Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

24 Apr 2013

समाचार च्यानलमाथि भएको राजनैतिक हस्तक्षेपको विरोध गर्दै कालेबुङ कृषक कल्याण संगठनले बुझायो महकुमा अधिकारीलाई ज्ञ्यापन

कालेबुङ, 23 अप्रेल। स्थानीय समाचार च्यानल एचपीसीमाथि भएको कथित राजनैतिक हस्तक्षेपको विरोध गर्दै कालेबुङ कृषक कल्याण संगठनले आज महकुमा अधिकारीलाई ज्ञापन बुझाएर प्रशासनिक हस्तक्षेपको माग गरेको छ। संगठनका सचिव बिष्णु छेत्रीले आज महकुमा अधिकारीको अनुपस्थितिमा डेप्युटी मेजिष्ट्रेट प्रितम लिम्बूलाई ज्ञापन बुझाएका छन। राजनैतिक हस्तक्षेपको शिकार बनेर सो च्यानल बन्द भएको एक महीना पूरा भए पनि प्रशासनिक तवरमा च्यानलको पुनर्प्रसारणको निम्ति पहल नभएको छेत्रीले गुनासो गरेका छन। तिनले आज महकुमा अधिकारीलाई चढाएको ज्ञापन पत्रमा यो गुनासो जाहेर गर्दै स्थानीय प्रशासनले सम्बन्धित पक्षहरुसँग बैठक गरी समाधानको मार्ग निकल्नु पर्ने माग गरेका छन। “एचपीसीमाथि भएको राजनैतिक हस्तक्षेपको घटना सभ्यसमाजको निम्ति हानीकारक हो। समाजको चौथो स्तम्भमाथि राजनैतिक दबाउ बनाएर बन्द गर्नु भनेको जनताको सूचनाको अधिकारको हनन गर्नु पनि हो। हामी चहान्छौं प्रशासनले अबिलम्ब यस समस्याको समाधान खोजेर च्यानलको प्रसारण बहाल गरोस” छेत्रीले भने। यता, महकुमा अधिकारी कार्यालयका डेप्युटी मेजिष्ट्रेट प्रितम लिम्बूले यो मामिला जिल्लापालको संज्ञानमा पुगेको जानकारी गराउँदै महकुमा अधिकारीले केबल प्रबन्धन पक्षलाई च्यानलको प्रसारणमाथि रोक लगाइएको घटनाक्रमबारे लिखितमा आफ्नो भनाइ स्पष्ट पार्न निर्देश दिएको बताएका छन। “केवल र समाचार च्यानलको प्रसारणसम्बन्धी मामिलाहरुको निगरानी गर्ने दिशानिर्देश र कमिटिको अभाव द्देखिएको छ। हामी सम्बन्धित पक्षहरुलाई बोलाएर चाढै नै एउटा बैठक गरी यसबारे छलफल गर्नेछौं” सरकारी अधिकारी लिम्बूले भने।

Related Posts:

  • Chopper ride launch on June 16Pawan Hans Limited, the central government-owned helicopter company, will launch its services in Bengal from June 16. A BEL 206 L4 helicopter will take off from the airstrip of the Indian Army near the Race Course in Calcutt… Read More
  • Trinamul drops administrator hintSiliguri, June 11: Trinamul would request the state government to dissolve the Siliguri Municipal Corporation board and appoint an administrator as civic services were being hampered because of the Congress’s boycott of month… Read More
  • 11th hour Dooars gameJune 11: The Congress and Trinamul have both left a few seats vacant in the Dooars but for different reasons. The Congress wants to keep an opening for disgruntled tribals who may be “uneasy” allying with Trinamul, which has… Read More
  • Trinamul sign for JMM duoJune 12: Two leaders of the Jharkhand Mukti Morcha known to be close to John Barla today filed their zilla parishad nominations under the Trinamul symbol in Jalpaiguri. Trinamul had been trying hard to forge an alliance with… Read More
  • GNLF revives cells for protection of cadres - Boost for voluntary force in backdrop of alleged threats from Morcha Darjeeling, June 10: The GNLF has started reviving its village protection cells at a time the party, in a bid to make a comeback, is allegedly facing threats from the Gorkha Janmukti Morcha. “We have started reviving the par… Read More

0 comments: