Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

29 Apr 2013

धिरेन अनि बलरामको संयुक्त गजल सङ्‌ग्रह ‘मनको मझेरीमा’को -लोकार्पण

कालेबुङ, 27 अप्रेल। धिरेन सङ्घर्ष अनि बलराम राईको संयुक्त गजल सङ्‌ग्रह ‘मनको मझेरीमा’ नामक पुस्तक कालेबुङ पत्रकार सम्मेलन भवनमा आज लोकार्पण भयो। कार्यक्रममा अतिथिहरूको रुपमा उपस्थित कथाकार सञ्जय विष्ट, कवि सुधिर छेत्री अनि गजलकार एवं समिक्षक शैलेन्द्र शमदर्शीको बाहुलीबाट पुस्तक लोकार्पण गरिएको हो। ‘मनको मझेरीमा’-पुस्तक धिरेन सङ्घर्षको तेस्रो कृति हो भने बलराम राईको यो प्रथम कृति हो। यस कार्यक्रममा गलजकार सङ्घर्ष अनि राई दुवैले आफ्नो कुराहरू राख्दै गजल बाचन गरेका थिए। ‘नेपाली साहित्य लेखन परम्परामा गजल लेखनको महत्व छुट्टै। यसले पाठकलाई प्रचुर रस प्रदान गर्नसक्छ अनि यो विधामा कलम चलाउनेहरू निक्कै कम रहेकोले नै मैले गजल लेख्ने प्रयास गरेको हुँ’-बलराम राईले भने। अर्कोतिर धिरेन सङ्घर्षले भने, गजल लेखन धेरै गाह्रो विधा हो। गजल लेख्दा धेरै नियम पालन गर्नुपर्ने भएकाले अग्रजहरूको सहल्लाहअनुसार गजलहरू नियमबद्ध रुपमा नै रचना गर्ने प्रयास गरेका छौं। पत्रकार प्रज्जवल छेत्रीले स्वागत भाषण राखेको कार्यक्रममा गजलकार सुवास श्रेष्ठले दुवै पुस्तक रचनाकारको परिचायक भाषण राख्दै पुस्तकमा समावेश गजलहरू केलाएका थिए। ‘मनको मझेरीमा’-पुस्तकमा दुवै रचनाकारले खुबै आकर्षक ढङ्गमा गजलहरू कोरेका छन्‌ जहॉं गजलका नियमहरू पनि असल रुपमा पालन गरिएको छ’-श्रेष्ठले भने। मुख्य रुपले उपस्थित कथाकार सञ्जय विष्टले गजल विधामा यी दुवै युवाहरूले चलाएको कलमलाई सराहनीय बताए। ‘शुरुमा कोही पनि तिखारिएका हुँदैन्‌। तर लेखनलाई निरन्तरता दिनुपर्छ। भविष्यमा युवा दुइ युवाका गजल लेखनले धेरै पाठकहरूलाई तान्नसकोस्‌’-उनले भने। गजल समीक्षक शैलेन्द्र समदर्शीले गजल लेखनबारे समीक्षात्मक वक्तव्य प्रस्तुत गरेका थिए। यसरी नै कवि सुधिर छेत्रीले गजल विधा नेपालीको मौलिकता होइन भन्नु नहुने भन्दै साहित्यमा अब कुनै पनि विधा मौलिकता नरहेर ग्लोबल भइसकेको बताए। प्रदिप लोहागुण अनि अमिर बस्नेतको कविता वाचन साथै सुवास श्रेष्ठको गजल गायनले कार्यक्रमको रौनकता बढाएको थियो। पत्रकार अनिल तेलैजाले सञ्चालन गरेको कार्यक्रममा पत्रकारहरू छेवाङ योञ्जन, याम तामाङ्ग, नरेद्र तामङ्ग, ललिता प्रसाद आदिको विशेष उपस्थिति थियो।

जीटीए प्रमुख विमल गुरुङद्वारा तीनवटा महत्वपूर्ण परियोजनाहरूको शिलान्याश

कालेबुङ, 27 अप्रेल। कालेबुङमा आज जीटीएबाट तीनवटा महत्वपूर्ण परियोजनाहरूको शिलान्यास गरिएको छ। यहॉंको विवादित नोभेल्टी सिनेमा परिसरअनि मेलाग्राउण्डनजिक निर्माण गरिने दुइवटा कारपार्किङ कम्प्लेक्स साथै डेलो टुरिष्ट लजको अतिरिक्त नयॉं विल्डिङ् निर्माण योजनाको आज शिलान्याश गरिएको हो। रिमोटकन्ट्रोलको माध्यबाट उनको आज यी तीनवटा परियोजनाहरूको शिलान्याश गरेका हुन्‌। शिलान्यास गरे। चारतले मॉं सन्तोषी भेहिकल पार्किङ कम्प्लेक्सको भूमिपुजन गरेपछि नोभेल्टा परिसरबाट नै उनले यी तीनवटा मेघा परियोजनाहरुको शिलान्यास गरे। यसअवधी जीटीए उपप्रमुख कर्णेल रमेश आले, सभासद रोशन गिरी, विधायक डा. हर्कबहादुर छेत्री, ज्योति कुमार राई लगायत कालेबुङका सभासदहरुको उपस्थिति थियो। कालेबुङवासीको टार्फिक व्यवस्था सुदृढ गर्न यो दुइवटा बहुतल्ले कार पार्किङको निर्माण गरिने अनि डेलो टुरिष्ट लजको अतिरिक्त भवनको निर्माण गरेर जीटीएले पर्यटन विकासमा पनि सहायता पुर्‍याउने उद्देय राखेको छ। नोभेल्टी हल परिसरमा निर्माण गरिने चारतले पार्किङ कम्प्लेक्सको निर्माणलागत 17 करोड रुपियॉं जीटीएको अनुमोदन गरेको छ साथै यहॉं मोठ पच्चिसवटा बस, 169 वटा साना गाडी अनि 54 वटा दुइचक्के वाहनको पार्किङ सुविधा उपलब्ध हुने बताइएको छ। यसरी नै मेलाग्राउण्डनजिकमा गरिने तीनतल्ले कार पार्किङ कम्प्लेक्समा 75 वटा साना गाडीहरु पार्किङ गर्न सकिनेछ। यसरी नै डेलोस्थित टुरिष्ट लजको नयॉं अतिरिक्त भवनको निर्माणको निम्ति उन्नाइस लाख तीन हजार चौरासी रुपियॉं अनुमोदन गरिएको छ। आज जीटीए प्रमुख विमल गुरुङले यी परियोजनाहरूको निर्माण चॉंडै शुरु गर्ने निर्देश पनि दिएका छन्‌। नोभेल्टा परिसरमा मल्टी कार पार्किङ क्म्प्लेक्स बनाउने योजना अहिलेदखिको होइन। तर यहॉं कम्पलेक्स्‌ बनाइँदै लगभग 53 परिवार विस्थापित हुने भएकाले उनीहरूले आफ्नो ठाउँ खाली गर्न अस्वीकार गर्दै आइरहेको थिए। तर यसैबीच आज जीटीएद्वारा शिलान्यास गरिएको छ। यी विस्थापित परिवारको पुनर्वासको प्रबन्ध जीटीएले गरिदिने भएको छ। यस परियोजनाका कारण बिस्तापित हुने परिवारहरुलाई पुर्नवास गराइदिने भन्दै गुरुङले नआत्तिने सुझाउ दिएका छन्‌। आज उनले परियोजनाले प्रभावित हुने परिवारमध्ये छ जनालाई नगरपालिकाद्वारा निर्मित मल्टी कम्प्लेक्समा व्यापारिक प्रतिष्ठान सञ्चालन गर्न चाबी पनि प्रदान गरका छन्‌। कालेबुङवासीहरुलाई धेरभन्दा धेर सुुविधाहरू उपबल्ध गराउने बचन दिँदै उनले विस्थापितहरुलाई दिएको बचन पूरा गर्ने बताएका छन्‌।

शरीरमा आगो झोसेर 16 वर्षीय किशोरीद्वारा आत्माहत्या

कालेबुङ, 27 अप्रेल। आज बेलुकी लगभग 5 बजीतिर यहॉंको भालुखोपस्थित मुर्दाघरमा गएर शरीरभरि मट्टितेर छर्केर एकजना किशोरीले आत्माहत्या गरेकी छन्‌। आत्मादाह गर्ने किशोरी 16 वर्षीय रक्षा छेत्री रम्बी निवासी हुन्‌। घटनाअनुसार केही दिनदेखि उनी भालुखोपस्थित आफन्तको घरमा बस्नेगर्थिन्‌। आज दिउँसो उनी मट्टितेल ल्याउनको निम्ति राशिन दोकान गएकी थिइन्‌। तर यसैबीच राशिन दोकानबाट घरतर्फ फर्किँदै गर्दा उनले राशिन दोकनबाट ल्याएको मट्टितेल आफ्नै शरीरमा हालेर आफैलाई आगो लगाकी हुन्‌। शरीरमा आगो दन्किएपछि उनी धेरै जोडले कराउन पुगेकी थिइन्‌। केही टाडामा घॉंस काटिरहेका एक व्यक्तिले उनको आवाज सुनेपछि युवक घटनास्थलमा पुगेपनि धेरै अबेर भइसकेको थियो। यसैबीच दमकललाई सम्पर्क गरिएको भएपनि युवतीको मृत्यु भइसकेको बताइएको छ। पुलिसले घटनास्थलमा पुगेर हेर्दा युवतीको मृत्यु भइसकेको थियो भने उनकै फोन भेटेपछि मात्र मृतक युवतीको पहिचान हुनसकेको हो। युवतीको शव पोष्टमोर्टमको निम्ति कालेबुङ महकुमा अस्पताल पठाइएको छ भने आत्माहत्याको कारण खुल्न सकेको छैन।

कालेबुङको विकास अनि पूर्वाधारहरूको निर्माण गर्न जीटीएले 66 करोड रुपिँया खर्च गर्ने

प्रज्ज्वल छेत्री कालेबुङ, 27 अप्रेल। कालेबुङमा नयॉं पूर्वाधारहरूको निर्माण अनि विकासमूलक परियोजनाहरूको निम्ति जीटीएले लगभग 66 करोड रुपिँया खर्च गर्ने तय गरेको छ। जीटीएमार्फत कालेबुङमा अघिबाटै शुरु भइसकेको अनि हुनलागेको धेरै परियोजनाहरूको निमित्त उक्त राशीको अनुमोदन प्रक्रिया चलिरहेको जीटीए पर्यटन विभागका कार्यकारी निर्देशक सोनाम भोटियाले बताएका हुन्‌। यहॉंको नोभेल्टी परिसरमा आयोजित आजको विभागीय कार्यक्रममा उनले यसबारे जानकारी गराउँदै विस्तृत रिपोर्ट पेश गरेका हुन्‌। कालेबुङको निम्ति जीटीएमार्फत गरिने विकासमूलक परियोजना अनि निर्माणलागतबारे उनले आज रिपोर्ट पेश गरेका थिए। उनीअनुसार, आज नोभेल्टी परिसरमा शिलान्यास भएको मॉं सन्तोषी भेहिकल पार्किङ कम्प्लेक्स कालेबुङको निम्ति सबैभन्दा महत्वपूर्ण विकास कार्य हो। यस परियोजनाको निम्ति जीटीएले 17 करोड रुपियॉं अनुमोदन गरेको छ। भोटियाअनुसार, यस परियोजनाको कारण विस्तापित हुनसक्ने लगभग 50 परिवारको व्यवस्थापानको निम्ति अझ दुइचार करोड रुपिँया बढाइनेछ। यसरी नै, कफेरको सरकारी लज डॉंफे-मुनालको आधुनिकीकरणको निम्ति एक करोड सात लाख राज्य सरकारले प्रदान गर्नेछ। गोरुबथानस्थित दालिनगढीको पुनर्निर्माण गर्न 90 लाख, चेलखोलाको सुन्दरीकरणको निम्ति 75 लाख, लाभानजिक रहेको पर्यटनस्थल रिकीसुमको पूर्वाधार निर्माणको निम्ति 76 लाख, डेलो टुरिष्ट लजको बिजुलीसजावटको निम्ति 14 लाख रुपियॉं अनुमोदन भएको छ। ‘कालेबुङमा धेरैवटा नयॉं परियोजनाहरु निर्माण गर्ने जीटीएको सोच छ। ‘कालेबुङमा शुरु भइसेकेको निम्ति शुरु हुनलागेको विकासका योजनाहरू पूर्ण गर्न लगभग 66 करोड रुपिँया खर्च हुनेछ’-निर्देशक सोनाम भोटियाले भने। आज जारी गरिएको तथ्याङ्‌कअनुसार, रेलीमा पर्यटन विकासको पूर्वाधार निर्माण गर्न वाटर किङ्गडमको निम्ति आठ करोडको बजेट छुट्टाइएको छ भने लाभाको नोकडॉंडा, कालेबुङ र चित्रेको पर्यटन स्वागत केन्द्र(टीआरसी), टिस्टानजिक त्रिवेणीको विभागीय लज, लाभाको छाङ्गे फल्स, मूलखर्क आदि स्थलहरुको पूर्वाधार विकास, आधुनिकीकरण, सुन्दरीकरण र मरम्मतसम्भारको निम्ति जीटीएले करोडौं रुपियॉं खर्च गर्ने भएको छ। अर्कोतिर, जीटीए पर्यटन विभागका मेम्बर अन ड्युटी दावा लेप्चाले भने, कालेबुङमा यी परियोजनाहरुको निर्माण कार्य पूरा भए यो क्षेत्र आकर्षक पर्यटनस्थलको रुपमा स्थापित हुनेछ। यी योजनाहरुको निर्माणले कालेबुङबासीलाई सुखसुविधा मात्र प्रदान गर्दैन तर कालेबुङको नयॉं परिचय हुने विश्वास पनि उनले प्रकट गरेका छन्‌। यी परियोजनाहरू आम नागरिक अनि विभागको मैत्रीपूर्ण सम्बन्धमा मात्र साकार हुने भएकोले सबैले सहयोग पुर्‍याउनेपर्ने पनि उनले आह्वान गरेका छन्‌।