10 May 2013
प्रदीप लोहागुण
12 मार्च (कालेबुङ):- लामो समयदेखि सरकारी संरक्षण र सम्वर्द्धनबाट बञ्चित रहेको दार्जीलिङको ऐतिहासिक भिक्टोरिया फल्स पूलले आफ्नो शतबार्षिकीको अवसरमा सरकारी निकायको ध्यानाकर्षण गराएको छ। आइतबार स्थानीयहरुले पूल निर्माण गरिएको शतबार्षिकीको अवसरमा एउटा कार्यक्रमको आयोजना गरेपछि समारोहमा आमञ्त्रित अधिकृतहरुले यसको संरक्षण र सम्वर्द्धनको निम्ति पहल गरिनु पर्ने कुरामा चासो देखाएका छन। स्थानीयहरुद्वारा गठित भिक्टोरिया फल्स संरक्षण समितिले पूल निर्माणको सय बर्ष पूरा भएको अवसरमा आइतबार एउटा विशेष कार्यक्रमको आयोजना गरेका थिए। यस अवसरमा दार्जीलिङका विधायक त्रिलोक देवान अनि नगरपालिका अध्यक्ष अमर सिंह राई विशेष रुपले उपस्थित थिए। यस अवसरमा संरक्षण समितिले सरकारी निकायका यी दुइ प्रतिनिधिहरुलाई ज्ञापन दिएर पूलको रखरखाउ र संरक्षणको निम्ति सरकारी तौरमा पहल हुनु पर्ने माग गरेका छन। स्थानीयहरुले यस पूलको ऐतिहासिक महत्वलाई अक्षुण्ण राख्न यसैको छेवमा अर्को समानांतर पूलको निर्माण गरियोस भन्ने अर्जी पनि गरेका छन।आफ्नो निर्मानकालदेखि कहिले विश्राम नपाएको यस पूल भएर आइतबार बाह्र घण्टाको निम्ति वाहनहरुको आवागमन पनि बन्द राखिएको थियो।
सन 1912मा निर्माण गरिएको यस पूलले यस बर्ष शतबार्षिकी पूरा गरेको छ। दार्जीलिङ शहरदेखि दुइ किलोमिटर टाडामा अवस्थित यो भिक्टोरिया फल्स र पूल अस्सीको मध्य दशकसम्म पर्यटकहरुको लोकप्रिय स्थल थियो। तर कालांतरमा यसको सुन्दरीकरण र संरक्षणमा कुनै पक्षबाट पनि पहल नहुँदा यसको प्राकृतिक सुन्दरता र लोकप्रियता ओझेलमा परेको हो। स्थानीयहरुले यसको मरम्मती र रखरखाउको निम्ति सम्बन्धित पक्षलाई धेरै चोटी अर्जी गरे पनि कुनै पहल नभएको गुनासो छ। यस पूलले क्षेत्रका लगभग पन्ध्रवटा गाँउहरुलाई दार्जीलिङ शहरसँग जोड्ने गर्दछ। हाल यस पूलको अवस्था धेरै नै जीर्ण र शोचनीय बनेको छ। समयमा पूलको मरमत-सम्भार नभए कुनै दिन भयवह दूर्घटना हुन सक्ने स्थानीयहरुले आशंका व्यक्त गरेका छन।
Related Posts:
Cong slams Deb, CPMSiliguri, April 12: Darjeeling district Congress today blamed north Bengal development minister and Trinamul leader Gautam Deb for inciting tension in town. The Congress also criticised the CPM for creating unrest in the reg… Read More
Hill secy nod by courtApril 11: Calcutta High Court today passed an interim order directing the state government to give names of three IAS officers to the Gorkhaland Territorial Administration (GTA) and the court by April 18 so that one of them m… Read More
Non-bailable slap on Left activistsSiliguri, April 11: Siliguri police have slapped non-bailable charges on 51 Left activists who were arrested yesterday evening after alleged clashes between them and supporters of the Trinamul Congress. Three Left leaders — … Read More
Clash hearing on April 18Siliguri, April 12: The additional chief judicial magistrate’s court here today ordered that the next hearing of the 51 Left supporters, who were arrested following an alleged clash with Trinamul activists, would be on April … Read More
Monastery trio held for rapeKalimpong, April 11: Three students of a Buddhist monastery and a taxi driver have been arrested for allegedly raping a 14-year-old girl on Tuesday night. Police said all the four were aged between 20 and 24 and were arreste… Read More
0 comments:
Post a Comment