29 Apr 2013
कालेबुङको विकास अनि पूर्वाधारहरूको निर्माण गर्न जीटीएले 66 करोड रुपिँया खर्च गर्ने
प्रज्ज्वल छेत्री
कालेबुङ, 27 अप्रेल।
कालेबुङमा नयॉं पूर्वाधारहरूको निर्माण अनि विकासमूलक परियोजनाहरूको निम्ति जीटीएले लगभग 66 करोड रुपिँया खर्च गर्ने तय गरेको छ। जीटीएमार्फत कालेबुङमा अघिबाटै शुरु भइसकेको अनि हुनलागेको धेरै परियोजनाहरूको निमित्त उक्त राशीको अनुमोदन प्रक्रिया चलिरहेको जीटीए पर्यटन विभागका कार्यकारी निर्देशक सोनाम भोटियाले बताएका हुन्। यहॉंको नोभेल्टी परिसरमा आयोजित आजको विभागीय कार्यक्रममा उनले यसबारे जानकारी गराउँदै विस्तृत रिपोर्ट पेश गरेका हुन्। कालेबुङको निम्ति जीटीएमार्फत गरिने विकासमूलक परियोजना अनि निर्माणलागतबारे उनले आज रिपोर्ट पेश गरेका थिए। उनीअनुसार, आज नोभेल्टी परिसरमा शिलान्यास भएको मॉं सन्तोषी भेहिकल पार्किङ कम्प्लेक्स कालेबुङको निम्ति सबैभन्दा महत्वपूर्ण विकास कार्य हो। यस परियोजनाको निम्ति जीटीएले 17 करोड रुपियॉं अनुमोदन गरेको छ। भोटियाअनुसार, यस परियोजनाको कारण विस्तापित हुनसक्ने लगभग 50 परिवारको व्यवस्थापानको निम्ति अझ दुइचार करोड रुपिँया बढाइनेछ। यसरी नै, कफेरको सरकारी लज डॉंफे-मुनालको आधुनिकीकरणको निम्ति एक करोड सात लाख राज्य सरकारले प्रदान गर्नेछ। गोरुबथानस्थित दालिनगढीको पुनर्निर्माण गर्न 90 लाख, चेलखोलाको सुन्दरीकरणको निम्ति 75 लाख, लाभानजिक रहेको पर्यटनस्थल रिकीसुमको पूर्वाधार निर्माणको निम्ति 76 लाख, डेलो टुरिष्ट लजको बिजुलीसजावटको निम्ति 14 लाख रुपियॉं अनुमोदन भएको छ। ‘कालेबुङमा धेरैवटा नयॉं परियोजनाहरु निर्माण गर्ने जीटीएको सोच छ। ‘कालेबुङमा शुरु भइसेकेको निम्ति शुरु हुनलागेको विकासका योजनाहरू पूर्ण गर्न लगभग 66 करोड रुपिँया खर्च हुनेछ’-निर्देशक सोनाम भोटियाले भने। आज जारी गरिएको तथ्याङ्कअनुसार, रेलीमा पर्यटन विकासको पूर्वाधार निर्माण गर्न वाटर किङ्गडमको निम्ति आठ करोडको बजेट छुट्टाइएको छ भने लाभाको नोकडॉंडा, कालेबुङ र चित्रेको पर्यटन स्वागत केन्द्र(टीआरसी), टिस्टानजिक त्रिवेणीको विभागीय लज, लाभाको छाङ्गे फल्स, मूलखर्क आदि स्थलहरुको पूर्वाधार विकास, आधुनिकीकरण, सुन्दरीकरण र मरम्मतसम्भारको निम्ति जीटीएले करोडौं रुपियॉं खर्च गर्ने भएको छ। अर्कोतिर, जीटीए पर्यटन विभागका मेम्बर अन ड्युटी दावा लेप्चाले भने, कालेबुङमा यी परियोजनाहरुको निर्माण कार्य पूरा भए यो क्षेत्र आकर्षक पर्यटनस्थलको रुपमा स्थापित हुनेछ। यी योजनाहरुको निर्माणले कालेबुङबासीलाई सुखसुविधा मात्र प्रदान गर्दैन तर कालेबुङको नयॉं परिचय हुने विश्वास पनि उनले प्रकट गरेका छन्। यी परियोजनाहरू आम नागरिक अनि विभागको मैत्रीपूर्ण सम्बन्धमा मात्र साकार हुने भएकोले सबैले सहयोग पुर्याउनेपर्ने पनि उनले आह्वान गरेका छन्।
Related Posts:
Scarcity of drinking water in SchoolRANGPO-6TH MARCH12More than 600 students of Rangpo mining secondary school are facing huge problems due to scarcity of drinking water. According to the news from fifteen days scarcity of drinking water is shown in school a… Read More
युवा मोर्चाको मिरिक शाखाले क्षेत्रका युवा अनि विद्यार्थीवर्गलाई दूर्व्यवसनबाट टाडा राख्न अनि उनीहरुको समस्यालाई निदान गर्ने दिशामा पहल शुरु गरेको छ6 मार्च (कालेबुङ):-गोर्खा जनमुक्ति युवा मोर्चाको मिरिक शाखाले क्षेत्रका युवा अनि विद्यार्थीवर्गलाई दूर्व्यवसनबाट टाडा राख्न अनि उनीहरुको समस्यालाई निदान गर्ने दिशामा पहल शुरु गरेको छ। युवा मोर्चाले आइतबार मिरिकमा सम्बन्धित पक… Read More
Citi and Life Insurance Corporation of India to set up India’s first Infrastructure Debt FundSANJAY AGARWAL-RANGPO-6THMARCH12-ICICI Bank, Bank of Baroda, Citi and Life Insurance Corporation of India to set up India’s first Infrastructure Debt Fund.as per the information received from the banks management of the sai… Read More
दार्जीलिङ जिल्ला अस्पताल अनि कालेबुङ महकुमा अस्पताललाई सुपर स्पेशिलिटी अस्पतालको रुपमा बढोत्तरी गर्ने7 मार्च (कालेबुङ):- पश्चिम बंगालको तृणमूल सरकारले दार्जीलिङ पहाडको कायाकल्प परिवर्तन गर्ने आफ्नो बचनलाई व्यवहारमा परिणत गर्ने दिशामा पहल शुरु गरेको छ। दार्जीलिङ पहाडमा विकासको कार्यलाई गति दिँदै राज्य सरकारले दार्जीलिङ जिल्ला… Read More
world lightest airplane by Pukar's TeamsSANJAY AGARWAL-RANGPO-6TH FEBRURY12Sikkim's UAV lad Pukar Pandey & team heads for USA.Started his study from east point senior secondary school taken education from ATTC bardang ang left for maharshi markedeshwar university p… Read More
0 comments:
Post a Comment