Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

20 May 2013

Decision on others, Morcha out: Tirkey

Siliguri, May 19: Akhil Bharatiya Adivasi Vikas Parishad leader Birsa Tirkey today ruled out any understanding with the Gorkha Janmukti Morcha for the panchayat polls, but said local leaders in the Dooars would decide on a tie-up with other parties in the region. Tirkey, the state president of the Parishad, is scheduled to visit the Dooars next week to discuss the outfit’s strategy for the rural polls with regional leaders. He did not reply when asked if there was a possibility of the Parishad aligning with the Trinamul Congress. “The chief minister’s recent visit to the hills and renewing her party’s relation with the Morcha is nothing but a damage-control exercise ahead of the upcoming panchayat election. We will contest the panchayat polls under any circumstances and are not going to tie up with any party which is an associate of the Morcha,” Tirkey said over the phone from Calcutta. “We have allowed our leaders in the Dooars to decide on the electoral adjustment with any organisation other than the Morcha and parties which are associated with it. I am likely to visit the Dooars next week and will discuss the strategies for the polls with regional leaders,” the Parishad leader added. Rajesh Lakra, the secretary of the tribal outfit’s Dooars and Terai regional committee, however, said the Parishad would contest the polls for the socio-economic development of the tribal population of the region. “There are organisations like the Morcha which will contest the polls to fulfil their political interests. But we are going to participate in the polls to uplift the socio-economic status of the tribal population in the region and we will go in for a tie-up as well. We have received the mandate for this from the state leadership,” Lakra said. The Progressive Tea Workers’ Union, the Parishad’s labour wing for tea garden labourers, has a strong base in the Dooars and Terai. John Barla, who had been expelled from the Parishad and joined the JMM, has already announced that his party will contest the polls in alliance with the Morcha in tea gardens and Trinamul in the rural areas. “We have taken a decision to contest the polls in alliance with the Morcha in tea garden areas. We will also support Trinamul candidates to form rural bodies. We know our support base is in the Dooars and the chief minister’s recent visit to the hills will help us and the Morcha,” Barla said.

Cop son killed in Gangtok brawl

Gangtok, May 19: A Bihar police officer’s son, studying engineering in Sikkim, died last night after he was allegedly beaten up outside a Gangtok pub, a follow-up to a brawl inside it. Police have arrested five Gangtok youths, one of whom, Gurmey Wangchuk, is the son of a senior Sikkim state official. A senior police officer said: “There was a scuffle between the two groups, one comprising local youths in Gangtok and the other of the engineering students of Sikkim Manipal Institute of Technology (SMIT) at the local pub (Live and Loud). “The six engineering students had gone to celebrate the birthday party of one of their friends. While dancing on the floor they had a fight over a woman who was in the pub. Later, the engineering students were beaten up by the youths outside the pub.” The alleged second round of assault happened around 1.30am outside Live and Loud. The Manipal students had taken an out pass from the college and reached Gangtok, about 7km from Manipal, yesterday evening. The boy who died has been identified as Rakshit Singh Meena, a 22-year-old third year civil engineering student Manipal. His father, B.S. Meena, is the deputy inspector-general of Purnea, Bihar. The Sikkim police officer said: “The friends of Rakshit took him to a hotel room in Gangtok (they had booked for the night). Rakshit, who was grievously injured, complained of chest and back pain. He was rushed to the STNM Hospital.” But the hospital told Rakshit’s friends to take him to the Central Referral Hospital because there were no empty beds. When he was taken to the second hospital, Rakshit was declared dead on arrival, the police said. The hospital sources informed that the cause of death was internal chest and the back injury. The body was handed over to the family this evening after a post-mortem. “He was the only son and had come to Sikkim three years ago to study engineering. He has two school-going sisters aged 15 and eight years,” said a relative who had accompanied the family to take the body from the referral hospital. The Meenas hail from Rajasthan and “the family has decided to take the body to Japiur on a flight tomorrow”, the relative said. Superintendent of police (East) Manoj Tewari, said: “Based on the video taken by the engineering students on the dance floor, the five persons were arrested and they confessed to their crime during interrogation.” The police identified the arrested youths as Loden Sherpa, 32; Bidhan Pradhan, 32; Gurmey Wangchuk, 35; Sonam Namgyal, 31, and Ugyen Namgyal, 21. All are from Gangtok. The police are looking for a sixth accused. “The sixth person in the incident is yet to be identified and the police are trying to find the person,” Tewari said. Deputy inspector-general Mandeep Tuli said all five have been booked on the charges of causing death ad voluntarily causing grievous hurt. Bihar director-general of police Abhayanand said: “I got an SMS from him (B.S. Meena) on my mobile phone in the morning (Sunday) seeking leave as his son was admitted to a hospital.” Sources close to the family said the Meenas left Purnea around 11am today for Sikkim by plane. The boy’s mother fainted in Gangtok after she realised that her son had died.

19 May 2013

ग्राम पञ्चायत चुनाउः पहाडमा कहिले?

प्रज्ज्वल छेत्री कालेबुङ, 18 मई। गोरामुमोले जस्तो दुइस्तरीय ग्राम पञ्चायत चुनाउ गोर्खा जनमुक्ति मोर्चाले गराउन चहॉंदैन। मोर्चा त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ गराउने पक्षमा छ, जो जीटीए सम्झौतामा पनि उल्लेख छ। गोर्खा जनमुक्ति मोर्चा आजसम्म यही सम्झौताको आधारमा पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ हुनुपर्छ भन्ने टेक लिएर बसेको छ। यसैले आउँदो जुलाई महिनामा राज्यभरि नै ग्राम पञ्चायत चुनाउ हुने भएपनि त्यसबेला जीटीए क्षेत्रमा चुनाउ हुने सम्भावना छैन। किनभने, हिजो पश्चिम बङ्गाल सरकारद्वारा जारी अधिसूचनामा जीटीएको नाम उल्लेख छैन। यसैले ग्राम पञ्चायत चुनाउलाई लिएर जीटीए क्षेत्रमा अनिश्चितता छाएको छ। जीटीए सम्झौताकै आधारमा पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ हुनुपर्ने मोर्चाको टेकको कारण अहिले पहाडमा चुनाउ हुने सम्भावना कम बनेको हो। आजको परिस्थितिमा पहाडमा त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ हुनु कतिको सम्भव छ, यो महत्वपूर्ण विषय बनेको छ। यदि सिलगडीलाई छोडेर दार्जीलिङ पहाडको तीनवटा महकुमा कालेबुङ, खरसाङ र दार्जीलिङलाई मात्र लिएर त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ गराउनु असम्भव रहेको एक पुराना राजनैतिज्ञ पीआर प्रधानको मत छ। 1979 देखि 86 सालसम्म जिल्ला परिषद्का सभाधिपति रहिसकेका प्रधानको विचार मान्ने हो भने एउटा पूर्ण जिल्लामा मात्र त्रिस्तरीय ग्राम पञ्चायत चुनाउ सम्भव हुन्छ। जबकी, दार्जीलिङ जिल्लाको एक प्रमुख अङ्ग सिलगढी अहिले जीटीए क्षेत्र बाहिर छ। पहाडको तीन महकुमाको निम्ति दागोपाप अनि सिलगढीकोे निम्ति महकुमा परिषद् दागोपाप ऐन अनुसार नै गठन गरिएको कारणले यदि त्रिस्तरीय पञ्चायत चुनाउ गराउनु हो भने कि सिलगढी दार्जीलिङ जिल्लामा आएको हुनुपर्छ कि सिलगढी छोडेर दार्जीलिङको तीनवटा महकुमालाई मात्र अलग्गै जिल्ला घोषित गरिनुपर्छ भन्ने धारणा उनको हो। अर्कोतिर, पूर्व आइएएस अधिकारी एलबी परियारले केही समयअघिको कुराकानीमा बताएअनुसार, जीटीए क्षेत्रमा त्रिस्तरीय पञ्चायत चुनाउ गर्न कुनै तक्निकी अडचन उत्पन्न हुँदैन। तिनले जीटीएको वैधानिकतालाई गोरामुमो प्रमुख सुवास घिसिङले वकालत गरिरहेको संविधानको धारा 243(एम)-ले पनि त्रिस्तरीय पञ्चायत चुनाउ गराउन बाधा नपुग्ने दाबी गरेका छन। दागोपापको कानून नै रद्द भइसकेको अवस्थामा 243(एम)-को कुनै औचित्य नरहने तिनको तर्क छ। ‘दागोपाप अस्तित्वमा हुँदासम्म यहॉं त्रिस्तरीय पञ्चायत सम्भव थिएन। अहिले राज्य सरकारले दागोपाप रद्द गरी जीटीए अस्तित्वमा ल्याएपछि यहॉं त्रिस्तरीय पञ्चायत चुनाउ गराउन कुनै असुविधा छैन। दागोपाप महत्वपूर्ण र 243(एम) गौण विषय हो। दागोपाप नै खारेज भएपछि 243(एम)-ले सुरक्षा दिएको कुरा स्वतः गौण भएर जान्छ’- परियारको धारणा यस्तो थियो। राज्यको पञ्चायत विभागका सचिवसमेत रहीसकेका परियारले जिल्लाभित्र पर्ने सिलगढी महकुमाको सबै क्षेत्रलाई लिएर पञ्चायत चुनाउ हुनु पर्ने पनि बताएका थिए । यसो गरिँदा जीटीएको क्षेत्र स्वभाविक रुपले बढ्ने उनको भनाइ थियोे। तर सिलगढीबिना त्रिस्तरीय पञ्चायत चुनाउ हुनै नसक्ने स्थिति भने नरहेको तिनको धारणा छ। तिनले सिलगढी महकुमा परिषदलाई भङ्ग गरी दार्जीलिङ जिल्लामा त्रिस्तरीय पञ्चायत हुनसक्ने कुरा साह्रै सम्भव नहुने दिशातिर संकेत गरेका छन। दागोपाप अस्तित्वमा आएपछि तत्कालिन वाममोर्चा सरकारले जिल्ला परिषदकै क्षमताबराबरको महकुमा परिषद गठन गरेको हो। जिल्ला परिषदको बराबरक्षमता वहन गर्ने सिलगढी महकुमा परिषदलाई जलपाइगुडी जिलामा सामेल गरी क्षेत्रमा त्रिस्तरीय पञ्चायत चुनाउ गराउन सकिने विकल्पको बाटोसमेत तिनले देखाएका छन। मोर्चाको बौद्धिक प्रकोष्ठ मानिने स्टडी फोरमका वरिष्ठ सदस्य पनि रहेका एलबी परियारले राज्यभित्रको राज्यको अवधारणाअनुरुप जीटीए ग्रहण गरिएको बताएका छन्‌। राज्यको प्रशासनिक प्रणालीको सञ्चालन र नियञ्त्रण गर्न सक्ने राइटर्स बिल्डिङले बोक्ने क्षमता पहाडमा जीटीए प्रशासनले बोक्ने बताएका छन। अर्कोतिर,मोर्चा राज्य अनि केन्द्र सरकारमाझ भएको त्रिपक्षीय सम्झौतामा स्पष्ट लेखिएको छ पहाडमा त्रिस्तरीय पञ्चायत चुनाउ गराइनेछ। पहिलेको जस्तो ग्राम पञ्चायत, पञ्चयात समिति अनि त्यसको माथि दागोपाप हुँदैन तर जिल्ला परिषद थपिएको हुन्छ अनि त्यसको माथिबाट जीटीए हुन्छ भन्ने अडान गोजमुमोको छ। यसैले केही महिनाअघि नै राज्यमा ग्राम पञ्चायत चुनाउ हुने हल्ला चलिरहेको बेला मोर्चा अध्यक्ष विमल गुरुङ स्वंयले अहिले नै पहाडमा चुनाउ नहुने बताएका थिए। तर डुवर्समा हुने चुनाउमा मोर्चाले पनि प्रतिद्वन्दिता गर्ने उनको भनाइ थियो। सम्बन्धित व्यक्तिहरूको भनाइलाई आधार मान्ने हो भने आउँदो जुलाई महिनामा राज्यभरि चुनाउ हुने भएपनि पहाडमा ग्राम पञ्चायत चुनाउ अहिले नै हुने स्थिति नरहेको विज्ञहरूको मत छ।

महिला हिंसाविरुद्ध र्‍याली र सङ्गोष्ठी

कालेबुङ, 18 मई। अल इण्डिया वुमेन्स कनफेरेन्सको कालेबुङ शाखाले आज महिला हिंसाविरुद्ध विद्यमान कानूनी प्रावधानहरुबारे जानकारी प्रदान गर्न एक सङ्गोष्ठी साथै शहरमा एउटा सचेतना र्‍यालीको आयोजना गरेको थियो। विभिन्न शैक्षिक संस्थानका शिक्षक अनि विद्यार्थी, सामाजिक संगठनका प्रतिनिधि लगायत शहरका सचेत तप्काका महिलाहरुले र्‍यालीमा भाग लिएका थिए। महिलाहिंसाविरुद्ध जागरुकतामूलक सन्देश लेखिएको प्लाकार्डहरु बोकेर र्‍यालीमा सामेल महिला र विद्यार्थीहरुले शहर परिक्रमा गरेपछि कन्या उच्च पाठशाला पुगेर सङ्गोष्ठीमा परिणत भएको थियो। पाठशालाको प्रेक्षागृहमा सम्पन्न सङ्गोष्ठीमा कालेबुङ न्यायलयका न्यायधीशहरुको मुख्य उपस्थिति थियो। सङ्गठनकी उपाध्यक्ष युडेन पेम्पा हिस्सेले अध्यक्षता गरेको यस कार्यक्रममा कालेबुङ कोर्टका एसीजेएम राणा दाम, महकुमा कानूनी सेवा समितिका अध्यक्ष अमलेन्दू भौमिक, सिभिल जर्ज विदूषी छिरिङ लेप्चा विशेषज्ञका रुपमा उपस्थित थिए। यी कानूनविदहरुले महिला हिंसाका कारण र यसविरुद्ध लड्न सकिने कानूनी प्रावधानहरुबारे विस्तृतमा चर्चा गरेका थिए। कानूनवेत्ताहरुले समाजमा महिला हिंसाको घटनामा वृद्धि भएकोमा चिन्ता प्रकट गर्दै यसले सामाजिक मूल्य पनि नष्ट हुँदै गएको विचार व्यक्त गरेका छन। आयोजक पक्षबाट सङ्गठनकी सचिव अरुणा प्रधानले कालेबुङका महिलाहरुलाई आफूविरुद्ध हुने हिंसाका चरित्र र यसका कानूनी लडाईबारे जानकारी प्रदान गर्न अनि जागरुकता फैलाउन संगोष्ठीको आयोजना गरिएको बताइन। महिला हिंसा र अत्यचारविरुद्ध पिडीत र सचेतवर्ग जागरुक नहुञ्जेल समाजबाट यो घटना निर्मूल पार्न चर्को पर्ने कानूनविदहरूको मत छ। महिलाहरु पनि आफ्ना सुरक्षा र हकको निम्ति कानूनले प्रदान गरेको प्रावधानबारे सचेत र जानकार रहनु पर्ने कुरामा कानूनविदहरुले जोर दिएका थिए।