कालेबुङ 7 अगस्त। नयाँ चरणको आन्दोलनको क्रममा गोजमुमोले केही दिनदेखि जारी बन्दको कार्यक्रमले केन्द्र अनि राज्य सरकारलाई कुनै प्रभाव पार्न नसकेको डा महेन्द्र पी लामाले मन्तव्य व्यक्त गरेका छन। मोर्चाको अनिश्चितकालिन बन्दको कार्यक्रमले सरकारहरूमाथि दबाउ पर्नको साटो पहाडका जनताले धेर दुःख भोग्नु परिरहेको प्रतिक्रिया जाहेर गरेका छन। दिल्लीबाट टेलिफोनिक कुराकानी गर्दै डा लामाले मोर्चाको नयाँ चरणको आन्दोलनबारे आफ्नो प्रतिक्रिया जाहेर गरेका हुन्। तिनले आन्दोलनलाई शसक्त र प्रभावकारी बनाउन आन्दोलनकारी नेतृत्वले नयाँ प्रकारले सोच्नुपर्ने विचार पनि व्यक्त गरेका छन। “अन्दोलनकारी नेतृत्वले यस्तो राजनैतिक कार्यक्रम र रणनीति तय गर्नुपर्छ जसले हाम्रो मान्छेलाई कम मर्का परोस् तर केन्द्र अनि राज्य सरकारलाई चै धेर प्रभाव परोस्” डा महेन्द्र पी लामाले भने। यतिबेला गोर्खाल्याण्ड चहाने दलका नेताहरू एक ठाँउ बसेर प्रभावकारी आन्दोलनको खाँकाबारे छलफल गर्नु पर्ने कुरामा तिनले जोर दिएका छन। यद्यपि तिनले प्रभावकारी आन्दोलनको निम्ति तयार गरिनु पर्ने ‘नयाँ सोच’ कस्तो हुनुपर्ने भन्ने कुराबारे भने खासै केही खुलाएनन। तिनले गोर्खाल्याण्डको निम्ति दलहरू बसेर छलफल र विमर्शको माध्यमबाट साझा रणनीति र कार्यक्रमहरू बनाउने अभ्यासको अभावलाई दुःखपूर्ण बताएका छन। “सबै दलहरू बसेर छलफल गर्नुपर्छ। यसको निम्ति एउटा साझा मञ्च जरुरी छ। गोर्खाल्याण्डको प्राप्तिको निम्ति हामी एकसाथ बसेर कहिले छफफल र बिमर्श गरेका छैनौं” तिनले भने। तेलङ्गना गठनको घोषणाले निर्माण गरेको ताजा परिस्थितिमा गोर्खाल्याण्डपन्थी दलहरूको संयुक्त टोली दिल्ली जानु पर्ने आफ्नो अपिलप्रति दलहरूले कुनै प्रतिक्रिया नदेखाएको पनि लामाले बताएका छन। अलग राज्यको आन्दोलनलाई सहयोग पुर्याउन आफ्नो तर्फबाट के गर्नु हुँदैछ भन्ने स्वर्णभूमिको प्रश्नको उत्तरमा तिनले लामो समयदेखि आफूले यस दिशामा काम गर्दै आएको दाबी गरेका छन। “सबै कुरा भन्न मिल्दैन तर मैले गर्नु पर्ने काम गरि नै रहेको छु। म कुनै दलको नेता वा जनप्रतिनिधि हुइनँ। व्यक्तिगत भन्दा संस्थागत रुपले गरिएको काम धेरै प्रभावशाली हुन्छ। आफ्नो कामलाई संस्थागत गर्न पनि मैले लोकसभा चुनाउ लड्ने सोच बनाएको हूँ’ डा महेन्द्र पी लामाले भने।
7 Aug 2013
असरहिन आन्दोलन - डा. महेन्द्र पी लामा
Related Posts:
‘Janta’ poster accusing GJM chief surfaces again PRADIP LOHAGUN KALIMPONG 2 Oct 2013 Kalimpong today saw yet another ‘janta’ poster urging the GJM leadership of refraining from including students in any form of agitation. The poster in the town’s main road … Read More
BGP to organise Gorkha congregation in Delhi this Dec PRADIP LOHAGUN KALIMPONG 1 Oct 2013 The Bharatia Gorkha Parisangh has decided to hold a Gorkha Congregation in Delhi’s Ramlila Maidan from December 14 to 16 as part of its ‘Delhi Chalo’ campaign for Gorkhalan… Read More
BM Garg gets interim bail Darjeeling 1 Oct 2013 The Darjeeling Chief Judicial Magistrate court today granted interim bail to prominent businessman Brij Mohan Garg who was arrested on September 11 on the charge of diverting PDS food g… Read More
Film fest on Public Service Announcement prog Darjeeling 1 Oct 2013 In what could be termed as the first of its kind in the hills, students from the Mass Communication and Journalism department of St. Joseph’s College today organised a film festival dealin… Read More
Centre weak; maintain faith even if tripartite talks fail: Chettri PRADIP LOHAGUN KALIMPONG 2 Oct 2013 Gorkha Janmukti Morcha spokesperson Dr. Harka Bahadur Chettri today suggested people should not give up hope even if the upcoming tripartite meeting fails to yield any majo… Read More
0 comments:
Post a Comment