Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

10 Aug 2013

सामुहिक नेतृत्वको अवधारणामा बिमल गुरुङ नै अग्रसर हुनुपर्छ - क्रामाकपा

कालेबुङ,10अगस्त।गोर्खाल्याण्डको निम्ति फेरि एकचोटी शुरु भएको जनान्दोलनलाई सामुहिक नेतृत्वको अवधारणामा अघि बढाउन मोर्चा अध्यक्ष बिम्नल गुरुङले नै अग्रसर हुनुपर्ने क्रामाकपाको भनाइ छ। ताजा राजनैतिक परिस्थितिमा दलहरूको सामुहिकताबारे पत्रकारहरूले सधेको प्रश्नको उत्तर दिँदै क्रामाकपाको कालेबुङ आञ्चालिक समितिका सचिव मोहन पौड्यालले यस आशयको विचार व्यक्त गरेका छन। सातदोबाटोस्थित दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पौड्यालले अलग राज्यको सवालमा आफ्नो दलले मोर्चालाई गठनकालदेखि नै साथ दिएको तर मोर्चा आफैले दलहरूको समान सहभागिताको अभ्यासलाई मान्यता नदिएको दाबी गरेका छन। यस अघि पनि अल पार्टीको प्रक्रिया चलेको थियो।पछि बिमल गुरुङ आफैले अल पार्टीको च्यापर क्लोज भनेर सामुहिक नेतृत्वको अवधारणालाई विराम लगाए। आज पनि अल पार्टीको च्यापर खोल्ने चाबी तिनकै हातमा छ। अल पार्टीको ताला खोल्छन भने हामी सँगै काम गर्न तयार छौं। यो आन्दोलनको चरित्र सामुहिक हुनुपर्ने कि कस्तो हुनुपर्ने हो, त्यो बिमल गुरुङको कामगराइमाथि निर्भर गर्छ पौड्यालले भने। तिनले पहाडमा जारी रहेको गोर्खाल्याण्डको आन्दोलन दबाउन राज्य सरकारको कथित दमन नीतिको पनि आलोचना गरेका छन। मोर्चा नेतृत्व र कार्यकर्ताहरूको धरपकड, केबल प्रसारणमाथि रोक जस्ता घटनाहरूलाई तिनले राज्यको तालिबानी शासन प्रणालीको नमूना भनी टिप्पणी गरेका छन। ममता सरकारले तालिबानी शासन प्रणालीको उदाहरण प्रस्तुत गरेकी छन।जनताको जान्न पाउने अधिकारको हनन गरिएको घटना ज्यादै निन्दनीय छ।राज्य सरकारको यो व्यवहार गणतञ्त्रको निम्ति घातक हुनसक्छ तिनले भने। तिनले अगल राज्यको आन्दोलनलाई बिथोल्न राज्यले पुरानामा मामिलाहरूमा धरपकड गरिरहेको आरोप लगाउँदै भने, यतिका दिनसम्म लुकाएर राखिएका घटना र मुद्दाहरूलाई अहिले राज्य सरकारले स्वार्थपूतिको निम्ति प्रयोग गर्दैछ। सरकारको यस्तो मनोभावले पहाड र गोर्खेजातिप्रति सानीमाको व्यवहार स्पष्ट झल्किन्छ तिनले भने। क्रामाकपाको कालेबुङ आञ्चालिक समितिले गोर्खाल्याण्डको निम्ति भोलि शहरमा र्‍याली र पथसभाको आयोजना गर्ने निधो गरेको जानकारी पनि पौड्यालले दिएका छन। तिनले अलग राज्यको निम्ति दलको यस कार्यक्रमलाई वुद्धिजीवी, सामाजिक संगठनका प्रतिनिधि र आमनागरिकले  पनि समर्थन गर्ने आशा व्यक्त गर्दै भने, ताजा परिस्थितिमा अलग राज्यको आन्दोलनलाई अघि बढाउने क्रामाकपाको सोच र टेकबारे पनि यस दिन हामी प्रकाश पार्नेछौं

Related Posts:

  • लेप्चाहरुले जनता कर्फ्यु पालन गरौ - विमो कालेबुङ 31 अगष्ट : छुट्टै राज्यको मांगमा विध्यार्थी मोर्चाले शुरु गरेको पाँच दिन व्यापी जुलूश अनि पथसभा कार्यक्रम आज आएर समापन भएको छ। जुलूश अनि घरना कार्यक्रमको आज अन्तिम दिन पनि कालेबुङ शहरमा विध्यार्थीहरुको उत्साहजनक उपस्… Read More
  • लेप्चाहरुले राजनीति गर्न जाँदैनन् - तामसाङ Pradip Lohagun कालेबुङ 31 अगस्त (प्रदीप)ः- लेप्चा विकास बोर्डलाई लिएर राज्य सरकारले राजनीति गरिरहेको कुराको लेप्चा समुदायका नेता ल्याङ्सोङ तामसाङले खण्डन गरेका छन। राज्यले एलडीसीको कार्ड खेलेर पहाडमा बस्ने गोर्खा अनि ले… Read More
  • A day’s breather to ongoing shutdown Darjeeling 30 Aug 2013 With virtually no progress to show from its month-long agitation despite resorting to various tactics to break the state government, the Gorkha Janmukti Morcha has decided to wait till Septem… Read More
  • Shutdown brewing frustration among hill residents? KURSEONG 31 Aug 2013 As the indefinite bandh in the hills continues under the leadership of the Gorkha Janmukti Morcha, Kurseong residents have started wondering whether the strike will be called off anytime… Read More
  • छुट्टै राज्यको मुद्दा प्रति नेताहरु गम्भीर छन् के ? कालेबुङ 30 अगष्ट : छुट्टै राज्यको मांगमा चलिरहेको आन्दोलनले गर्दा हाल सम्पूर्ण पहाड़ नै अचल रहेको छ। निर्णायक आन्दोलनको घोषणा गरेर नेतृत्वहरुले यो अन्तिम आन्दोलनले पहाड़वासीको दिर्घकालिन समस्या पुरा हुने दावी गरेका थिए। ज… Read More

0 comments: