Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Apr 2014

दोधारमा लामा

कालेबुङ 28 अप्रेल। (प्रदीप)ः लोकसभा चुनाउको परिणामपछि दार्जीलिङ पहाडको राजनैतिक परिदृश्य कस्तो हुनेछ? भाजपा
प्रार्थीले यहाँबाट चुनाउ जितेको
अवस्थामा गोर्खाल्याण्डको मुद्दाले नयाँ दिशा र गति पाउनेछ कि मोर्चा जीटीएको सुचारू सञ्चालनतिरै तल्लिन हुनेछ? कि गोरामुमोको शर्त अनुसार दागोपापको पुनर्बहाली हुनेछ? चुनाउपरिणामपछि परिदृश्यमा कुनै नयाँ राजनैतिक शक्तिको पदार्पण हुनेछ? पहाडको राजनीतिमा सामान्य चासो राख्ने मानिसहरूलाईसमेत यतिबेला यी प्रश्नहरूले गिँजोलेको छ। यी तमाम प्रश्नहरू अहिले कटमेरो रहे पनि चुनाउपछि नयाँ राजनैतिक शक्तिको उदय हुन्छ कि भन्ने अनुमान र सम्भावना भने ह्वात्तै चुलिएको छ। यो नयाँ राजनैतिक शक्ति डा महेन्द्र पी लामाकै नेतृत्वमा अस्तित्वमा आउन सक्ने सम्भावना प्रबल बन्दै गएको छ। डा लामालाई नयाँ राजनैतिक दलको गठन गर्न दबाउ बढेको छ। विशेष गरी उनका युवा समर्थकहरूले यो दवाउ बनाउन थालेका छन। तर डा लामाले भने यसलाई दबाउको साटो ओपिनियन’-को रूपमा व्याख्या गरेका छन। डीडीयुडीएफको ब्यानरमा निर्दल प्रार्थी भएर चुनाउ लडेका डा महेन्द्र पी लामा पनि अहिले आफ्ना समर्थकहरूको आग्रह,विचार र उत्साहको समिकरणबारे अध्ययन गर्ने क्रममा छन। उनी आफैले पनि नयाँ राजनैतिक दल गठन गर्ने कुरालाई सोझै नकारेका छैनन, तारतम्य मिले नयाँ दल गठन सकिन्छ भन्ने उनको आशयलाई आँखिओझेल गर्न मिल्दैन। नयाँ दलको गठनबारे अहिले चलिरहेको हल्लाबारे सोधिएको प्रश्नको सम्बन्धमा डा लामाले भने, ‘मेरा समर्थक र शुभचिन्तकहरूले मलाई सक्रिय राजनीतिमा आउन आग्रह गरिरहेका छन। विशेष गरी ग्रामिण भेकका युवावर्गबाट नयाँ राजनैतिक दल गठन गर्नुपर्छ भन्ने मत पाउँदैछु। म आफैले पनि विभिन्न क्षेत्रहरूमा पुगेर मानिसहरूसँग चर्चा र अन्तर्क्रिया पनि गर्दैछु। अहिले कुनै निष्कर्षमा पुगेको छुइनँ। सबैको मत र विचार सुनेर नै निर्णय लिनेछुयद्यपि उनले राजनैतिक दल गठन गर्ने कार्य सहज नरहेको मन्तव्य प्रकट गरेका छन। आफू भावनामा बगेर दल गठन गर्ने पक्षमा नरहेको उनको भनाइ छ। उनले नयाँ दलको गठनभन्दा बढी डीडीयुडीएफको आगामी कार्ययोजना, कार्यगत रणकौशलबारे छलफल र बिमर्श भइरहेको दावी गरेका छन। चुनाउपरिणामपछि पहाडको राजनीतिमा देखा पर्ने सम्भावनासँग जोडिएको एउटा प्रश्नको जवाफ दिँदै उनले भने, ‘गोजमुमो र गोरामुमोबीच तानातान र सत्ताको होडबाजी हुनसक्छ। चुनाउअघि गोरामुमोले राज्य सरकारसँग गरेको सम्झौताको आधारमा यो अवस्था निर्माण हुने सम्भावना प्रबल छ। गोर्खाल्याण्ड अथवा पञ्चायतिराज जस्ता ठूला मुद्दामा दलहरू केन्द्रित भए भने संघर्ष र तनाउ उत्पन्न नहोला तर जीटीए र दागोपापजस्ता मुद्दाहरूमा सत्तासंघर्ष भयो भने झगडा र हिंसा हुनसक्छअर्कोतिर, क्रामाकपा अनि डीडीयुडीएफको शीर्ष समितिका अध्यक्ष डा एनोसदास प्रधानले पनि सक्रिय राजनीतिमा डा महेन्द्र पी लामाको पदार्पण हुनुपर्ने विचार व्यक्त गरेका छन। डा एनोसदास प्रधानले भागोप अध्यक्षको हैसियतमा यसबारे टिप्पणी गर्न अस्वीकार गरे पनि व्यक्तिगत तवरमा उनले डा लामा राजनैतिक नेतृत्वका रूपमा अघि आउनु पर्ने बताएका छन। लोकसभा चुनाउ लड्नु मात्र उनको उद्देश्य होइन होला। समाजको गुणात्मक रूपान्तरको नारा लिएर अघि आएका डा लामा राजनीतिदेखि टाडा बसे यो सम्भव छैनयता, क्रामाकपाको कालेबुङ आञ्चालिक समितिका अध्यक्ष किशोर प्रधानले पनि एकजना बौद्धिक अनि समक्ष व्यक्तिका रूपमा चिनिएका डा महेन्द्र पी लामाको आगमनले राजनैतिक मुल्यबोध पनि बढेर जाने मन्तव्य जाहेर गरेका छन। बुद्धिजीवीहरू अरूको पछि लागेर स्वार्थसिद्धि गरेको इतिहास मात्र छ पहाडमा। डा लामाजस्ता अन्तराष्ट्रीय पहिचान र योग्यता भएका व्यक्ति सक्रिय राजनीतिमा आउनु सकरात्मक कुरा होकिशोर प्रधानले भने। उनले गोर्खाल्याण्डप्रति इमानदार र नेतृत्व सक्षम व्यक्ति राजनीतिमा आउँदा आन्दोलनलाई सामुहिक रूपमा अघि बढाउनसमेत प्रभावकारी हुने बताएका छन।

Related Posts:

  • Centre weak; maintain faith even if tripartite talks fail: Chettri PRADIP LOHAGUN KALIMPONG 2 Oct 2013 Gorkha Janmukti Morcha spokesperson Dr. Harka Bahadur Chettri today suggested people should not give up hope even if the upcoming tripartite meeting fails to yield any majo… Read More
  • वार्ता आन्दोलनको एउटा अंश हुनेछ - ड़ा छेत्री कालेबुङ 2 अक़्टोबर-(प्रदीप) प्रस्तावित त्रिपक्षीय वार्तामा फलप्रद परिणाम निस्कन सकेन भने पनि यसले आन्दोलनलाई अघि बढाउन सघाउ पुग्ने मोर्चा प्रवक्ता डा हर्कबहादुर छेत्रीको धारणा छ। तिनले आउँदो लोकसभा चुनाउलाई केन्द्र गरी केन्द्… Read More
  • Deb warns of strict action against agitators Darjeeling 2 Oct 2013 The state government will not tolerate anyone, including the Gorkha Janmukti Morcha, taking the law into their hands,  ministers will continue visiting the hills to oversee developmen… Read More
  • ‘Janta’ poster accusing GJM chief surfaces again PRADIP LOHAGUN KALIMPONG 2 Oct 2013 Kalimpong today saw yet another ‘janta’ poster urging the GJM leadership of refraining from including students in any form of agitation. The poster in the town’s main road … Read More
  • Tremor in Sikkim Gangtok, Oct. 3: An earthquake measuring 5 on the Richter scale jolted Sikkim around 11.43am today forcing people out of their houses. No damage was reported but the panic was palpable as Sikkim, especially the north, had… Read More

0 comments: