपर्ने मुख्य कारण बुझ्नै सकेका थिएनन् भने घटनालाई लिएर सबै मानिसहरूमा खुल्दुली बढेको थियो। मानिसहरूले एकाअर्कामा सम्पर्क स्थापना गरेर बन्दको खबर लिइरहेका थिए। बन्दको घोषणा गरेलगत्तै कालेबुङमा धेरथोर दोकानपाठहरू आकस्मिक रूपमा बन्द गरिएको थियो भने लगभग तीन बजीभित्र कालेबुङ शहर प्रायः शुनशान बनिसकेको थियो। यद्यपि, बन्द अचानक डाकिएकोले कालेबुङ भित्रिएका सबै सवारीसाधनलाई शहर बाहिरिन बेलुकीसम्म नै सहयोग पुर्याइएको थियो। बन्दमा कालेबुङको डम्बचोकदेखि शहर परिक्रमा गर्दै प्रदर्शनकारीले पुलिस प्रशासनविरूद्ध कडा नाराबाजी गरेका थिए। बन्दको कारण अशान्तिको माह्वोल उत्पन्न हुन नदिन कालेबुङमा कडा सुरक्षा बल तैनाथ गरिएको थियो। बन्दअवधी दलका कार्यकर्ताहरूदेखि लिएर विधायक डा. हर्कबहादुर छेत्री, कालेबुङ महकुमा समितिका संयोजक नोर्देन लामा, दलका केन्द्रिय समिति सदस्य विजय सुन्दास, सभासद् डा. आरबी भुजेल, काजिम छिरिङ भोटिया, कल्पना तामाङ्ग आदि नेतृत्वहरू पनि सडकमा ओर्लिएका थिए। यसअवधी दलका महकुमा समितिका संयोजक नोर्देन लामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै घटनाको प्रतिवाद जनाएका थिए। मरिकमा सभासद् अरुण सिञ्जी अनि फुवी राईलाई पुलिसले बर्रबतापूर्वक कुटेकोमा यो अनिश्चितकालिन बन्द बोलाएको उनले जानकारी गराउँदै पुलिसको अत्याचार सहन नगर्ने जनाए। ‘सभासद्जस्तो गरिमाय पदमा रहेका व्यक्तिलाई यसरी कुटपिट गरिन्छ भने यहॉं आम मानिसहरू सुरक्षित हुन सक्दैनन्’-उनले भने। यदि दलको निर्णय अनुसार भोलिदेखि कार्यक्रमले वृहत रुप लिए सबै कार्यकर्ताहरू सडकमा आउनुपर्ने पनि उनले आह्वान गरेका छन्।
Related Posts:
RTI activities from paalitam south Sikkim under rateyapni Namthang constituency has complained an FIR against the BDO NamthangRANGPO-3RD SEPTEMBER 12RTI activities from paalitam south Sikkim under rateyapni Namthang constituency has complained an FIR against the BDO Namthang ,Panchayat ,contractors and concerned authorities alleging foul play rega… Read More
GTA project list sent to Centre - Rs 183cr for tourism, roads, educationDarjeeling, Sept. 3: The GTA has sent a list of projects to the Centre that would require an investment of Rs 183 crore, focusing on traffic management, education and tourism.The funds from the Centre, which has agreed to giv… Read More
Raid in Sikkim private varsityGangtok, Sept. 3: South Sikkim police seized documents and computers from the Eastern Institute for Integrated Learning in Management University’s office at Jorethang yesterday following a complaint alleging cheating, forgery… Read More
Short Assembly session from Sept 21Calcutta, Sept. 3: A short session of the Bengal Assembly will start from September 21, Speaker Biman Banerjee said today.He said the Presidency University Amendment Bill and the College Service Commission Bill would be table… Read More
Two die of Japanese Encephalitis - Twin infections stalk north Bengal districtsSiliguri, Sept. 3: Two persons suffering from Japanese Encephalitis died in the North Bengal Medical College and Hospital today, a hospital source said.The hospital official said 35 patients ailing from Japanese Encephalitis … Read More
0 comments:
Post a Comment