Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

11 Aug 2013

फेरि सँगसँगै...

Pradip Lohagun

कालेबुङ 11  अगस्त। गोर्खाल्याण्ड र ‘सेटअप’-को दोसाँधमा तीन बर्षअघि भङगालिएको मोर्चा र क्रामाकपाको सहयात्रा फेरि एकपल्ट शुरु भएको छ।
` हरियो वृत्तभित्र हसिया मर्तोल अङ्कित रातो झण्डाहरू बोकेर क्रामाकपाका सयौं कार्यकर्ताहरू आज कालेबुङको  मेनरोडमा आउँदा मोर्चा समर्थकहरूले पनि सुखद अनुभव गरिरहेका थिए। क्रामाकपा नेता जेबी राईले नेतृत्व गरेको र्‍याली पार्टीकार्यालयबाट शुरु भएर डम्बरचोकतिर लम्किँदा मोर्चा नेता मोतीप्रसाद शर्मा दुवै हात जोडेर अभिवादन जनाउँदै पुगिसकेका थिए। गोर्खाल्याण्डको पक्षमा गगनभेदी नारा गुञ्जयमान पार्दै क्रामाकपा कार्यकर्ताहरू मेनरोडमा प्रवेश गर्दा मोर्चा समर्थकहरूसमेत भावविभोर भइसकेका थिए। मेनरोडको फूटपाथमा बर्‍याम लागेर उभेका मोर्चा समर्थकहरूले  थप्पडी बजाएर अभिवादन गर्दा क्रामाकपा नेताहरू पनि प्रभावित नभइ सकेनन। बर्ष 2007-मा छैटौं अनुसूची खारेज गरी गोर्खाल्याण्डको निम्ति शुरु भएको यो सहयात्रा बर्ष 2010को मईमा भङ्गालिएको थियो। आन्दोलनलाई शिथिल बनाउँदै मोर्चा सेटअपको खेस्रातिर आकर्षित भएपछि  यी दुइ दलबीचको राजनैतिक समझदारीपूर्ण सम्बन्ध चिसिँदै गएको थियो। मोर्चाले जीटीए ग्रहण गरेपछि त झन एकापसमा टिकाटिप्पणी र कटुता निकै चुलिएको थियो। अहिले तेलङ्गना गठनको घोषणाले मोर्चालाई फेरि एकपल्ट आन्दोलनको पथ समात्ने वातावरण निर्माण गरेपछि क्रामाकपा पनि सडकमुखी कार्यक्रम लिएर अग्रसर भएको छ। आज रातो टोली लाएका अनुशासित क्रामाकपाकर्मीहरूको र्‍यालीले शहर परिक्रमा गरेर डम्बरचोकमा आइपुग्दा मोर्चाकर्मीहरूले उनीहरूको पथसभाको निम्ति मञ्चको व्यवस्थापन गर्दै थिए।
यहाँ अगाडीबाट हटेर क्रामाकपाका साथीहरूको निम्ति मञ्च खाली गरिदिने निवेदन टक्र्याउँछौं मोर्चाको महकुमा समितिका सदस्य उमेश राईले पार्टीकर्मीहरूसँग आग्रह गरिरहेका थिए। यतिबेला सबै दलहरू एकसाथ उभिनुपर्छ भन्ने सदिच्छा पालेर बसिरहेका राज्यप्रेमी जनतालाई मोर्चा र क्रामाकपाको झण्डा एकसाथ फरफहराइ रहेको दृश्य कम सुखद थिएन। राम्रो लागेको छ” नारी मोर्चा नेत्री बन्दना योञ्जनले भनिन, यो पार्टीको होइन, जातिको जीत हो। हामी दुवैले गोर्खाल्याण्ड चाहेका छौं। यतिबेला पार्टीगत विभेद भुलिनुपर्छ। अब अरु दलहरू पनि यो यात्रामा सहभागी हुन आउनुपर्छ रातो झण्डा बोकेर उत्साहसँग नारा लगाइरहेका क्रामाकपा कार्यकर्ता हर्कसिंह राईले पनि त्यसै भने, “खुशी लाग्यो। यो एकता र मिलापको घटनाले गोर्खाल्याण्डविरोधी शक्तिहरूलाई गतिलो सन्देश दिनेछ भन्ने लागेको छ लामो समयको अन्तरालमा राजनैतिक कार्यक्रम बोकेर कालेबुङको सडकमा देखिएका क्रामाकपा नेताहरू पनि यस दिन निकै उत्साहित र उर्जाशील देखिए। मोर्चाको सौहार्दपूर्ण व्यवहारले हौसिएका उपाध्यक्ष जेबी राईले भाषणमै भने, जनताको चहाना थियो, यतिबेला दलहरूबेच मतभेद नहोस भन्ने। हामी सबै मतभेद भुलेर आयौं। मुद्दाको सवालमा हामीले पार्टीगत भिन्नता राख्नु हुँदैन क्रामाकपाको युवा संगठनका नेता अरुण घतानीले भने, आन्दोलनकारीहरू सडकमै भेट हुन्छन। जनताको चहाना पनि यस्तै थियो। सडकमा सामुहिक एकता देखिनुपर्छ भन्ने हाम्रो पनि मान्यता थियो तिनले अहिले आन्दोलनको स्टेयरिङ मोर्चा अध्यक्ष बिमल गुरुङको हातमा रहेको बताउँदै भने, मोर्चाले ठीकसँग लिएर जान सकेन भने पनि हामी यसलाई अघि बढाउँछौं र्‍यालीमा भाग लिन आएका क्रामाकपा कार्यकर्ताहरूको निम्ति मोर्चाले खाजाभुजाको समेत प्रबन्ध गरेको थियो। खाजा त हामीले घरबाटै लिएर आएका थियौं। मोर्चाले पनि बन्दोबस्त गरिदिएछ खाजा खान जनमुक्ति पार्कतिर हान्निरहेका क्रामाकपाकर्मी देवराज थापाले भने।

0 comments: