कालेबुङ, 23 जनवरी।
कालेबुङ सडक कविता समूहद्वारा 25 जनवरीको दिन काव्य संवाद
एंव नेपालका कवि विमला तुम्खेवाको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको छ। संयोजक प्रदीप लोहागुणले बताए अनुसार नेपाल -भारतका युवा कविहरूविच
काव्य संवाद गराउने उद्देश्यले यो कार्यक्रमको
आयोजन गरिएको हो। अघिबाट नै यो समूहले सडकमा कविता नामक कार्यक्रम चलाउँदै
आइरहेको छ। यसपटक सप्तश्री ज्ञानपीठ स्कुलको मैदानमा
दार्जीलिङका युवा कविहरूलाई भेला गरिने भएको छ। ‘युवा कविहरूविच हुने काव्य संवादले कविता लेखनलाई उचाईँ दिने वातावरण निर्माण
गरोस्
भन्ने हाम्रो सोंच छ,’ लोहगुणले भने,‘ कवितासितै केही विमर्श अनि वैचारिक विनियम
पनि हामीले राखेको अपेक्षा हो।’ नेपालका चर्चित
कवि विमला तुम्खेवाले एकल कविता वाचन गर्नेछन्। ‘जीवन र समाजलाई कविताको केन्द्रमा राखेर कविता कोर्न जुटेकी कवि हुन् विमला,’ तिनले
भने,‘नेपालका युवा कविहरूको कला र विचारसित दार्जीलिङका युवा कविहरूले साक्षात्कार गरुन् भन्ने हाम्रो उद्देश्य
हो।’ कार्यक्रमको तयारीमा व्यस्त रहेका कवि छेवाङ
योञ्जनले दार्जीलिङका चर्चित कविहरूलाई
पाठकले एकैसाथ मञ्चमा देख्न पाउने बताए। ‘उनीहरूलाई
पाठकले अलगअलग गरी पढिरहेका छन्,’ तिनले भने, यसपल्ट
पाठकले उनीहरूलाई एकै ठाउँ प्राप्त गर्न पाउनेछन्।’ यता, संयोजक मनोज बोगटीले कवि विमला तुम्खेवालाई सम्मान
पनि गरिने अनि कविहरूविच वर्तमान कविता
लेखनबिच चर्चा पनि हुने बताएका छन्।
0 comments:
Post a Comment