Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

7 Aug 2013

पाँचौदिनको अनिश्चितकालीन पहाड बन्द, शहरमा जुलूश र धरणा


कालेबुङ 7 अगष्ट
मोर्चाले डाकेको अनिश्चितकालीन पहाड़ बन्दले आज पाचौ दिनपुरा गरेको छ। बन्दको पाँचौ दिन पनि कालेबुङ महकुमा शान्तिप्रिय नै रहेको छ। बन्दको कारण यहाँको जन-जीवन सामान्य रहेको छ। आपतकालीन सेवाहरुलाई बन्दबाट छुटदिएको कारण शहरमा केवल एम्बुलेन्स, सेना वहान, ग्यासको गाडी आदि मात्र देखा पर्यो।
मोर्चा पिकेटर्सहरुको कडा निगरानीको कारण शहरमा पार्टी कार्यकर्ताहरु बाहेक अन्य मानिसहरुको उपस्थिति शुन्य प्राया रहेको छ। तर, बन्दको अवधि पनि दलका भातृसङ्गठनहरुले भने शहरमा जुलूश अनि धारण कीर्यक्रमहरुलाई तिब्ररुपमा अघि बढ़ाई रहेका छन्। बन्द अवधि आज जनमुक्ति अस्थायी कर्मचारी सङ्गठन अनि जनमुक्ति माइनोरोटी सङ्गठनले सयुक्तरुपमा शहरमा जुलूस अनि धरणा कार्यक्रमको आयोजना गरेको थियो। मोर्चाको उक्त भातृसङ्गठनहरुको सयुक्त जुलूश यहाँको डम्बरचोकबाट शुरु भएको थियो। मोर्चाले डाकेको बन्दलाई समर्थन गर्दै छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा निकालेको उक्त जुलूश यहाँको दश माइल, आरसी मिन्त्री रोड, डीएस गुरुङ रोड, मेनरोड हुँदै महकुमा अधिकारीको कार्यलय अघि पुगेर धरणा प्रदर्शनमा परिणत भएको थियो। जुलूश अनि धरणा प्रदर्शनमा सामेल भएका सङ्गठनका सदस्याहरुले पश्चिम बङ्गाल सरकारको नीतिको विरोधमा व्यापक नारा-बाजी गरे। धरणा प्रदर्शनमा उपस्थित बनेका सङ्गठनका सदस्याहरुलाई सम्बोधन गर्दै जनमुक्ति अस्थायी कर्मचारी सङ्गठनका कालेबुङ महकुमा समिति अध्या केसी राईले छुट्टै राज्य गोर्खाल्याण्डको मांग गर्दै सङ्गठनले देशको प्रधानमन्त्री, गृहमन्त्री, लगायत अन्य नेतृत्वहरुलाई फ्याक्स मार्फत एउटा ज्ञ्यापन पत्र पठाएको सदस्याहरुलाई अवगत गराए। तिनले आफ्नो सम्बोधनमा तेलङ्गानलाई छुट्टै राज्यको दर्जादिन सक्ने केन्द्र सरकारले सन् 1907 सालदेखि नै छुट्टै राज्यको निम्ति सङ्घर्ष गरिरहेका गोर्खाहरुको निम्ति पनि छुट्टै राज्य गोर्खाल्याण्ड दिइनु पर्ने बताए। तिनले हाल सरकारले सुरक्षाबल खटाएर छुट्टै राज्यको मांगमा दार्जीलिङमा उठीरहेको गणातान्त्रीक आन्दोलनलाई दवाउने प्रयास गरिरहेको बताउँदै पुलिस प्रशासनले गरिरहेको कार्वाहीहरुको विरोध जनाएका छन्। महकुमा कार्यलय परिसरमा सम्पन्न भएको धरणा प्रदर्शन कार्यक्रम पछि दुवै सङ्गठनका कार्यकर्ताहरु पुन नारा-बाजीको साथमा यहाँको डम्बरचोकमा भेला भएका थिए। डम्बरचोकमा उपस्थित बनेका मोर्चा समर्थकहरुलाई सभासद कल्याण देवान अनि मोर्चाको केन्द्रीय समिति सदस्य विजय सुन्दसले सम्बोधन गरेका थिए। डम्बरचोकको पदसभालाई सम्बोधन गर्दै सभासद कल्याण देवानले राज्य सरकारले उत्तर बङ्गालको दार्जीलिङ जिल्लामा पुलिश प्रशासनको बल प्रयोग गरेर गोर्खाहरुको छुट्टै राज्यको मुद्धालाई दवाउने प्रयास गरिरहेको आरोप लगाए। तिनले छुट्टै राज्यको मांग देशको संविधानको आधारमा रहेको बताउँदै गोर्खाहरुको छुट्टै राज्यको आन्दोलनलाई दवाउ चहानेहरु संविधान विरोधीरहेको आक्षेप लगाएका छन्। हाल पुलिस प्रशासनले बिनाकारण नै जीएलपी क्याडरहरु अनि दलका शिर्ष नेतृत्वहरुलाई पक्राउ गरिरहेको अनि तिनीहरु बिरुद्ध आधारहिन मुद्धाहरु दर्ता गरेर आन्दोलनलाई बिफल पार्ने प्रयास गरिरहेको तिनको भनाइ छ। यदी पुलिस प्रशासनले जीएलपी अनि दलका नेतृत्वहरुलाई पक्राउ गर्ने काम बन्द नगरे दललो जेल-भराउ आन्दोलन शुरु गर्ने सभासद कल्याण देवानले चुनौती दिएका छन्। यता मोर्चा नेता विजय सुन्दासले पनि पदसभालाई सम्बोधन गर्दै केन्द्रीय अर्धशैनिक बलको कार्वाहीको विरोध जनाएका छन्। मोर्चाको आन्दोलन स्थापनाकालदेखि नै शान्तिमय अनि गणातान्त्रीक रहेको बताउँदै सुन्दासले हाल सरकारले सीआरपीएफ अनि पुलिसबलहरु खटाएर आन्दोलनलाई हिंसात्मक बनाउने षड़यन्त्र गरिरहेको बताए। तिनले पहाड़का अन्य दलहरु क्रामाकपा, अखिल भारतीय गोर्खा लीग, भारतीय गोर्खा परिसंघ, गोर्खाल्यण्ड टाक्स फोर्स अदिका नेतृत्वहरुपनि सडकमा उत्रेर यस चोटीको छुट्टै राज्यको आन्दोलनलाई थप सहयोग पुर्याउनु पर्ने अपिल गरेका छन्।  

Related Posts:

  • Morcha to skip budget sessionDarjeeling, March 10: Gorkha Janmukti Morcha president Bimal Gurung has directed the party’s four MLAs to boycott the ongoing budget session at the Assembly. “Our party president has instructed us not to attend the Assembly.… Read More
  • Cong to ask for deputy mayor if Nantu winsSiliguri, March 10: The Darjeeling district Congress will ask Trinamul for the deputy mayor’s post if Sabita Devi Agarwal, the Congress councillor contesting for the civic chairperson’s seat, loses against Trinamul’s Nantu Pa… Read More
  • नियुक्ति नपाउँदा शिक्षकले गरे आत्माहत्याकालेबुङ, ८ मार्च| गोरुबथान निवासी शिक्षक विकास राई उर्फ पारस(४८) ले घॉंटी रेटेर आत्माहत्या गरेका छन्| गोरूबथानदेखि केही टाडा फूलबारीका बासिन्दा उनको फुपूको घरमा कोही नभएको समय बिहिबार २ बजीतिर उनले आत्माहत्या गरेको खबर छ| आज… Read More
  • Prize for repairing two DHR engines - UK-based society wins award for best heritage repair Siliguri, March 10: Two engineers from the UK travelled 4,000 miles to India and repaired two Darjeeling Himalayan Railway steam locomotives within a year. Their effort has won them the first prize at the Heritage Railway As… Read More
  • कालेबुङमा सुरक्षा व्यवस्था कडाप्रज्ज्वल छेत्री कालेबुङ, ८ मार्च| तृणमूल कङ्ग्रेस नेताहरूमाथि आक्रमण भएको तीन दिन पूरा भइसक्दा पनि मुख्य आरोपीहरू बेपत्ता छन्| पक्रा परेका आरोपीहरूमध्ये एक अनिल छेत्रीलाई मुख्य आरोपी रहेको दावी पुलिसले गरेपनि पिडीत पक्षले … Read More

0 comments: