Manoj Bogati
कालेबुङ, 29 जनवरी। ‘जनता भनेको मानेको पातको थोपा सरह हो, पात हल्लिएपछि जनता भुइँमा खस्छ,’ गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले मदन तामङको हत्या हुन अघि जनतालाई लक्ष्य गर्दै भनेका थिए। मदन तामङको हत्यापछि जनता तिनको विरुद्धमा ओर्लिएको देखेपछि तिनले आफ्नो टिप्पणी सच्याए। ‘जनता भनेको मानेको पातको थोपा होइन रहेछ, जनता नरहे नेताको अर्थ नहुँदोरहेछ,’ गुरूङले दुईवटा टिप्पणी दुई फरक परिस्थिति भोगेपछि नै गरेका थिए। तिनी जब जिटिएका प्रमुख बने तब जनतालाई मानेको पातको थोपा भनेर अर्थाए। मदन तामङको हत्याले मोर्चा नेताहरूको हरिबिजोक पारेको बेला जनताले देखाएको आक्रोस देखेपछि जनतामाथि राखेको धारणा सच्याए। अहिले फेरि विमल गुरूङ जिटिएका प्रमुख बनेका छन् भने जनतालाई फेरि त्यही ‘मानेको पातको थोपा’ बताइरहेका छन्। तर विमल गुरूङले यतिबेला जनतालाई मानेको पातको थोपा बताइरहेका छन् जतिबेला जनता विभिन्न शक्तिहरूमा विभाजित छन्। मुखेञ्जी लोकसभा चुनाउ छ अनि राज्य सरकारले मोर्चालाई लिएर चलखेल सुरु गरिसकेको छ। मोर्चालाई जिटिएमा थन्काएर तृणमूलको सरकारले आन्दोलनकारी गोर्खाहरूलाई बोर्डको प्रलोभन देखाएर विभाजन गरिसकेको छ अनि राज्यसत्ताको यो चलखेलको केन्द्र केवल लोकसभा चुनाउ नै रहेको स्पष्ट छ। कुरा के चलिरहेको छ भने लोकसभा चुनाउमा तृणमूल कंग्रेसले उम्मेदवार दिने कि मोर्चाको उम्मेदवारलाई तृणमूलले सघाउने? मोर्चाको उम्मेदवारलाई तृणमूलले समर्थन गर्नु वा तृणमूलको उम्मेदवारलाई मोर्चाले समर्थन गर्नु एउटै कुरा हो। दुवैले पठाएको सांसद ‘गोर्खाल्याण्ड’को निम्ति होइन। लोकसभा चुनाउको मुद्दा गोर्खाल्याण्ड नभएपछि जनता निश्चित रुपमा मानेको पातको थोपा नै बन्ने हो। तर थोपा रहेको जनता तृणमूल कंग्रेसको सरकारको ‘विकास बोर्ड’-को पातमा छ। ‘बोर्ड’-को कारण लेप्चाहरूको भोट तृणमूल कंग्रेसको थैलोमा खस्न पनि निस्चित छ। अब खस जनजाति, खम्बु राई, तामाङ, भुजेल, भोटिया अथवा जो जो ‘बोर्ड’-को निम्ति कम्मेर कसेर निस्किएका छन्, उनीहरूको भोट पनि ‘बोर्ड’-ले पकाएर तृणमूल कंग्रेसको थैलोमा नै झर्ने निस्चित कुरा हो। हरेक जात गोष्ठीको भोट बोर्डको कारण गोर्खाल्याण्ड विरोधी तृणमूल कंग्रेसलाई जाने निश्चित देखेपछि विमल गुरूङले जनताको अर्थ मानेको पातको थोपा देख्नु आश्चर्यजनक होइन। कमसेकम गोर्खाल्याण्ड यस्तो मुद्दा थियो जसले समग्र जातगोष्ठीलाई एक सूत्रमा बॉंध्ने काम गरेको थियो। जब मुद्दा नै रहेन तब त्यो एकता फुटेर बोर्डमा विभाजित छ। यो विभाजन सम्पूर्ण जातिको निम्ति कतिको हानिकारक हो, त्यसबारे बहस भइरहेको छैन। डा. महेन्द्र पी. लामाले गरिरहेको कसरतले पनि भोट विभाजित हुने निश्चित रहेको छ। विमल गुरूङको पार्टीले छुट्टै राज्यको निम्ति राष्ट्रिय पार्टी भाजपा वा कंग्रेस कसलाई समर्थन गर्ने भन्ने कुराको जवाब स्वंय मोर्चासित पनि छैन। किन भने मोर्चाले शक्ति जातगोष्ठीमा विभाजित भइसकेको छ। छुट्टै राज्यको आन्दोलन घटेर विकासमा अल्झिएपछि पाहाडका जात गोष्ठीलाई ममताको ममतामा नै विश्वास हुन थालेको छ। विमल गुरूङमाथिको विश्वास गुमाएपछि नै ‘बोर्ड’-को राजनीतिले शक्ति प्राप्त गरेको हो। हरेक जात गोष्ठीको एकता अन्तमा ‘भोट’ शक्तिमा रुपान्तर भइसकेपछि जनता मानेको पातको थापा भन्दा धेर केही पनि नहुने निश्चित भयो। तर लोकसभा चुनाउ सकिएपछि यो शक्तिको अवस्था कस्तो हुने हो, त्यो लोकसभाभरि चल्ने चलखेेलले निर्धारण गर्ने निश्चित छ।

0 comments:
Post a Comment