कालेबुङ, 26 अक्टोबर(प्रदीप) राज्यको तृणमूल सरकार र जीटीएको सत्तासिन दल मोर्चाबीच
मिलेर काम गर्ने सहमति बनिए पनि दुवै दलको तृणमूल स्तरका नेतृत्व र
कार्यकर्ताहरुबीच तनाउ जारी रहेको छ। मोर्चाको विद्यार्थी संगठनसँग आबद्ध रहेको
कालेबुङ कलेज स्टुडेण्ट युनियनले आज यहाँका केही तृणमूल नेता र
कार्यकर्ताहरूविरुद्ध कालेबुङ थानामा प्राथमिकी दर्ता गरेको घटनाले तनाउ देखा
परेको हो। कालेबुङ कलेज परिसरमा परीक्षा चलिरहेको अवधीमा तृणमूल कार्यकर्ताहरूले नाराबाजी
गरेको आरोप लगाउँदै विद्यार्थी मोर्चासमर्थित कालेबुङ कलेज स्टुडेंट युनियनले आज
अपरान्ह कालेबुङ थानामा हिल तृणमूलका केही नेताहरूसहित एकसय
कार्यकर्ताहरूविरुद्ध थाना प्राथमिकी
दर्ता गरेको थियो। कलेजमा स्नाकोत्तर पहिलो सत्रको परिक्षा सञ्चालन भईरहेको समयमा
अचानक तृणमूल कार्यकर्ताहरु वाहनमा आएर प्रदर्शन गरेको भन्दै कलेज छात्र संगठनले
प्राथमिकी दर्ता गरेको हो। कलेजमा यसरी तृणमूल कार्यकर्ताहरु पुगेर नाराबाजी गर्दै
प्रदर्शन गर्न थालेपछि स्थिति तनावपूर्ण हुने सम्भावना समेत बडॆको थियो। घटनाबारे
थाह पाए पछि पुलिसबल कालेबुङ कलेजमा पुगेको थाह लागेको छ। यसरी अचानक परिक्षाको
समयमा तृणमूल कार्यकर्ताहरु कलेज परिसरमा प्रदर्शन गर्न थालेपछि गोजमुमो समर्थित
छात्र संगठन रहेको कलेजको छात्र संगठनले उनीहरुलाई प्रवेश गेटमा रोकेको थियो।उक्त
घटनालाई केन्द्र गरेर कलेज छात्र संगठनले तृणमूल नेता प्रविण रहपाल, ननिता गौतम,
छेवाङ भोटिया, महेन्द्र
गजमेर, समिर खवास आदिको नाउँमा प्र्राथमिकी दर्ता गरिएको
छ। कालेबुङ पुलिसले उक्त प्राथमिकी स्वीकार गरेको थाना सुत्रले बताएको छ। यता यस
बिषयमा बोल्दै कलेज छात्र संगठनका महासचिव रोशन छेत्रीले तृणमूल कङ्ग्रेसका
कार्यकर्ताहरुले परिक्षा चलिरहेको समय कलेजमा आएर आतङक सृजना गरिरहेको आरोप लगाए। “कलेजमा परिक्षा चलिरहेको छ। यस्तो अवस्थामा सुरक्षा व्यावस्था समेत ठिक
गरिएको छैन। परिक्षार्थीहरुको सुरक्षा बिषयमा प्रशासनले ध्यान दिनु आवश्यक छ। यदि
आगमी दिनमा परिक्षा चलिरहेको समय कुनै घटना भए सम्पूर्ण तृणमूल नेताहरु जिम्मेवार
हुनेछ” तिनले भने। यस घटनालाई केन्द्र गरी विद्यार्थी
मोर्चाले प्राथमिकी दर्ता गरेको थाहा पाएपछि तृणमूलले पनि मोर्चा अनि विद्यार्थी
मोर्चा नेताहरूविरुद्ध काउण्टर प्राथमिकी दर्ता गरेको छ। हिल तृणमूलका सचिव प्रबीण
रहपालले मोर्चा नेताहरूविरुद्ध पनि काउण्टर प्राथमिकी दर्ता गरिएको पुष्टि गरेका
छन। तिनले मोर्चाद्वारा प्राथमिकीमा उल्लेख गरिएका तृणमूल नेताहरू आज सिलगढीमा
सम्पन्न दलको बैठकमा भाग लिन गएको जनाउँदै आरोपको खण्डन गरेका छन।
27 Oct 2013
पहाड़मा तृणमूल अनि मोर्चाबीच तनाउ जारी
Related Posts:
पाचँ वर्षा पछि पनि ए सी टीको आन्दोलन यथावत20 जुन सिक्किम:- उत्तर सिक्किममा जलविद्युत परियोजनाको विरोध गर्ने संगठन एफेक्टेड सिटिजेन अफ टिस्टाको अभियानले पाँच बर्ष पूरा गरेको अवसरमा राज्यका बाँधविरोधी कार्यकर्ताहरुले एक्टप्रति आफ्नो समर्थन यथावत रहेको बताएका छन। लेप्चा… Read More
Rangpo police arrested Mr. dinesh AgarwalRANGPO-20TH JUNE12Rangpo police arrested Mr. dinesh Agarwal alias dinesh goyal of Rangpo mandi bazaar in connection with making and using foraged and fake documents i n his business and illegal capturing of the wooden ho… Read More
Customs all-clear sign for Nathu-laNIRMAL MANGARGangtok, June 20: Trade through Nathu-la will resume on Monday as the 29 per cent customs duty levied on five import items has been lifted.The items on which the customs duty was charged were readymade garments, … Read More
Consensus on Morcha mind - Hill party signal to plains’ supportersVIVEK CHHETRI Bimal Gurung… Read More
Sikkim’s oldest monastery wants out of ASI - Monks fed up with seeking permission from Calcutta to perform regular ritualsNIRMAL MANGAR Dubdi Monastery in West Sikkim. Picture by Prabin Kha… Read More
0 comments:
Post a Comment