Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

27 Apr 2013

छुट्टै राज्य पुग्ने रोडम्याप सार्वजनिक गोर्खाल्याण्डको विकल्प छैन-डा. लामा

(मनोज वोगटी)कालेबुङ, 25 अप्रेल।दुइचरणको छुट्टैराज्य केन्द्रित विफल आन्दोलनको मूलजरा आज डा. महेन्द्र पी. लामाले कोट्याए। तिनले जरा कोट्याउँदै जॉंदा मुद्दालाई सम्बोधन गर्ने दलहरूको इमान्दारिताहीनता नै आन्दोलन बिफतलाको मूल समस्या रहेको खुट्टियो। गोरामुमो अनि गोजमुमो दुवै दलसित मुद्दालाई सहीरुपले सही ठाउँमा र सही समयमा प्रस्तुत गर्ने ‘बुद्धि’ र ‘कौशलता’ थिएन। रोडम्यापहीन आन्दोलनको परिणति भनेको नै कुनै निकृष्ट ‘सम्झौता’ हुने विडम्बनाभन्दा परको राजनैतिक कार्यनीति स्थापित नगरेसम्म छुट्टैराज्य निर्माण गर्न नसक्ने कुरा डा. लामाले स्पष्ट राखे। इतिहासमा छुट्टैराज्य निर्माणको मानक अनेक रहे पनि गोर्खाहरूद्वारा दाबी गरिएको छुट्टैराज्यको सन्दर्भमा ती आधारहरूलाई प्रयोग नगरिएको अनि केन्द्रलाई गोर्खाहरूको निम्ति राज्य निर्माण गर्नूपर्ने खास दवाब बनाउन सक्ने कार्यचरित्र कुनै दलसित पनि नरहेकोले नै छुट्टैराज्यको आन्दोलन बारम्बार विफल बनेको उदाहरणसित तिनले कुरा राखे। पुराना आन्दोलनहरुमा कहॉं कहॉं चुक भयो, ती चुकहरू कसरी फेरि दोहोर्‍याउन हुन्न अनि केन्द्रसमक्ष सही मुद्दा सही समयमा कसरी राख्न सकिन्छ भन्ने विषयबारे पनि तिनले प्रकाश पारे। केन्द्र सरकार विभिन्न खिचातानीमा व्यस्त छ। उनीहरू आफै छुट्टैराज्य निर्माणबारे सोंच्न सक्दैनन्‌। उनीहरूलाई सही कुरा बताउन सकेमा गोर्खाहरूले छुट्टैराज्य निर्माण गर्न सक्छ-तिनले भने। अहिलेसम्म कसैले पनि छुट्टैराज्य किन गठन गर्नुपर्छ, यसबाट देशको विकास र सुरक्षामा के के फाइदा हुन्छ, राज्य सरकारलाई के फाइदा छ अनि छुट्टैराज्य गठन भएमा यो कसरी सञ्चालन हुन्छ भन्नेबारे केन्द्रलाई बताउन नसकेकोले नै आन्दोलन विफल भएको निचोड निकाल्दै डा. लामाले छुट्टैराज्य पुग्ने बौद्धिकरुपको नयॉं रोडम्यापको खेस्रा सुनाए। तिनी अनुसार दाबीलाई प्रभावकारी पार्ने मुद्दा भनेको नै राष्ट्रिय सुरक्षाको सवाल हो। सीमा क्षेत्रमा रहेको दार्जीलिङ-डुवर्सव रिपरिका राष्ट्रहरू बङ्गलादेश, भूटान, चीन र नेपालबाट भारतमा छिर्ने अनुप्रवेशकारीहरूको जनसंख्या बृद्धिको कारण यहॉंका रैथानेहरूलाई जब अल्पसंख्यक बनाउँछ तर देशको सुरक्षाको सवालमा खतरा शुरु हुन्छ। यसकारण देशको सुरक्षाको निम्ति छुट्टैराज्य निर्माण गर्न केन्द्रलाई प्रभावकारीरुपले बुझाइन सकिन्छ। चिकन नेक क्षेत्रबारे केन्द्रलाई सहीरुपले बुझाइएको छैन। राज्य सरकारले यहीँ आँखा चिम्लिएको छ। दार्जीलिङको ‘ब्रान्ड नेम’, यसले निम्त्याउने अर्थनैतिक सम्भावना, यहॉं रहेको चारवटा राष्ट्रिय पार्क, वायोडाइभर्सिटी हटस्पट जोन, चिया, पर्यटन, औषधीय बनस्पतिहरू, बन सम्पदा नै राज्यको धन हुने बताउँदै तिनले भने, राष्ट्रिय सुरक्षाको हिसाबले राज्य गठन त हुनैपर्छ, त्यसमा पनि देशको आर्थिक विकासको निम्ति पनि गोर्खाहरूको राज्य गठन गर्न सक्ने सम्भावनाहरू छन्‌। जति छिटो राज्य गठन गर्छ उति छिटो देशलाई आर्थिक लाभ छ। सम्पूर्ण हिमालय क्षेत्रले राज्य प्राप्त गर्न सके पनि छोडिएको दार्जीलिङ क्षेत्र नै रहेको भन्दै यहॉं पनि राज्य गठन भएमा ग्याप पुरा हुने अनि संधीय व्यवस्था दह्रो हुने पनि तिनले बताए। अंग्रेजले बाहिरबाट उपनिवेश बनाएको दार्जीलिङ क्षेत्रलाई राज्य सरकारले आन्तरिक उपनिवेश बनाएको बताउँदै तिनले भने, अहिले पश्चिम बङ्गाल राज्यको ग्राफ तल्तिर झर्दैछ। यस्तो राज्यसित पार्टनरसिप गरे हामी पनि झरिन्छ। हामीलाई त पहाड चढ्‌नुछ। तिनले राज्य किन पाइएन यसका बुँदाहरू पनि राखे। राज्य नहुनुमा तिनको बुँदा यस्तो थियो-1.मुद्दा सही ठाउँमा सही प्रकारले सही समयमा राखिएन। 2. राष्ट्रमा गोर्खाहरूको राज्य गठनको निम्ति मत निर्माण भएन। 3. राष्ट्रिय दलहरूलाई यो मुद्दा दिइएन। 4.राष्ट्रलाई राज्यले हाम्रोे मुद्दा कसरी बङ्गाएको छ, बताइएन। 5.राष्ट्रिय मिडियामा मुद्दा पुराइएन। 6. दलहरूमा मुद्दाप्रतिको इमान्दारिता देखिएन। घडीको पेन्डलमजस्ता दलहरू व्यट्रि सक्ने बित्तिकै हल्लिन बन्द भयो। न रणनीति थियो न परिष्कृत सोंच। यसकारण सम्झौता बुँदाहरू हेर्दै शिक्षतलाई लाज लाग्छ। यसबारे व्यापक छलफल हुनुपर्छ। त्यसो भए के गर्ने त? यसबारे तिनले भने,1. छुट्टैराज्यको निम्ति वान पोइन्ट एजेन्डा मात्र हुनुपर्छ। सिँडीहरूको आन्दोलन होइन। 2.राज्य गोर्खाहरूको लागि मात्र होइन सम्पूर्ण समुदायको निम्ति हुने वैचारिकता र विचारमा फराकिलोपन निर्माण गरिनुपर्छ। 3.शत्रु शुन्य राजनैतिक पिरस्थिति निर्माण गरिनुपर्छ। 4. सामुहिक नेतृत्व हुनुपर्छ। विभाजनको राजनैतिक मानसिकता त्याग्नुपर्छ। 5. सबैलाई लिएर एउटा ‘फ्रन्ट’ बनाइनुपर्छ। 6. राष्ट्रमा मत निर्माण गरिनुपछ, राष्ट्रिय सहमति बनाउनुपर्छ। 7. सबैलाई छुट्‌ैराज्यको सपना देखाउनुपर्छ। 8. बङ्गालको एसेम्ब्लीमा मुद्दा पारित गराउनुपर्छ। 9. दोस्रो राज्य गठन आयोग बसाउन पर्छ। 10 सेकेन्ड संवैधानिक एसेम्ब्ली बनाउनुपर्छ। तिनले अझ धेरै उपायहरू पनि राखे जसद्वारा राज्य निर्माणको निम्ति अघि बढ्‌न सकिने तिनले बताए। तिनले भने, छुट्टैराज्यको कुनै विकल्प हुँदैन तर आन्दोलनहरू विकल्प बोकेर गरिए। जनतामा रहेको भय र पैसाको लालचको मानसिकतालाई ठूलो प्राप्तिको निम्ति बिर्सने वातावरण निर्माण गरिनुपर्छ। यसको निम्ति सबै शिक्षितहरूले मुद्दालाई गम्भीरतासित बुझ्न अनि यसबारे मत निर्माणको काम जुट्‌न अनिवार्य छ। यो काम गर्दा कोही कसैको दुश्मन हुनु हुँदैन।

Related Posts:

  • Govt invites GTA forum for talks on strikeRajesh Lakra (second from right) and other Parishad leaders at the district collectorate in Jalpaiguri on Monday. Picture by Biplab BasakSiliguri, April 16: The state government will tomorrow hold talks with representatives o… Read More
  • Incite finger at tea union - CPRM protests work hours, planters fear for law & orderVIVEK CHHETRIDarjeeling, April 16: Planters in Darjeeling have decided to inform the administration about a trade union’s alleged attempt to instigate labourers to go against the work hours fixed through an agreement.They sai… Read More
  • 5 killed in Teesta car crashRAJEEV RAVIDASJai Bahadur Rai at the Kalimpong subdivisional hospital on Monday.(Chinlop Fudong Lepcha)Kalimpong, April 16: Five persons were killed and five others injured when the car they were travelling in fell into the T… Read More
  • Toy train derails in darjeelingPicture by Suman TamangThe rear bogie of a toy train derailed five minutes after it left the Darjeeling station on Monday morning.An official of the Darjeeling Himalayan Railway said the compartment jumped off the narrow gaug… Read More
  • Advertisement of gambling near schools buildingrangpo-17 april12The big hoarding installed near Bhanu Park at Singtam in national highway 31a is a big questioned by local residents .according to the news the hoardings of mahazong cashino is installed in such places where… Read More

0 comments: