Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

7 Aug 2013

"जीटीए गो ब्याक" मोर्चाको ग्रामीण समर्थकहरुको नारा, तकलिङमा जुलूश र पदयात्रा


कालेबुङ 7 अगष्ट
तकलिङ-पेशोक 12 नम्बर स्मष्टी अर्न्तगत पर्ने तकलिङ 1 ग्राम-पञ्चायतमा पनि आज क्षेत्रका मोर्चा कार्यकर्ताहरुले छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा जुलूश निकालेर पदसभाको आयोजना गरेका थिए। तकलिङमा सम्पन्न भएको जुलूश अनि पदसभामा तकलिङ संल्गन क्षेत्रहरु बडामंगवा, सोरेङ, चेग्रा, कोलबुङ, छोटा-संगवा, आदिका मोर्चा समर्थकहरु उपस्थित बनेका थिए। जुलूशमा सामेल भएका क्षेत्रका मोर्चा कार्यकर्ताहरुले बन्दको कारण आफूहरुले उपजनी गरेको फसलहरुको सही बजारिकरण हुननसके तापनि नोक्सान खपेर छुट्टै राज्यको आन्दोलनमा समिलित हुने प्रकारको नाराहरु लगाएका थिए। आज तकलिङमा लगभग 25 सय मोर्चा समर्थकहरु सडकमा उत्रेर छुट्टै राज्य गोर्खाल्याण्डको मागमा व्यापक नारा-बाजी गरेको जानकारी प्राप्त भएको छ। मोर्चा समर्थकहरुले टिस्टादेखि 6 किलोमीटर उत्तरतिर अवस्थित बडामंगवादेखि बरडाँडासम्मको पदयात्राको आयोजना गरि छुट्टै राज्यको मांगमा विभिन्न प्रकारको नारा-बाजीहरु गरेका थिए। मोर्चाका यी ग्रामीण समर्थकहरुले पनि आज जीटीए गो ब्याक को नारा लगाएर दलका शिर्ष-नेतृत्वहरुलाई जीटीए त्यागनु पर्ने संकेत दिएका छन्। तकलिङमा सम्पन्न भएको उक्त जुलूश अनि पदसभालाई स्मष्टीका उपाध्यक्ष माइपल तामाङ अनि विभिन्न शाखा-प्रशाखाका प्रतिनिधिहरुले नेतृत्वगरेका थिए। क्षेत्रका मोर्चा समर्थकहरुले क्रमिकरुपमा जुलूश अनि पदयात्रहरु निकालेर मोर्चाको तेस्रो चरणको आन्दोलनलाई सहयोग पुर्याउने निर्णय लिएको छ। 

Related Posts:

  • Dry spell hits tea first flushVIVEK CHHETRIDarjeeling, March 22: The Christmas Rain that Darjeeling missed this winter is threatening to pour cold water on the finest flush of tea this season.Planters fear that the toll of the parched winter would soon te… Read More
  • I-League challenge for Bhaichung boys in GangtokPaljor Stadium in Gangtok, where the final leg of the I-League’s second division will be held from March 29 to April 17Gangtok, March 22: The final leg of the I-League’s second division will be held at Paljor Stadium in Gangt… Read More
  • मिरिक झीलको जीर्णोद्धार र सुन्दरीकरणको पहल शुरु22मार्च (कालेबुङ):- जीटीएको चुनाउ र सिमांकनबारे छलफल गर्न राज्य सरकारले आगामी 24 मार्चमा डाकेको बैठकमा पनि मोर्चाले तराई डूवर्सको अन्तर्भुक्तिलाई नै मूल मुद्दा बनाउने अडान लिएको छ। मिरिकको भ्रमणमा रहेका गोजमुमो अध्यक्ष बिमल ग… Read More
  • Water every three days - Kalimpong supply hit, sources infected with bacteriaRAJEEV RAVIDASKalimpong, March 22: The residents of town are getting drinking water supply every third day for the past one week with the administration announcing today that water in some sources was unsafe for consumption.T… Read More
  • BAHA’IS OF GANGTOK CELEBRATED NAVRUZRangpo 22 march-Baha’i community of Gangtok celebrated Navruz, Baha’i New year on 21st March at Baha’i House, Nam Nang Road Gangtok. The celebration was organized by the Local Spiritual Asembly of the Baha’is of Gangtok. Man… Read More

0 comments: