Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

29 Apr 2013

हिमालय पिपल्स च्यानलको प्रसारणमा गोजमुमोले प्रतिबन्ध लगाएपछि निक्कै दिनदेखि चुलिएको यस पत्रकारितमाथिको विवादलाई केन्द्र गर्दै आज गोजमुमो केन्द्रिय सह-सचिव एवं सभासद् विनय तामाङ्गले मुख खोलेका छन्‌

कालेबुङ, 28 अप्रेल। हिमालय पिपल्स च्यानलको प्रसारणमा गोजमुमोले प्रतिबन्ध लगाएपछि निक्कै दिनदेखि चुलिएको यस पत्रकारितमाथिको विवादलाई केन्द्र गर्दै आज गोजमुमो केन्द्रिय सह-सचिव एवं सभासद् विनय तामाङ्गले मुख खोलेका छन्‌। जर्नलिष्ट एसोसिएसन अफ्‌ कालेबुङको स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही पत्रकारहरूले राजनैतिक स्वार्थप्रेरित भएर काम गर्ने गरेका छन्‌ भन्ने आशय पोखेका छन्‌। ‘पत्रकारिता गणतन्त्रको चौथौ स्तम्भ हो। यसलार्ई राजनीतिदेखि अक्षुण राख्नुपर्छ। पत्रकारितामा संलग्न व्यक्तिहरू राजनीति प्ररेत छन्‌ भने चाहेर पनि समाज स्वच्छ हुन सक्दैन’-विनय तामाङ्गले भने। आफू कोलकातामा छँदा पत्र-पत्रिकामा प्रकाशित भएको समाचार सम्बन्धमा आफूले स्पष्टिकरण दिनैपर्ने भएकोले यो मञ्च सही रहेको उनले बताए। ‘पत्रकारहरू भनेको समाजको ऐना हुन्‌। तर ऐना नै चर्किएको छ भने सही रुपले प्रतिविम्भित हुन सक्दैन। यसैले ऐना चर्किएको हुनुहुँदैन’-उनले भने। उनले अझ आरोप लगाएअनुसार, कुनै पनि मिडियाहाउस निष्पक्ष अनि स्वतन्त्र छ भनेर किटान गर्न सकिँदैन। गोजमुमोको आन्दोलनकालमा पनि कतिपय बङ्गाल च्यानलहरूको यस्तो उदाहरण दिइसकेको बताए। ‘राष्ट्रिय स्तरका मिडियाहरूलाई पनि प्रत्यक्ष वा परोक्ष रुपमा कर्पोरेट हाउसहरूले सहयोग गर्ने गरेको छ। कर्पोरेट हाउसको उद्देश्य पनि कहीँ गएर राजनीतिसित नै ठोक्किन्छ’-तामाङ्गले भने। पत्रकारिता देशको चौथो स्तम्भ भनिएपनि धेरै कर्मीहरू कुनै न कुनै दलसित संलग्न भएर नै काम गर्ने गरेको आशय उनले पोखेका छन्‌ कालेबुङ पत्रकारिताको क्षेत्रमा उर्वर रहेकोमा उनले सरहाना गरे। ‘पत्रकारिता क्षेत्रमा कालेबुङमा बेग्लै स्थान छ। तर यसको अर्थ दार्जीलिङ अनि खरसाङमा पत्रकारिता छैन भन्ने होइन। यहॉं पत्रकारहरू इच्छाशक्तिले खडा भएका छन्‌। समाजलाई दिनुपर्ने कुराहरू पनि दिइरेहेका छन्‌। तर उनीहरूलाई मार्गदर्शनको आवश्यकता छ’-उनले भने। उनले अझ भनेअनुसार, जीटीए दागोपापको तुलनामा अधिक क्षमतावान व्यवस्था हो। धेरै विभागहरू जीटीएमा पर्छ। जसमा सूचना अनि प्रसारण विभाग आफै हेरिरहेका छन्‌। यही विभागलाई सरकारले दिएको क्षमताअनुसार जीटीए क्षेत्रभरिका केबलहरू चल्नुपर्छ भनी उनले बताए। केबलमा प्रसारण हुने समाचार एवं व्यवसायिक कार्यक्रमहरूको निम्ति विभागले अहिले नै नियमहरू बनाएको छैन। तर अब चॉंडै मई महिनातिर सम्पूर्ण केबल ओपरेटरहरूसित सभा गरेर विभागीय निमय बनिएपछि त्यही नियमभित्र केबल प्रसारण हुने पनि तामाङ्गले बताए। यसबाहेक जीटीए क्षेत्रमा एफएम सञ्चाल गर्ने प्रक्रिया पनि चलिरहेको अनि सेटलाइट च्यानको निम्ति पनि केन्द्र सरकारले सम्भवत्‌ जुलाई महिनामा एनओसी दिनसक्ने विश्वास उनले व्यक्त गरे।

Related Posts:

  • कालेबुङ आर्ट ग्यालरीको विधिवत उद्घाटन12(कालेबुङ)- कालेबुङका चित्रकारहरुको प्रयासमा आज कालेबुङ आर्ट ग्यालरीको विधिवत उद्घाटन गरिएको छ। कालेबुङको अप्पर कार्ड रोडमा अवस्थित बरसाना रिसोर्ट परिसरमा स्थापना गरिएको उक्त आर्ट ग्यालरीको आज एउटा विशेष कार्यक्रमको आयोजना ग… Read More
  • Freedom fighter who drove Netaji’s car diesDarjeeling, Sept. 12: Krishna Bahadur Mukhia, who once drove Netaji Subhas Chandra Bose’s car during his INA days, died in Darjeeling on the night of September 11.One of the last freedom fighters in the hills, Krishna Bahahur… Read More
  • Transfer charge on GTA, ‘victims’ to protest - GNLF to oppose orders and hold ralliesVIVEK CHHETRIDarjeeling, Sept. 11: The GNLF has accused the GTA of victimising its supporters, employed with the hill set up, by transferring them to remote places and said the orders would not be accepted.GNLF leaders, who h… Read More
  • Heroin haul in hillsDarjeeling, Sept.11: Darjeeling police today arrested an alleged drug supplier with what they suspect to be a kilogram of heroin.Kunal Aggarwal, the superintendent of police of Darjeeling, said: “We had prior information that… Read More
  • Darjeeling ready for date with Barfi!Siliguri, Sept. 13: Renuka Sharma’s yearlong wait will be over tomorrow when Barfi! releases.The 58-year-old is enthusiastic about the film not only because a portion of the movie has been shot in her hometown Tindharia but a… Read More

0 comments: