29 Apr 2013
जीटीए प्रमुख विमल गुरुङद्वारा तीनवटा महत्वपूर्ण परियोजनाहरूको शिलान्याश
कालेबुङ, 27 अप्रेल।
कालेबुङमा आज जीटीएबाट तीनवटा महत्वपूर्ण परियोजनाहरूको शिलान्यास गरिएको छ। यहॉंको विवादित नोभेल्टी सिनेमा परिसरअनि मेलाग्राउण्डनजिक निर्माण गरिने दुइवटा कारपार्किङ कम्प्लेक्स साथै डेलो टुरिष्ट लजको अतिरिक्त नयॉं विल्डिङ् निर्माण योजनाको आज शिलान्याश गरिएको हो। रिमोटकन्ट्रोलको माध्यबाट उनको आज यी तीनवटा परियोजनाहरूको शिलान्याश गरेका हुन्। शिलान्यास गरे। चारतले मॉं सन्तोषी भेहिकल पार्किङ कम्प्लेक्सको भूमिपुजन गरेपछि नोभेल्टा परिसरबाट नै उनले यी तीनवटा मेघा परियोजनाहरुको शिलान्यास गरे। यसअवधी जीटीए उपप्रमुख कर्णेल रमेश आले, सभासद रोशन गिरी, विधायक डा. हर्कबहादुर छेत्री, ज्योति कुमार राई लगायत कालेबुङका सभासदहरुको उपस्थिति थियो। कालेबुङवासीको टार्फिक व्यवस्था सुदृढ गर्न यो दुइवटा बहुतल्ले कार पार्किङको निर्माण गरिने अनि डेलो टुरिष्ट लजको अतिरिक्त भवनको निर्माण गरेर जीटीएले पर्यटन विकासमा पनि सहायता पुर्याउने उद्देय राखेको छ। नोभेल्टी हल परिसरमा निर्माण गरिने चारतले पार्किङ कम्प्लेक्सको निर्माणलागत 17 करोड रुपियॉं जीटीएको अनुमोदन गरेको छ साथै यहॉं मोठ पच्चिसवटा बस, 169 वटा साना गाडी अनि 54 वटा दुइचक्के वाहनको पार्किङ सुविधा उपलब्ध हुने बताइएको छ। यसरी नै मेलाग्राउण्डनजिकमा गरिने तीनतल्ले कार पार्किङ कम्प्लेक्समा 75 वटा साना गाडीहरु पार्किङ गर्न सकिनेछ। यसरी नै डेलोस्थित टुरिष्ट लजको नयॉं अतिरिक्त भवनको निर्माणको निम्ति उन्नाइस लाख तीन हजार चौरासी रुपियॉं अनुमोदन गरिएको छ। आज जीटीए प्रमुख विमल गुरुङले यी परियोजनाहरूको निर्माण चॉंडै शुरु गर्ने निर्देश पनि दिएका छन्। नोभेल्टा परिसरमा मल्टी कार पार्किङ क्म्प्लेक्स बनाउने योजना अहिलेदखिको होइन। तर यहॉं कम्पलेक्स् बनाइँदै लगभग 53 परिवार विस्थापित हुने भएकाले उनीहरूले आफ्नो ठाउँ खाली गर्न अस्वीकार गर्दै आइरहेको थिए। तर यसैबीच आज जीटीएद्वारा शिलान्यास गरिएको छ। यी विस्थापित परिवारको पुनर्वासको प्रबन्ध जीटीएले गरिदिने भएको छ। यस परियोजनाका कारण बिस्तापित हुने परिवारहरुलाई पुर्नवास गराइदिने भन्दै गुरुङले नआत्तिने सुझाउ दिएका छन्। आज उनले परियोजनाले प्रभावित हुने परिवारमध्ये छ जनालाई नगरपालिकाद्वारा निर्मित मल्टी कम्प्लेक्समा व्यापारिक प्रतिष्ठान सञ्चालन गर्न चाबी पनि प्रदान गरका छन्। कालेबुङवासीहरुलाई धेरभन्दा धेर सुुविधाहरू उपबल्ध गराउने बचन दिँदै उनले विस्थापितहरुलाई दिएको बचन पूरा गर्ने बताएका छन्।
Related Posts:
आन्दोलनलाई तीव्रता दिने तयारीमा क्रामाकपा कालेबुङ 9 अक्टोबर (प्रदीप) क्रामाकपाको कालेबुङ आञ्चालिक समिति दशैँपछि छुट्टै राज्यको आन्दोलनलाई तीव्रता दिने तयारीमा छ। आञ्चालिक समितिको कोर कमिटिको बैठकमा आज यो प्रस्ताव ग्रहण गरिएको छ। यहाँको सातदोबाटोस्थित पार्टी कार्यालय… Read More
CPRM to take statehood movement forward post Dusshera PRADIP LOHAGUN KALIMPONG 9 Oct 2013 The core committee of the Kalimpong CPRM unit today held a meeting where it was decided to intensify the statehood agitation after Dusshera. The meet was presided over by C… Read More
AIGL welcomes SC move PRADIP LOHAGUN KALIMPONG 9 Oct 2013 The All India Gorkha League has welcomed the decision of the Supreme Court to shift the Madan Tamang murder case from Darjeeling to a civil court in Kolkata. Addressing… Read More
GJM to abandon violence for talks: Bimal Gurung KURSEONG 7 Oct 2013 Gorkha Janmukti Morcha chief Bimal Gurung today addressed party supporters at the Kurseong motor stand on the occasion of the GJM’s seventh foundation day. He announced the GJM has decided t… Read More
Sikkim’s first Hindi movie coming up Gangtok 9 Oct 2013 Trishala Tamang (17) of class XII at Deorali Senior Secondary School had since childhood dreamed of acting in movies and her wish has come true after she got through auditions for a leading r… Read More
0 comments:
Post a Comment