Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

10 Aug 2013

विध्यार्थी मोर्चाको मैत्री सदभावना पदयात्रा शुरु

कालेबुङ, 10 अगस्त। दार्जीलिङ पहाडमा चलिरहेको अलग राज्यको आन्दोलनप्रति सिक्किमवासीहरूको पनि समर्थन जुटाउने उद्देश्य लिएर मोर्चाको भातृसंगठन विद्यार्थी मोर्चाले मैत्री सदभावना पदयात्रा  शुरु गरेको छ। विद्यार्थी मोर्चाको नेतृत्वमा कालेबुङका विभिन्न कलेज अनि विद्यालयका करिब तीनसय विद्यार्थीहरूले पदयात्रामा सहभागिता जनाएका छन। पदयात्रीहरू बिहान साढे नौ बजी यहाँबाट सिक्किमतिर प्रस्थान भएका थिए। यस अघि कालेबुङको डम्बरचोकमा भेला भएका पदयात्री विद्यार्थीहरूलाई मोर्चा नेताहरू कर्णेल रमेश आले, बिजय सुन्दास अनि विद्यार्थी नेता दीप थापाले सम्बोधन गरेका थिए। गोजमुमो अनि राष्ट्रीय झण्डा हातमा लिएर निस्केका विद्यार्थीहरूले पैदलयात्राको क्रममा गोर्खाल्याण्डको समर्थनमा व्यापक नाराबाजी पनि गरिरहेका छन। यो सदभावना यात्रालाई केन्द्र गरी कालेबुङको पुलिस प्रशासनले उच्च सतर्कता देखाएको छ। आज बिहान डम्बरचोकबाट पदयात्रा शुरु भएर आठ माइलमा पुगेपछि पुलिस बलले अवरोध सृजना गरेको थियो। प्रशासनले पैदलयात्राको निम्ति अनुमति नमिलेको भन्दै कानून व्यवस्था भंग हुने शंका जाहेर गरेर अवरोध गरेका थिए। पुलिसले सीआरपीएफको सहयोगमा पैदलयात्रीहरूलाई बढ्न नदिएपछि करिब एक घण्टासम्म विद्यार्थीहरूको पदयात्रा अवरुद्ध भएको थियो। यसबीच प्रशासनका उच्च अधिकारीहरूसँग विद्यार्थी नेताहरूको लामो बहसपछि उनीहरूलाई यात्रा अघि बढाउने अनुमति प्रदान गरिएको थियो तर पदयात्रीहरू कालेबुङको तीन माइल  पुग्दा नपुग्दै प्रशासनले मूल सडकभरि सीआरपीएफ राखेर पदयात्रालाई फेरि एकपल्ट अवरूद्ध बनाएको थियो। यहाँबाट भने प्रशासनले पदयात्रीहरूलाई पटक्कै यात्रा अघि बढाउन दिएन। प्रशासन अडिग भएर लामो समयसम्म सडक अवरोध कायम राखेपछि पदयात्रीहरूलाई वाहनहरूमा हालेर रम्फू तर्ने अनुमति दिइएको थियो। वाहनमा चढेर सिक्किम राज्य पस्ने सक्ने शर्तमा महकुमा प्रशासनले पैदलयात्रीहरूलाई आफ्नो गन्तव्यतिर बढ्ने अनुमति दिएको थियो। यसबीच राजमार्ग पनि सुरक्षाकर्मीहरूको बाक्लै तैनाथी थियो। राजमार्गको किर्ने क्षेत्रमा विद्यार्थीहरूले केहीबेर पैदलयात्रा गरेर नाराबाजी गरेका थिए। पदयात्रीहरू लगभग साढेचार बजीतिर रम्फू प्रवेश गरेका थिए। आज रम्फूमा वास बसेर भोलि पुन गान्तोकको निम्ति पदयात्रा शुरु गरिने विद्यार्थी नेता दीप थापाले बताए। तिनले दिएको जानकारी अनुसार राज्यका मुख्यमञ्त्री पवन चामलिङले विद्यार्थी मोर्चाको शीर्ष टोलीलाई भोलि आइतबारको बिहान 11 बजी भेट्ने सनय दिएका छन। आज रम्फूमा वास बसेको टोलीले आइतबार बिहान आफ्नो पदयात्रा पुन शुरु गर्नेछ भने एउटा प्रतिनिधि टोली मुख्यमंत्रीलाई भेट्न गान्तोक जानेछ। मुख्यमंत्रीसँगको भेटघाटपछि विमो नेताहरू पुन पदयात्रामा सामेल हुनेछन। पदयात्रीहरू सोमबार गान्तोक पुगेपछि अलग राज्यको मुद्दामा राज्यवासीले पुर्‍याउँदै आएको प्रत्यक्ष अनि परोक्ष समर्थन र सहयोगको निम्ति आभार प्रकट गर्नेछ भने यसै दिन राज्यको एसडीएअफ सरकारका विधायकहरूलाई पनि भेटेर अलग राज्यको मुद्दामा समर्थनको निम्ति आग्रह गर्नेछ।

Related Posts:

  • Giri flies to Delhi for talks VIVEK CHHETRI … Read More
  • Nepalese or Gorkha? Hope on Sunday run Mumbai, Jan. 13: Namper Lemcha from Darjeeling is among the thousands who will participate in the Mumbai International Marathon here on Sunday. The 35-year-old has not seen much of the city yet but Mumbai too — li… Read More
  • भारतसँग सम्बन्ध अझ मजबुत बनाउनुस् : चीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले भारतसँगको सम्बन्ध अझै सुदृढ गर्न नेपाललाई सुझाव दिएका छन् । प्रधानमन्त्री बाबुराम भट्टराईसँग सिंहदरबारमा शनिबार भएको भेटवार्तामा चिनियाँ समकक्षी वेनले विशेषगरी नेपाल-चीन र नेपाल-भारत सम्बन… Read More
  • साडीमा फिल्मको प्रभाव शाहरूख खानको 'रा.वन' हेर्नुभएको छ भने पक्कै पनि 'छम्मक छल्लो...' गीतको याद होला । गीत याद भएपछि नायिका करिना कपुरले साडी कम्मरमा बाँधेर नाचेको दृश्य दिमागमा आई नै हाल्छ । सहरका कुनै बुटिकतिर पसेर 'छम्मक छल्लो' उच्चारण गर्नुभ… Read More
  • Traffic bar to stay after crack cure The Coronation Bridge over the Teesta. File picture Siliguri, Jan. 13: The Coronation Bridge over the Teesta will be out of bounds for heavy and medium vehicles even after the 2ft-long crack near the crown of th… Read More

0 comments: