कालेबुङ
2 अक़्टोबर-(प्रदीप) प्रस्तावित त्रिपक्षीय
वार्तामा फलप्रद परिणाम निस्कन सकेन
भने पनि यसले आन्दोलनलाई अघि बढाउन सघाउ पुग्ने मोर्चा प्रवक्ता डा हर्कबहादुर छेत्रीको
धारणा छ। तिनले आउँदो लोकसभा चुनाउलाई केन्द्र गरी
केन्द्र सरकारको नियत देखेर आफूलाई यस्तो लागेको बताएका छन। तथापि, वार्ता अपेक्षाअनुरुप फलदायक हुन सकेन
भने पनि निराश भइहाल्नु पर्ने कुनै
कारण नरहेको डा छेत्रीको भनाइ छ। ‘केन्द्र सरकार धेरै दुब्लो छ अहिले, अगाडी 2014-को
लोकसभा चुनाउ छ। ममता व्यानर्जीप्रति
पनि
यिनीहरूको ध्यान केन्द्रित छ। नयाँ सरकार बनाउन उसको योगदानको महत्व छ,
व्यवहारिक
कुरा यिनै हुन। यसलाई ध्यानमा राखेर केन्द्रले के कति कुरा गर्छ त्यो अहिले भन्न सकिँदैन। यो
बैठकमा कुनै निष्कर्ष निस्केन भने पनि
निराश
हुनु पर्ने कारण छैन। मलाई चै के लाग्छ भने 20-14को सरकार गठन अघि कुनै पनि उल्लेखनीय निर्णय यो सरकारले
लिन सक्दैन। तैपनि हामीलाई आन्दोलन
अघि
बढाएर लैजान चै सहज हुन्छ। बैठकमा पहाडको ताजा परिस्थितिबारे कुरा उठाउन सक्छौं’ मोर्चाप्रवक्ताले भने। तिनले वार्ताको
वहसको विषय गोर्खाल्याण्ड नै
हुने दाबी गर्दै मोर्चाले जीटीए प्रमुखको चयन गरेको घटना पछि पनि मुद्दा अघि बढाउन सहयोग
पुगोस् भन्ने उद्देश्य रहेको स्पष्ट
पारेका
छन। जीटीएलाई सरकारले नियञ्त्रणमा लिन अघि नै मोर्चा यसमा भागीदार भएर यसलाई एउटा हतियारको रुपमा प्रयोग
गर्ने रणकौशलका साथ बिनय तामाङलाई जीटीए प्रमुख चयन
गरिएको तिनको भनाइ छ। आफ्नो तर्कको व्याख्या गर्दै डा छेत्रीले भने, ‘हामी जीटीएतिर बढी रहेका छैनौं। हामीले
प्रमुख छान्ने काम नगरेको भए दोहोरो
लडाईँ लड्नु पर्ने स्थिति आउने थियो। किनभने राज्य सरकारले जीटीएमा आफ्नो मान्छे राख्ने
तयारी गरीसकेको थियो। यदि त्यस्तो भएको भए एकापट्टि
हामीले जीटीएलाई नै काउण्टर गरि बस्नु पर्ने थियो भने अनि अर्कोतिर मुद्दालाई पनि लिएर अघि
बढ्नु पर्ने थियो। जीटीए प्रमुखको चयन गर्दा पनि हामीले
जेलमै भएका मानिसलाई छान्यौ। अब यो जीटीए पनि एक प्रकारले जेलमै छ भन्दा हुन्छ। यसलाई
अचल राखेर आन्दोलन अघि बढाउन सकिन्छ’ तिनले बोडोहरुले बोडो टेरिटोरियल
काउन्सिल त्याग नगरी राज्य प्राप्तिको आन्दोलन
जारी राखेको उदाहरण दिँदै अझ भने, ‘यो जीटीए छोड्नु भनेको चै एउटा हतियार फ्याँकेर खाली हात
लड्नु भनेको जस्तो हो। जीटीए एउटा हतियार हो तर
यसको सदूपयोग चैँ गर्न जान्नु पर्यो। अलग राज्य पाउनलाई कसरी यसलाई काममा लाउन
सकिन्छ, त्यो चै जानु पर्यो’ तिनले 23-को बैठकको मूल एजेण्डा गोर्खाल्याण्डमाथि
केन्द्रीत हुने बताउँदै यस अघि
केन्द्रीय
गृहमंत्री सुशिल कुमार सिन्दे अनि गृहसचिवसँगको भेटमा जीटीएको असफलता र समस्याबारे विस्तृतमा चर्चा
गरिसकिएको बताएका छन। तिनले राज्यको
नियञ्त्रणमा
रहेर कुनै पनि व्यवस्था सञ्चालन गर्न मोर्चालाई मञ्जुर नभएको कुरा केन्द्र सरकारको संज्ञानमा पुर्याउने
काम भइसकेको बताएका छन। ‘हामीलाई बङ्गालदेखि पूर्ण रुपले बाहिरको
व्यावस्था दिनोस भनेका छौं। केन्द्रको सोचाइमा यो
चैँ स्पष्ट होस कि गोर्खाहरूले दार्जीलिङको लागि मात्र आन्दोलन गरेका होइनन् अनि
परिचयको समस्या देशभरिका गोर्खालाई छ।
अनि
एउटा सिमानाले मात्रै गोर्खाहरूको परिचय संकटको हल गर्न सक्छ। त्यसकारण मात्र हामी वार्ता होस् भन्ने
चहान्छौं भनेपछि केन्द्रले यो मिति तय गरेको हो’ मोर्चा प्रवक्ता डा हर्कबहादुर छेत्रीले
भने। तिनले अहिले बहसको
केन्द्रमा देखा परिरहेको युटीको मुद्दाबारे मोर्चाको कुनै सरोकार नरहेको बताएका छन। यसबारे दलको
अडान खुलाउँदै तिनले भने, ‘ यो मुद्दा हाम्रो पक्षबाट आएको होइन, केन्द्रीय नेताहरूले यो विचार एउटा सेमिनारमा प्रकट गरेका हुन्। त्यो
विचारबारे हामी टिप्पणी गर्दैनौं। हाम्रो मुद्दा
गोर्खाल्याण्ड नै हो। पछि अघि बढ्दै जाँदा कुन कुन खुड्किलो भएर जानुपर्छ त्यो अहिले नै
भन्न सकिँदैन, तर यो चैँ केन्द्रीय नेतृत्वले यसरी सोचेको रहेछ भने एउटा
झलक मात्र हामीले पायौं’ तिनले एउटा प्रश्नको उत्तरमा वार्तामा गोजोएककै
प्रतिनिधि टोलीले भाग लिने बताएका छन्। गोजोएक
अध्यक्षको पदबाट बिमल गुरूङले दिएको राजीनामा स्वीकार नभइ सकेको अवस्थामा यही साझा मञ्चमार्फत मुद्दाको
पहल गर्ने मोर्चाको सोचरहेको तिनको
भनाइ
छ। ‘किनभने यतिबेला
गोजोएक र मोर्चा भनेर छुट्ट्याउनेबेला होइन। बैठकमा जाने टोली गोजोएककै हुन्छ अनि
कार्यक्रमहरू पनि यसकैब्यानरमा गर्छौ’ डा छेत्रीले भने।
3 Oct 2013
वार्ता आन्दोलनको एउटा अंश हुनेछ - ड़ा छेत्री
Related Posts:
GNLF loses office in Darjeeling Darjeeling, Oct. 28: The Gorkha National Liberation Front (GNLF), which had on Saturday opened its first office in Darjeeling after five years, lost the address today after the lease holder of the building removed the pa… Read More
Budding poets at public place draws ample attraction Kalimpong, Oct 30: Away from the regular speech from political icons everyday, the general people of this hamlet town found anew set of orators at Tricone Park giving in a full house audience to find deep grievances on po… Read More
BGP to launch youth wing soon PRADIP LOHAGUN KALIMPONG 1 Nov 2013 The Bharatiya Gorkha Parisangh has begun campaigns to connect youths to the organisation. It held an interactive programme today with likeminded youths here at the Gor… Read More
Morcha, Trinamul in rice row - Civic chairman says GTA Trinamul nominee came uninvited Darjeeling, Oct. 31: A rice distribution event for the poor became a venue of political tussle today when Morcha civic councillors objected to the presence of a Trinamul-nominated GTA Sabha member. The event was organ… Read More
अभिव्यक्तिको खतरा उठाउँदै सड़कमा कविहरू कालेबुङ, 30 अक्टोबर। ‘बन्दुकले कसलाई मार्छ? मान्छे कि मानवता?’ मङ्पूका पट्ठो कवि आशिशदीप राईले सोधेको यो प्रश्न थाना अघिल्तिर उभिएका स्रोताहरूतिर फर्खिएको थियो, स्रोताहरू भने कवितिर। तर कविता भने घरि बन्दुक हातमा बोकेर थ… Read More
0 comments:
Post a Comment