24 Apr 2013
Home »
News
» आन्दोलनले जर्जर बनेको पहाडको अर्थतञ्त्र जाली कम्पनीहरुको लुटाइले दिनदिनै खोक्रो बन्दै गइरहेको छ
आन्दोलनले जर्जर बनेको पहाडको अर्थतञ्त्र जाली कम्पनीहरुको लुटाइले दिनदिनै खोक्रो बन्दै गइरहेको छ
कालेबुङ, 23 अप्रेल। विभिन्न चिट फण्ड कम्पनीहरुले सामयिक रुपले लुट्दै आएको कालेबुङवासीहरुबाट यसपालि शारदा ग्रुप अफ कम्पनीजले लगभग अढाई करोड रुपियाँ ठगेको छ। लामो समयसम्म चर्केको अलग राज्यको आन्दोलनले जर्जर बनेको पहाडको अर्थतञ्त्र यस्ता जाली कम्पनीहरुको लुटाइले दिनदिनै खोक्रो बन्दै गइरहेको छ। इन्फोजब स्ल्युशन, युनिपे, सुभम हाउस होल्ड, डोकोमो आदि जस्ता फर्जी कम्पनीहरुले करोडौ रुपियाँ लुटिसकेको कालेबुङ अहिले शारदा ग्रुपको नयाँ शिकार भएको छ। राज्य सरकारसँगसमेत नजिक मानिएकोले पनि यो कम्पनीप्रति जनमानसको विश्वास जागेको थियो। जाली कम्पनीहरुले पैसा कुम्ल्याएर चम्पट कसेको घटना लगातार प्रकाशमा आए पनि यहाँका मानिसहरुले कम्पनीको आकर्षक पृष्ठ्भूमि देखेर पैसा लगानी गर्न कुनै जोखिम मानेनन। तर यो कम्पनीले कालेबुङमा व्यापार गरेको दुइ बर्ष पनि नभइ कम समयमा धेरै पैसा कमाउने चहाने एजेण्ट र लगानीकर्ता दुवैलाई फुस्रो पारेको छ। कम्पनीको कालेबुङ शाखामा पैसाको लेनदेनलाई लिएर खासै समस्या नदेखिएको भए पनि मिडीया सेक्टरको जटिलतालाई केन्द्र गरी कम्पनीका नाइके बेपत्ता भएको घटनाले लगानीकर्ताहरुप्रति कम्पनीको जवाफदेहिहीनता स्पष्ट भएको छ। कालेबुङ शाखाबाट लगानीकर्ताहरुलाई करोडौ रुपियाँ भुगतान गर्नु पर्ने कुराले यहाँका अधिकारी र एजेण्टहरुलाई यति चरम निराशा र चिन्तामा पुर्याौएको छ कि उनीहरु कुनै उपाय नलागे अपहत्या नै गर्ने अवस्था आउने मनोदशामा पुगेका छन। कम्पनीका प्रतिनिधिहरुले कालेबुङ थानामा दर्ता गरेको प्राथमिकीमा यो कुराको पनि उठान गरेका छन। सरकारको पक्षबाट यस दिशामा ठोस पहल गरेर लगानीकर्ताहरुको रुपियाँ फर्किने वातावरण नबनिए कम्पनीका प्रतिनिधिहरु यो गम्भीर कदम उठाउन बाध्य हुने थाना जाहेरी गरेका छन। उत्तर बंगालका करिब डेढ लाख मानिसहरु यस कम्पनीमा आश्रित छन। यति धेरै संख्यामा मानिसहरुको बिचल्नी भएको घटनाले सबै क्षेत्रका एजेण्ट र लगानीकर्ताहरुमा चरम निराशा देखा परेको छ। कालेबुङ शाखाका प्रतिनिधिहरुले एकातिर थानामा प्राथमिकी दर्ता गरेर कम्पनीका प्रमुख सुदिप्त सेनलाई खोजी निकाल्ने अनि स्थानीय कार्यालयमा रहेका लगानीकर्ताहरुको तथ्याङ र दस्तावेजहरु जोगाउन पुलिस सुरक्षाको माग गरेका छन भने आज यहाँका महकुमा अधिकारीमार्फत राज्यकी मुख्यमंत्रीलाई एउटा ज्ञापन पनि प्रेषित गरेको छ। शाखा कार्यालयका प्रतिनिधिहरुले यस मामिलाको माथिल्लो तहबाट नै छानबीन गरी पिडीत लगानीकर्ताहरुलाई न्याय दिलाउन अनुरोध गरेका छन। यता, कम्पनीको कालेबुङ क्षेत्रका एसोसिएट्स उत्तम विश्वकर्मले कम्पनीका सिएमडी लापत्ता भएको घटना प्रकाशमा आएपछि एजेण्ट र लगानीकर्तामा संशय बढेको बताएका छन। तिनले कालेबुङ कार्यालयमा हुने लेनदेनको चक्रमा कुनै अनियमितता नभएको स्पष्ट पार्दै कम्पनीका प्रमुख भागेको ताजा घटनाक्रमले भने मानिसहरुको विश्वास डगमगाएको बताए। “शुरुमा मिडीया हाउस मात्र डुबेको अनुमान थियो तर अहिले कम्पनी नै डुबेको थाहा पाएपछि यहाँ पनि समस्या बढेको छ” तिनले भने। तिनले थानामा प्राथमिकी दर्ता गर्नका साथै मुख्यमंत्रीलाई ज्ञापन पठाएको कुराको पुष्टि गरेका छन। तिनले आफूहरु कम्पनीको दार्जीलिङ शाखाका वरिष्ठ प्रतिनिधिहरुको सम्पर्कमा बसेको अनि उनीहरुसँग छलफल गरेर मात्र कुनै ठोस निष्कर्षमा पुगिने जनाएका छन।
Related Posts:
मोर्चालाई झट्टै विश्वास नगर्ने - क्रामाकपा कालेबुङ, २८ जुलाई| जीटीए त्यागी मोर्चाले तेस्रो चरणको आन्दलन गर्ने घोषणा गर्दै पहाडबन्द गर्ने निर्णय लिएता पनि मार्क्सवादी कम्यूनिष्ट पार्टी भने मोर्चालाई झट्टै विश्वास नगर्ने अडान लिएको छ| दलको यस प्रकारको अडानलाई स्पष्… Read More
दलहरु एकतामा आए मात्र छुट्टै राज्य समभाव - क्रामाकपा कालेबुङ 27 जुलाई क्रान्तिकारी मार्कसवादी कमन्युष्ट पार्टी(क्रमाकपा)ले आज कालेबुङ शहरको विभिन्न स्थानहरुमा पोष्टरिङ गर्दै एकतामा आए मात्र छुट्टै राज्य समभाव हुने मनाशय प्रकच गरेको छ। क्रमाकपाका कालेबुङ आञ्चलिक समितिका अध्य… Read More
जीटीए असफल भयो , अब राज्य दिइनु पर्ने मागमा सरकारलाई मोर्चाको पत्रचार कालेबुङ 28 जुलाई पहाडमा जीटीए पूर्णरुपले असफल भएकोले अब केन्द्र सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड निर्माणको प्रक्रिया शुरु गरिनु पर्ने मागमा मोर्चाले आज केन्द्र सरकारका प्रतिनिधिहरुलाई एउटा ज्ञ्यापन पठाएको पार्टा महा-सचि… Read More
शहिद दिवसमा मोर्चा प्रमुखको भाषण , तेस्रो चरणको आन्दोलन शुरु गर्ने कालेबुङ 27 जुलाई शहिद दिवसको अवसरमा गोर्खाल्योण्ड आन्दोलनमा होमिएका शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न मोर्चा अध्यक्ष एवम जीटीए चिफ विमल गूरुङ आज यहाँको 10 माइल परिसरमा अवस्थित शहिद पार्क पुगेका थिए। शहिदहरुलाई श… Read More
आजदेखि 72 घण्टे पहाड़ बन्द कालेबुङ 28 जुलाई गोर्खा जनमुक्ति मोर्चाले डाकेको 72 घण्टे पहाड बन्दलाई दलको स्मपूर्ण भातृ-सङ्गठनहरुले पनि समर्थन गरेकोछ। फलस्वरुप मोर्चाको तीनदिने पहाड बन्द कडारुपमा सफल हुनसक्ने समभावना देखिन्छ। दलको राणनीतिलाई सफल तुल्य… Read More
0 comments:
Post a Comment