कालेबुङ, 30 अक्टोबर।
‘बन्दुकले कसलाई मार्छ?
मान्छे कि मानवता?’
मङ्पूका पट्ठो कवि आशिशदीप राईले सोधेको यो प्रश्न थाना अघिल्तिर उभिएका स्रोताहरूतिर फर्खिएको थियो, स्रोताहरू भने कवितिर। तर कविता भने घरि बन्दुक हातमा बोकेर थाना प्राङ्गनमा उभिएका जवानहरूतिर फर्किरहेको थियो घरि त्यही बन्दुकदेखि डराउने निर्दोष स्रोताहरूतिर। कालेबुङका युवा कविहरूले कालेबुङ थाना अगिल्तिर नै ‘हस्तक्षेप जमातको सडक अवतरण’ भन्दै ‘सडकमा कविता’ आयोजना गरेका थिए। जहाँ उभिएर युवा कवि आशिषले कवितामा भने,
‘आफ्नै हातले संविधान लेखेपछि
देशबाटै किनारा लागेको म अरिबहादुर।’
अरिबहादुरको विम्बमा कवि स्वयं मात्र उभिएका थिएनन्, तिनी झैँ देशबाट नै किनारा परेका स्रोताहरू पनि उभिएका थिए। देशमा आफूहरूको जुन पहिचानको सङ्कट छ, यसैलाई केन्द्रिय मुद्दा बनाएर लेखिएका कविताहरूले त्रिकोण पार्क भएर हिँडिरहेका जोकोहीलाई पनि एकछिन समातेर सडकमा नै उभाएको थियो। ‘उठाउनै पर्छ सारा अभिव्यक्तिका खतरा, तोड्ने पर्छ मठ र गड सब’ भन्दै कवि मुक्तिबोधको कविताको शक्तिशाली हरफलाई केन्द्रिय स्वर बनाएका हस्तक्षेपी कविहरूको सिर्जनशिल हस्तक्षेप नै उल्टोधारमा बगिरहेको समयमाथि थियो। ‘अब कविता कोठादेखि सडक ओर्लेको छ,’ सञ्चालक अनिल तेलैजाले थालनीमा भने, ‘आज तपाईँहरूले थाहा पाउनुहुनेछ, कोठाबाट बाहिर आएका ती कविताहरू तपाईँकै सन्तान हुन्।’ तिनको चर्को उठानलाई साथ दिँदै सञ्चालक प्रज्ज्वल छेत्रीले उद्बोधनीमा थपे, ‘कविता विचार र कलाको विशिष्ट सम्प्रेषण हो, जसलाई कविहरू अब सडकमा हिँडाउन चाहान्छन्। किन भने यी कविता र स्रोताहरूको जीवन एउटै समयले हुर्काएको।’ कविहरूले कवितामार्फत राजनैतिक विसङ्गतिमाथि विमति प्रकट गरे। सरकार, सत्ताशक्ति र राजनैतिक विचलनले आफ्ना समयलाई जुन विचार दिइरहेको छ, त्यो विचारशिलहरूको निम्ति स्वस्थ नरहेको कविहरूले कविताद्वारा घोषणा गरे। राजनैतिक सङ्किर्णताको कारण चलिरहेको समसामयिक विचारप्रवाहले बौद्धिक, सचेत र स्वस्थ समाजको निर्माण नगर्ने बरू यथास्थितिवादी राजनैतिक चलखेलले उल्टै आम नागरिकलाई विचारशिल बन्नमा बाधा पुर्याएको भन्दै सर्जकहरू उप्रान्त थुनिएको विचारलाई सडकमा ल्याउन अगिाएको बताए। उनीहरूले आफ्नो कविताद्वारा सांस्कृतिक विचलन, सामाजिक विचलन र बौद्धिक विचलनमाथि सोझै हस्तक्षेप गरेका थिए। पहिलोपल्ट कालेबुङमा सर्जकहरूले अनुर्वर समयको प्रतिवादमा सडकमा आएका हुन्। युवा कवि मनोज वोगटीले आम नागरिकको जीवन जटिलतालाई सम्बोधन गर्दै भने,
‘यो समय जो छ
चौकीमा बसेपछि सङ्कटकालको घोषणा गर्छ
अनि मेरै छाला च्यातेर होर्डिङ बनाउँछ र टाङ्ग आँगनमा
पढिनु पनि खतरा छ
नपढ्नु पनि खतरा छ।’
एकथान कविता बोकेर उभिएका वोगटीले बौद्धिकरूपले दरिद्र राजनीतिमाथि व्यङ्गय कस्दै भने,‘ राजनीतिले निकालेको जिब्रो त ठ्याक्कै कोब्राको जस्तो/जनताको निधारमा दुईवटा दुलो हुनेगरी ठुङ्ग यार/ एउटा दुलोबाट गणतन्त्रले खुन छाद्छ/ अर्को दुलोबाट समयले पिसाब पेर्छ।’ युवा कवि प्रदीप लोहागुणले निकान्तै समसामयिक कविता सुनाउँदै सहिदको सपनाको व्यापार गर्नैहरूमाथि औँली उठाए। तिनले कार्यक्रमलाई कविहरूको सिर्जनात्मक अराजकताको सुरुवात बताउँदै अपील गरे, ‘साथी हो! अराजक हुने समय आयो।/मैले भन्न खोजेको अराजकता/ झण्डाको भरमा डण्ठा देखाउने होइन/ सत्ताको तापमा दम्भ देखाउने होइन/ रुपिँयाको बलमा कौमार्य लुट्ने होइन/ पाखुराको नापमा व्यापारीलाई हेप्ने होइन/ बरू यी तमाम/ कुकृत्यहरूको विरोधमा/
प्रतिवादको अराजकता/ विचारको अराजकता/कलाको अराजकता’ कालेबुङका युवा कवि जमातको प्रयासमा आयोजित यो कार्यक्रमलाई कृषक कल्याण सङ्गठनले सहप्रायोजना गरेको थियो। कार्यक्रममा मङ्पुका पुष्कर सिङर, कालेबुङका याम तामाङ, विशाल राई टिस्टे, डीके वाइबा, छेवाङ योञ्जन, मनोज राई, धिरेन सङ्घर्ष, सन्दिप कुलुङ, शिवु छेत्री, मदना ओझा, गेबु लेप्चा आदिले वजनदार कविता सुनाए। केटीभीको सहयोगले कालेबुङको त्रिकोण पार्कमा आयोजिक यो सडक कविता कार्यक्रमको मिडिया पार्टनर एकता टीभी कालेबुङ रहेको थियो।

0 comments:
Post a Comment