कालेबुङ 6 अगस्त। गोजमुमोले एकातिर आफ्ना कार्यकर्ता र समर्थकहरूलाई सडकमा उतारेर आन्दोलनको गति अझ तेज बनाउने कोसिस गरिरहेको छ भने अर्कोतिर, राज्य सरकारले पनि मोर्चा नेता र कार्यकर्ताहरूको धमाधम पक्राउ गरी यस दलका नेतृत्वको मनोबल तोड्ने प्रयास जारी राखेको छ। जिला पुलिसले सोमबार बेलुकी गोरुबथानको क्याम्पबाट 16 जना महिला जीएलपीहरूलाई आफ्नो नियञ्त्रणमा लिएको थियो। यिनीहरूलाई पुलिसले गोरुबथान थानामा केस दर्ता गरि सिलगढीतिर लिएर गएको थियो। सोमबार राती कुन थानामा राखिएको थियो भन्ने कुरा पुलिसले खुलाएको थिएन। आज अपरान्ह उनीहरूलाई सिलगढी कोर्टमा प्रस्तुत गरिएको थियो। कोर्टले यी महिला जीएलपीहरूलाई 14 दिनको न्यायिक हिरासतमा राख्ने आदेश दिएको छ। यता, भूतपूर्व सैनिक मोर्चाका अध्यक्ष कर्णेल रमेश आलेले जीएलपी पक्राउको घटनाको निन्दा गरेका छन। मोर्चाले तयार पारेको यी निरस्त्र स्वयंसेवीहरूको पक्राउ गरी सरकारले दमन नीतिको प्रदर्शन गरेको तिनको भनाइ छ। अर्कोतिर, मोर्चाले कालेबुङमा विरोधप्रदर्शन, जुलुश र पथसभा अनि घेराउको कार्यक्रम जारी राखेको छ। शहरमा आज हजारौको संख्यामा मोर्चा कार्यकर्ताहरूले जुलुश र प्रदर्शन गरेका थिए। यस अवधीमा कुनै अप्रिय घटना नभए पनि मोर्चा कार्यकर्ताहरू निकै उत्तेजित र अक्रोसित देखिए। मोर्चा समर्थकहरूको उत्तेजनाले कानूनश्रृङ्खला भंग हुने डरले प्रशासनले सुरक्षाको कडा व्यवस्था गरेको थियो। मोर्चा महकुमा समितिलगायत नारी, युवा, विद्यार्थी मोर्चालगायतका भातृसंगठनहरूले आज शहरमा बृहत र्यालीको आयोजना गरेको थियो। अलग गोर्खाल्याण्डको पक्षमा नाराबाजी गर्दै लगभग पन्ध्र हजार मानिसहरूको भीडले शहर परिक्रमा गरी केहीबेर महकुमा कार्यालयमा प्रदर्शन पनि गरेको थियो। मोर्चा कार्यकर्ताहरूबाहेक राज्यप्रेमी आम नागरिक पनि स्वतस्फूर्त र्यालीमा सामेल भएका थिए। बिहान 11 बज्दा नबज्दै हजारौंको संख्यामा मानिसहरू मेनरोडमा भेला भइसकेका थिए। डम्बर चोकबाट शुरु भएको र्यालीले दस माइल फाटक हुँदै आरसी मिंत्री रोड भएर शहर परिक्रमा गरी महकुमा अधिकारीको कार्यालय पुगेको थियो। मोर्चा समर्थकहरूले केहीबेर महकुमा अधिकारीको कार्यालयमा प्रदर्शन पनि गरेका थिए। र्याली त्यहाँबाट फर्केर डम्बरचोकमा आएपछि पथसभामा परिणत भएको थियो। पथसभालाई नारी मोर्चा नेत्रीहरू तारा लोहार लेप्चा, बन्दना योञ्जन, चालक महासंघका अध्यक्ष छिरिङ दोर्जी भोटियालगायत बिभिन्न भातृ संगठनका प्रतिनिधिहरूले सम्बोधन गर्दै राज्य सरकारको नीतिको आलोचना गरेका थिए। यस अवसरमा नारी मोर्चा कार्यकर्ताहरूले जमेर नाराबाजी पनि गरेका थिए।
6 Aug 2013
शहरमा मोर्चाको जुलूश , आन्दोलनको गति अझ तेज
Related Posts:
Lone rebel Subba losesKalimpong, Aug. 2: Sanchabir Subba, the Gorkha Janmukti Morcha rebel candidate from Gitdabling-Nimbong, lost to the party’s official contestant Kalyan Dewan by 677 votes today.Subba got 3,418 votes against Dewan’s 4,095.“I st… Read More
Gurung elected GTA chief executiveDarjeeling, Aug. 3: Gorkha Janmukti Morcha president Bimal Gurung was today made the chief executive of the GTA, the highest post in the body, and party vice-president Bhupendra Pradhan was chosen the chairman of the GTA Sabh… Read More
Nathu-la permit stopped againNIRMAL MANGARGangtok, Aug. 3: The permits to visit popular tourists destinations like Changu Lake, Baba Mandir and Nathu-la have been halted for another two weeks after the Sikkim tourism department and the Border Roads Organ… Read More
All in bag but plains thorn pricksDarjeeling, Aug. 2: The Gorkha Janmukti Morcha today won all 45 seats in the GTA but Bimal Gurung made it clear he was still eyeing the Dooars and Terai and would explore possibilities to give representation to the region in … Read More
Cleanliness drive for streamsNIRMAL MANGAR Gangtok, Aug. 2: The Gangtok Municipal Corporation has launched a cleanliness drive for 50-odd jhoras, or streams, in its 15 wards from today. According to D. Anandan, the district collectorate (East), the disas… Read More
0 comments:
Post a Comment