27 Apr 2013
अलग राज्यको पक्षमा राष्ट्रीय सङ्गोष्टि महासङ्घको ‘मिसन 2014’
कालेबुङ, 25 अप्रेल।
देशमा अलग राज्यको निम्ति सङ्घर्षरत् विभिन्न दलका नेतृत्वहरूसित विचार विनिमय गर्न आज स्थानीय टाउनहलमा राष्ट्रिय सङ्गोष्टि सम्पन्न भयो। गोर्खाल्याण्ड टास्क फोर्स अनि नवराज्य निर्माण महासङ्घको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षाविद डा. महेन्द्र पी. लामा मुख्य अतिथिको रुपमा उपस्थित थिए भने नवराज्य निर्माण महासङ्घका अध्यक्ष आरके तोमर लगायत तेलङ्गना, विदर्भ, पुर्वाञ्चचल, भील प्रदेश, तिप्रा ल्याण्ड, अनि विदर्भका प्रतिनिधिहरूको कार्यक्रममा विशेष उपस्थिस्थि थियो। देशमा स-साना नयॉं राज्यको मागको निम्ति गठनार्थ नवराज्य निर्माण महासङ्घसित सम्मिलित यी राज्यका प्रतिनिधिहरूले राष्ट्रिय सुरक्षा, राष्ट्रीय स्वार्थ अनि विशेष जाति र सम्प्रदायको हीतको निम्ति देशमा अझ धेरै स-साना राज्यहरूको निर्माण जरुरी रहेको बताए। गोर्खाल्याण्ड साथै अन्य स-साना राज्यहरू गठन हुनैपर्ने आवश्यकता भएपनि कङ्ग्रेस सरकार कहिले पनि छुट्टै राज्यको पक्षमा नरहेको भन्दै अधिकांश नेतृत्वहरूले नै आफ्नो सम्बोधनमा कङ्ग्रेसको नीतिको खोइरो खन्दै महासङ्घको ‘मिसन 2014’ रहेको स्पष्ट पारे। महासङ्घका अध्यक्ष आरे. तोमरले भनेअनुसार, वर्तमान केन्द्र सरकार छुट्टै राज्य दिने पक्षमा छैन। तेलङ्गनाको सङ्घर्ष चरममा पुग्दा केन्द्र सरकारले अलग राज्य गठन हुने आश्वासन दिएर पनि तेलङ्गना राज्य बनिएन। राज्य प्राप्तिको माग केन्द्र सरकारसम्म पुग्न जनशक्ति चाहिन्छ। गोर्खाल्याण्ड क्षेत्रबाट मात्र एकजना सासंद छन्। एकजना सासंदको आवाजले गोर्खाल्याण्ड आन्दोलनलाई बल नपुग्ने दावी उनले गरे। उनले भने, आजको प्रजातान्त्रिक भारतमा भोटको आवाज हुन्छ। अलग राज्यको माग राजनैतिक मुद्दा रहेकोले यसको सामाधन पनि राजनैतिक तरिकाले नै हुन्छ। तपाइँहरूको एकजना सांसद छ, त्यो पनि गोर्खा छैनन्। तर गोर्खाहरू देशभरि छरिएर बसका छन्। यसचोटि 14 औं लोकसभा चुनाउमा गोर्खाल्याण्ड, तेलङ्गना, विदर्भ, पुर्वाञ्चल आदि नयॉं राज्यको माग गर्नेहरूबाट 50 देखि 60 जना सासंदहरू दिन सक्यौं भने यो अलग राज्यको निम्ति धेरै फाइजनक हुनेछ। उनी अनुसार, यसपल्टको लोकसभा चुनाउमा कङ्ग्रेस अनि भाजपा दुवैको सरकार आउने निश्चित छैन। सरकार गठबन्धन नै हुनेछ। यसैले गठनबन्धन सरकारमा नवराज्य निर्माण मोर्चाले 50 देखि 60 जना सासंदहरू दिनसके सरकार गठनमा यी सासंदहरूको उपस्थिति महत्वपूर्ण रहन्छ। यस्तो अवस्थामा यी सांसदहरूको उपस्थितिले नै देशमा नयॉं राज्यहरूको निर्माण सम्भव रहेको उनले दावी गरे। ‘तपाइँ सङ्गठित भएर समर्थन दिनुहोस् म गोर्खाल्याण्ड दिन्छु’-उनले भने। गोटाफोका अध्यक्ष सुखमान मोक्तानले स्वागत सम्भाषण राखेपछि आरम्भ भएको कार्यक्रमलाई सम्बोधन गर्दै तेलङ्गानाबाट प्रो. रमेश रेड्डीले भनेअनुसार अनुप्रवेशकारीहरूको अतिक्रमण अनि देशको अखण्डताको निम्ति पनि स-साना नयॉं राज्यहरूको गठन जरुरी छ। तेलङ्गना राज्य गठनको निम्ति सरकारले कैयौंपल्ट आश्वासन दिएर पनि पूरा नगरेको भन्दै कङ्ग्रेस देशको दुश्मन रहेको आरोप उनले लगाए। यसरी नै, भील प्रदेशबाट आदिवासी सेनाका प्रमुख पंकज पटेलले भने, जब देशलाई आवश्यकता थियो गोर्खाहरूले भएभरको योगदान दिए। तर आज गोर्खाहरूलाई आवश्यकता परेको समय देशले केही दिएन। तेलङ्गना, विदर्भ, गोर्खाल्याण्ड आदि माग गर्नेहरूको आवाज एक हुनुपर्ने विचार पोख्दै उनले पनि महासङ्घको प्रयासमा धेरभन्दा धेर सांसद संसदमा पठाउनुपर्ने बताए। भील प्रदेशको सङ्घर्षबारे अवगत गराउँदै उनले त्यहॉंका आदिवासीहरूमाथि भएको अतिक्रमण अनि विकासको निम्ति अलग राज्यको दावी गरिएको स्पष्ट पारे। ‘जबपनि गोर्खाहरूले बोलाउँछन् त्यसबेला हामी भील प्रदेशका आदिबासीहरू तपाइँहरूको साथमा हुनेछौं’-उनले भने। विदर्भबाट किशोर सिहंले भने, गोर्खाल्याण्ड अनि वदर्भ राज्यहरू भारत स्वतन्त्रताकै समयमा दिइनुपर्ने थियो। विदर्भ मध्यप्रदेशबाट महाराष्ट्रमा जोडिएपछि अन्यायको शुरुवात भयो। यो अन्याय आजपनि वुलन्द छ। अलग राज्यको आन्दोलन राजनैतिक मुद्दा भएकोले यसको सामाधन पनि राजनैतिक स्तरबाट नै हुनुपर्छ अनि राजनैतिक दृष्टिकोणबाट नै 2014 को लोकसभा चुनाउमा महासङ्घसित सम्बन्धित भएर हामीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। पूर्वाञ्चलबाट केके उपाध्ययले देशको स्वाधिनता संग्राम अनि देशको सुरक्षाको निम्ति पूर्वाञ्चलले पुर्याएको योगदानबारे जानकारी गराएका गराउँदै पूर्वाञ्चल राज्यको गठनको आवश्यताबारे प्रकाश पारेका थिए। उनले पनि कङ्ग्रेससित व्यक्तिगत लडाइँ नरहेको तर बारम्बार कङ्ग्रेसले धोका दिएकोले नै 2014 को लोकसभा चुनाउलाई लिएर भाजपा अनि बसपासित कुराकानी भइरहेको जनाए। अन्तमा भने, ‘गोर्खाहरू बहादुर छन् हामी मान्छौं तर हामी तपाइँहरूको तुलनामा नआएपनि अन्याय भने सहन गर्दैनौं’-उनले भने। आज सम्पन्न राष्ट्रिय सङ्गोष्टिमा मानिसहरूको उत्साहजनक उपस्थिति थियो। रेभ. डा, एनोस् दास प्रधानको अध्यक्षतामा अनि आर मोक्तानद्वारा सञ्चालित सम्पन्न सङ्गोष्टिमा त्रिपुराका एडी बर्मा, तेलङ्गनाका, दिपक निलेश्वर, गोर्खालीगका प्रताप खाती, क्रामाकपाका तारामणि राई, गोरानिमोका दावा पाख्रिन आदिले पनि सम्बोधन गरेका थिए।
Related Posts:
कालेबुङमा सबला मेला स्वनिर्भर दलहरु उत्साहित26 अप्रेल(कालेबुङ):- दार्जीलिङ जिल्लाका स्वनिर्भर दलहरुलाई प्रोत्साहन प्रदान गर्न कालेबुङमा बुधबारदेखि सप्ताहव्यापी सबला मेलाको आयोजना गरिएको छ। उत्तर बंगाल विकास मंत्री गौतम देवले यस मेलाको विधिवत उदघाटन गरे। दार्जीलिङ जिल्ल… Read More
Crowd ban order lifted, markets shut Morcha message for garden workersApril 25: Prohibitory orders were from in five of the seven police station areas of Jalpaiguri after two days of violence in the Dooars, where bandh enforcers had announced a 36-hour relaxation from today.Section 144, however… Read More
In the open, an ‘indoor’ meet - Morcha chief calls for unity in Dooars, govt silent on ralliesAlipurduar, April 26: Gorkha Janmukti Morcha leaders held two meetings attended by nearly 2,000 people in the Dooars today without any permission from the Jalpaiguri administration. The administration, however, dismissed the … Read More
Panel push to counter plains agitationSiliguri, April 25: The forum launched to oppose the Gorkha Janmukti Morcha’s territorial demand today formed an 11-member committee with the sole objective to counter the ongoing agitation by the hill party in the plains.Lea… Read More
मंत्रीको बैठकमा जनप्रतिनिधिहरु अनुपस्थित25 अप्रेल(कालेबुङ):- दार्जीलिङ जिल्ला अस्पतालको संरचना र सेवामा विकास र सुधार ल्याउन आज डाकिएको बैठकमा दार्जीलिङका विधायक र नगरपालिका अध्यक्षको अनुपस्थितिले प्रश्न खडा गरेको छ। रोगी कल्याण समितिको अध्यक्षको हैसियतमा उत्तर ब… Read More
0 comments:
Post a Comment